काठमाडौं- सरकारले भोलि सार्वजनिक विदा दिएको छ।
गृह मन्त्रालयले मंगलबार सूचना जारी गर्दै इस्लाम धर्मालम्बीहरुले मनाउने 'बक्र इद (ईद उल अजहा) को अवसरमा बुधबार सार्वजनिक विदा दिइएको जनाएको छ।
बुधबार देशभरबा सबै सरकारी कार्यालय, निकाय र विदेशस्थित नेपाली नियोगहरुमा सार्वजनिक विदा दिने मन्त्रिपरिषद्को निर्णय अनुसार सार्वजनिक विदा दिइएको मन्त्रालयले जनाएको छ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।