काठमाडौं– कक्षा १२ को परीक्षा साउन ३१ गते (आइतबार)देखि शुरु हुने भएको छ।
कोभिड १९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)को अनुमतिपछि राष्ट्रिय परीक्षा बोर्डले साउन ३१ गतेदेखि कक्षा १२ को फाइनल (वार्षिक) परीक्षा सञ्चालन गर्ने निर्णय गरेको हो।
सीसीएमसीले भौतिक दुरी कायम गर्दै स्वास्थ्य मापदण्ड पालना गरेर परीक्षा सञ्चालनका लागि अनुमति दिएको थियो।
परीक्षा भदौ ९ गतेसम्म सञ्चालन हुनेछ। विद्यार्थीहरुले होम सेन्टर (आफ्नै विद्यालय)मा भौतिक रुपमै उपस्थित भएर परीक्षा दिन पाउनेछन्।
राष्ट्रिय परीक्षा बोर्डले भौतिक दूरी कायम गर्नेसहितका स्वास्थ्य सुरक्षाका सबै मापदण्डहरु पालना गर्ने गरी परीक्षाको तयारी थाल्न सबै विद्यालयहरुलाई निर्देशन दिएको छन्।
कक्षा १२ को परीक्षामा यस वर्ष ३ लाख ठ७ हजार परीक्षार्थीहरु सहभागी हुने राष्ट्रिय परीक्षा बोर्डले जानकारी दिएको छ।
साउन ३१ गतेदेखि शुरु हुने परीक्षा बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म हुनेछ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।