Photograph: Reuters काठमाडाैं- ओलम्पिकमा सहभागी थप दुई खेलाडीमा काेराेना संक्रमण पुष्टि भएकाे छ। अमेरिकी र चेक गणतन्त्रका बिच भलिबल खेलाडीमा काेराेना संक्रमण पुष्टि भएकाे हाे।
अमेरिकी ओलम्पिक कमिटीका अनुसार जिम्न्यास्टिक टिमकी एक महिला खेलाडीमा काेराेना संक्रमण पुष्टि भएकाे छ। उनी वैकल्पिक खेलाडी हुन्।
‘एक खेलाडीमा कोरोना संक्रमण देखिएको पुष्टि गर्दछौं। व्यक्तिको निजी मामिलाको सम्मान गर्दै हामी यस विषयमा थप सुचना उपलब्ध गराउन असमर्थ छौं,’ कमिटीले भनेको छ।
उनीसँगै क्लोज कन्ट्याक्टमा रहेकी अर्की एक खेलाडीलाई होटलमा आइशोलेसनमा राखिएको छ।
यस्तै, चेक गणतन्त्र ओलम्पिक कमिटीले आफ्ना बिच भलिबल खेलाडी अन्ड्रेज पेरुसिकमा पनि कोरोना संक्रमण देखिएको छ।
साेमबार मात्रै टोकियो ओलम्पिकमा सहभागिताका लागि गएका दक्षिण अफ्रिकाका फुटबल खेलाडी थाबिसो मोन्यन र कामोहेलो माह्लाट्सीमा संक्रमण पुष्टि भएकाे थियाे।
दक्षिण अफ्रिकाकै रग्बी प्रशिक्षक नील पावेललेको कोरोना परीक्षण रिपोर्ट पनि पोजिटिभ आएको छ। उनी आइसुलेट भएका छन्।
यता, भिडियो विश्लेषक मारियो माशामा पनि कोरोना संक्रमण देखिएको बताइएको छ। ओलम्पिक सुरु हुन ४ दिन बाँकी रहँदा टाेकियाे पुगेका पदाधिकारी, सञ्चारकर्मी, प्रशिक्षक र खेलाडीमा संक्रमण देखिने क्रम बढ्दै गएको छ।
अहिलेसम्म ८ खेलाडीसहित ६१ जना कोरोना संक्रमित भइसकेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।