काठमाडौं– मनसुन सक्रिय बनेका कारण देशका अधिकांश भागमा बिहानैदेखि वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार आज लुम्बिनी, गण्डकी र सुदूरपश्चचिम प्रदेशमा भीषण वर्षाको सम्भावना रहेको छ।
बुधबार बिहान देशभर मौसम बदली रही प्रदेश १ र गण्डकी प्रदेशका केही स्थानमा वर्षा भइरहेको छ। दिउँसो पनि देशभर मौसम सामान्यदेखि पूर्ण बदली रही अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।
राति देशभर सामान्यदेखि पूर्ण बदली रही अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको छ। बागमती र गण्डकी प्रदेशका एक–दुई स्थानमा भने भीषण वर्षाको सम्भावना मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
वर्षाका कारण पहाडी भू–भागमा भू–क्षय र नदी तथा खोलामा पानीको सतह बढ्ने भएकाले सतर्क रहन महाशाखाले आग्रह गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।