काठमाडाैं- नेपाल राष्ट्रिय मुवाथाई संघले थप दुई राष्ट्रमा सम्पर्क मञ्च विस्तार गरेको छ। साउन १ गते बसेको संघको बैठकले बेलायत र जापानमा सम्पर्क मञ्च विस्तार गर्ने निर्णय गरेको संघका अध्यक्ष गणेशलाल कक्षपतिले जानकारी दिएका छन्।
सुरज कार्की र तेजबहादुर लामाको अध्यक्षतामा क्रमशः नेपाल-बेलायत र नेपाल-जापान मुवाँथाई सम्पर्क मञ्च गठन गरिएको हो। दुवैजना पूर्वखेलाडी हुन्।
यसअघि नेपाल-अस्ट्रेलिया तथा नेपाल-अमेरिका मुवाथाई सम्पर्क मञ्च गठन गरिएको थियो। अस्ट्रेलियामा प्रफुल श्रेष्ठ तथा अमेरिकामा मनिष थापालाई अध्यक्षको जिम्मेवारी दिइएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।