काठमाडौं- नेपालको एमिल तेक्वान्दो डोजाङका खेलाडीले तेस्रो एमके क्लासिक खुला अन्तर्राष्ट्रिय 'भर्चुअल' पुम्से तेक्वान्दो प्रतियोगितामा तीन स्वर्ण जितेका छन्। त्यसका अलावा एमिलका खेलाडी समान एक-एक रजत र कांस्य पनि जिते।
पुरुष यू-१० मा एड्रिम राई र यू-९ मा कर्मा तामाङ तथा महिला यू-७ मा विशेषता रन्जितले स्वर्ण चुमे। पुरुष यू-९ मा आराध्यादेव अछामीले रजत तथा यू-१३ ब्ल्याकबेल्टमा स्वरुप बायुङ राईले रजत हात पारेको एमिलका प्रमुख प्रशिक्षक विश्व राईले जानकारी दिएका छन्। प्रतियोगितामा राईले निर्णायकको भूमिकासमेत निर्वाह गरेका थिए।
प्रतियोगितामा एमिलबाट पाँच खेलाडी सहभागी भएकोमा पाँचजनाले नै पदक हात पार्न सपफल भएका हुन्। प्रतियोगिता भारतमा जुलाई १६ देखि १८ तारिखसम्म भएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।