• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, भदौ ९, २०८३ Tue, Aug 25, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
सुरक्षा/अपराध

रहस्यमा भारतीय नागरिक सत्यनारायणको हत्या, दुई महिलाबाट खुल्ला त अपराधको गुत्थी?

64x64
नारायण अधिकारी मंगलबार, साउन ५, २०७८  ०७:४०
1140x725

काठमाडौं– सानेपास्थित गुसिटोल बस्ने भारतीय नागरिक सत्यनारायण पारिख (५९) ले तीनतले घर भाडामा लिएका थिए। उनी एक्लै बस्थे। काम गर्न दुई महिला घरमा नियमित आउँथे।

दुई दिनसम्म उनको घरमा ताला लागेपछि आफन्त र छिमेकीलाई पहिलो सूचना दिने व्यक्ति घरमा काम गर्ने एक महिला नै थिइन्। प्रहरीले २० असारमा ताला तोडेर घरभित्र पस्दा उनी मृत भेटिएका थिए। प्रहरीले उनको हत्या नै भएको ठहर गरे पनि दुई हप्तासम्म अभियुक्त पहिचान नै गर्न सकेको छैन। अनुसन्धानमा प्रगति भएको र अभियुक्त पहिचान गर्ने केही सुराक पाएको प्रहरीको दाबी छ। 

जिल्ला प्रहरी परिसर ललितपुर र काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले उक्त घटनाको अनुसन्धान गरिरहेका छन्। अनुसन्धानमा संलग्न अपराध अनुसन्धान कार्यालयका एक प्रहरी अधिकृतका अनुसार सीसीटीभी फुटेजमा घटनासँग मेल खाने केही दृश्य भेटिए पनि पर्याप्त जानकारी पाइएको छैन।

वरपरका सीसीटीभी क्यामेराको फुटेजमा दुई वटा मोटरसाइकलमा चार जना सत्यनारायण बस्ने घरसम्म पुगेको दृश्य कैद भएको छ। तर, उनीहरु घरैभित्र छिरेको भने देखिँदैन। ‘सत्यनारायण बस्ने घरअगाडि दुई वटा मोटरसाइकल रोकिन्छन् र फेरि अघि बढ्छन्। तर, घरभित्र प्रवेश गर्ने बेलाको दृश्य सीसीटीभीमा छैन,’ अपराध अनुसन्धान कार्यालयका एक जुनियर प्रहरी अधिकृतले नेपाल लाइभसँग भने, ‘ओहोरदोहोर र शंकास्पद हाउभाउले हत्यामा उनीहरुको संलग्नता भएको विश्लेषण गर्नसक्ने ठाउँ छ।’ 

उनका अनुसार राति १० बजेतिर दुई वटा मोटरसाइकलमा चार जना उक्त घर अगाडिसम्म पुग्छन्। उनीहरु सत्यनारायणको निगरानीमात्रै गरेर फर्केजस्तो देखिन्छ। करिब एक घण्टापछि दोस्रो पटक पुनः तिनै मोटरसाइकलमा चार जना सत्यनारायणको घरअगाडि आएको सीसीटीभी फुटेजमा देखिन्छ।

सत्यनारायण बसेको घर छिर्नु अघिसम्म उनीहरुको दृश्य क्यामेरामा कैद हुन्छ। त्यसपछि उनीहरुको दृश्य कैद भएको छैन। करिब आधा घण्टापछि सत्यनारायणकै घरतर्फबाट निस्केर मोटरसाइकलमा फर्केको सीसीटीभीको दृश्य प्रहरीले फेला पारेको छ। 

विभिन्न कोणबाट अनुसन्धान भइरहे पनि अहिलेसम्म हत्यामा संलग्नको पहिचान हुन नसकेको अपराध अनुसन्धान कार्यालयका एसएसपी चन्द्रकुबेर खापुङ बताउँछन्। ‘हामी अनुसन्धानमा लागिरहेका छौं। केही सबुदहरु फेला परेका छन्,’ उनी भन्छन्। 

सीसीटीभी दृश्यमा कैद भएका चार जनालाई प्रहरीले पहिचान गर्न सकेको छैन। उनीहरु चढेको मोटरसाइकलहरुको नम्बर पनि खुलेको छैन। रातिको समय भएको र पानीसमेत परेको हुनाले नम्बर खुल्न नसकेको प्रहरीले जनाएको छ। मोटरसाइकल पहिचानका लागि ट्राफिक प्रहरीसँग पनि सहयोग लिइएको थियो। तर, ट्राफिक प्रहरीले पनि पहिचान गर्न सकेको छैन। 

nimb
nimb
Ncell 2
Ncell 2

दुई महिलामा अनुसन्धान केन्द्रित
न्यूरोडको एट्लान्टिक कम्युटर प्रालिमा सेल्सम्यानको रुपमा काम गर्ने सत्यनारायणले आफ्नो घरमा काम गर्न दुई महिला राखेका थिए। एउटी करिब ४० वर्ष र अर्की करीब २५/२६ वर्ष उमेरका थिए।

उनीहरुसँग प्रहरीले सोधपुछ जारी राखेको छ। ४० वर्षीया महिलाले १८ असार (शुक्रबार) मा नै सत्यनारायणलाई फोन गरेर आफू शनिबार बिहान काम गर्न आउन नभ्याउने तर, दिउँसो आउने बताएकी थिइन्। शनिबार दिउँसो काम गर्न जाँदा सत्यनारायणको घरको गेटमै ताल्चा लगाइएको थियो। फोन गर्दा पनि नउठेपछि फर्किएको उनले प्रहरीलाई बयान दिएकी छिन्। 

सत्यनारायणको घरमा नियमित काम गर्ने भएकाले उनी आइतबार फेरि पुगिन्। आइतबार पनि गेटमा ताला थियो। फोन लागे पनि उठेन। त्यसपछि उनले सत्यनारायाण्को परिवार र अन्य मान्छेलाई खबर गरिन्। घटना प्रहरीसम्म पुग्यो। प्रहरीले हेर्दा सत्यनारायण मृत भेटिए। 

सत्यनारायण १८ असारसम्म ती महिलाको फोन सम्पर्कमा रहनु, शनिबार काम गर्न नभ्याउने बताउनु र सोही रात उनको हत्या हुनु जस्ता कारणले दुई महिला शंकाको घेरमा परेको प्रहरीको भनाइ छ। शंकास्पद दुवै महिलाको श्रीमानसँग सम्बन्धविच्छेद भएको थियो। सत्यनारायणको श्रीमतीको यसअघि नै मृत्यु भइसकेको थियो। यसलाई पनि अनुसन्धानको आधार बनाइएको एक अधिकारी बताउँछन्।

‘हत्या’को कारण खुल्न सकेन
अनुसन्धानमा संलग्न प्रहरी अधिकारीका अनुसार सत्यनारायणको हत्या नै भएको देखिन्छ। सीसीटीभीमा कैद चार जना शंकास्पद देखिनु, झ्यालको जाली काटिनु, घटनास्थलमा रगतले लतपतिएको ह्याम्मर भेटिनु, दराजको सिसा फुट्नु, शरीरमा ह्याम्मरले हानेजस्तो चोट देखिनुले हत्या नै भएकोे प्रहरीले जनाएको छ। पोष्टमार्टम रिपोर्टमा ‘कज अफ डेथ’मा पनि ‘ब्लण्ड फोर्स इन्ज्युरी’ लेखिएको जिल्ला प्रहरी परिसर ललितपुरका प्रवक्ता एसपी प्रज्ज्वल महर्जनले बताए। तर, के कारणले हत्या गरियो भन्ने खुल्न नसकेको उनको भनाइ छ।

चोरी गर्ने क्रममा मुठभेड हुँदा हत्या भएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ। तर, चोरले के चोरेर लगे भन्ने खुल्न सकेको छैन। सत्यनारायण करीब १० वर्षदेखि उक्त घरमा बस्थे। छोरीको विवाह भइसकेको र आठ वर्षअघि श्रीमतीको पनि मृत्यु भएकाले उनी एक्लै बस्थे। 

घरमा भएको सामग्रीबारे प्रष्ट जानकारी दिने कोही नभएकाले चोरले के–के लग्यो भन्ने पनि खुलेको छैन। अन्य कारणबाट हत्या भएको भए पनि त्यहाँसम्म पुग्न प्रहरीले कुनै आधार फेला पारेको छैन। ‘हत्याको कारण मात्रै खुलेको भए पनि अनुसन्धानमा केही सहज हुन्थ्यो। सोही दिसामा अनुसन्धान मोडिन्थ्यो, तर अहिलेसम्म कारण खुल्न सकेको छैन,’ परिसर ललितपुरका एक अधिकारीले भने।

यस्तो थियो ‘क्राइम सिन’

सिंगो घर नै भाडामा लिएका सत्यरानायण दोस्रो तलामा सुत्ने गर्थे। भान्छा पनि दोस्रो तलामै थियो। सबैभन्दा माथिल्लो तलामा उनले कार्यालयका सामान राख्थे। पहिलो तला भने खाली थियो।

मुख्य गेट र ढोका बन्द थियो। तर, झ्यालको जाली काटिएको थियो। ग्रिल बिनाको झ्याल खुल्लै थियो। लामखुट्टे छेक्न जाली लगाइएको हुनाले त्यसलाई काटेर कोही भित्र प्रवेश गरेजस्तो देखिन्छ।

माथि सेतो भेष्ट र तल खरानी रङको ट्राउजर लगाएका उनी घोप्टो अवस्थामा पलङमाथि मृत भेटिएका थिए। वर्ष दिनअघि दुर्घटनामा परेका कारण खुट्टामा लगाइएको ‘ब्याण्डेज’ समेत फुकालिएको थिएन। 
 

चारखुट्टे पलङमा कपडाहरु यत्रतत्र छरिएका थिए। उनको टाउको ब्ल्याङ्केटले छोपिएको थियो। शरीरको माथिल्लो भागमा रगतका टाटा थिए। सिरानीतर्फको भित्तामा दुई वटा क्यालेन्डर झुण्डिएको थियो। सँगै स्टिलको दराज थियो। दराजमा महिलाका तस्वीर सजाइएको थियो।

पलङमा रहेको सिरानीनजिक कालो रङको झोला थियो। पलङमुनि टीभीको रिमोट कन्ट्रोल थियो। टीभी चालु अवस्थामा नै थियो। बत्ती बलिरहेका थिए। सत्यनारायणका दुई वटा मोबाइल थिए। एउटा अलिअलि फुटेको र अको टुक्रा–टुक्रा अवस्थामा फेला परेका थिए। यो ‘क्राइम सिन’ प्रहरी सत्यरानारायणको कोठामा प्रवेश गर्दाको हो।

प्रकाशित मिति: मंगलबार, साउन ५, २०७८  ०७:४०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नारायण अधिकारी
नेपाल लाइभका वरिष्ठ संवाददाता अधिकारी सुरक्षा तथा अपराध बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
भिजिट भिसामा सेटिङ : फरार ६ अध्यागमन अधिकृत सुटुक्क अदालत उपस्थित हुँदै धरौटीमा छुटे
सुन तस्करी प्रकरण : जाँचबुझ आयोगले कृष्णबहादुर महराको मोबाइल डीएफएलमा पठायो
जीबी-रवि जोडिएको सूर्यदर्शन सहकारी प्रकरण : सीआईबीको टोलीले पोखरा पुगेर सुरु गर्‍यो अनुसन्धान
सम्बन्धित सामग्री
२४ घण्टामा ९९३ सवारी चालक कारबाहीमा ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा ९९३ वटा सवारीसाधनका चालकलाई कारबाही गरेको छ। मंगलबार, भदौ ९, २०८३
जेन–जी आन्दोलनमा फरार रहेको थुनुवा पुनः जबरजस्ती करणी मुद्दामा पक्राउ जेन–जी आन्दोलनमा फरार रहेको थुनुवा पुनः जबरजस्ती करणी मुद्दामा पक्राउ पक्राउ परेका छन्। मंगलबार, भदौ ९, २०८३
भन्सार छली ल्याइएको ३४ लाखभन्दा बढीको सुर्तीजन्य पदार्थसहित एक जना पक्राउ काठमाडौं उपत्यका प्रहरी कार्यालयका अनुसार दक्षिणकाली नगरपालिका–५ फर्पिङ चेकप्वाइन्टमा खटिएको प्रहरीले सवारी जाँचका क्रममा बिलबिजकबिन... सोमबार, भदौ ८, २०८३
ताजा समाचारसबै
केन्द्रीय कमिटी बैठक बोलाउन ओलीकाे निर्देशन मंगलबार, भदौ ९, २०८३
सुरु भयो नाडा अटो शो, ५ दर्जनभन्दा बढी ब्रान्डका सवारी प्रदर्शनमा मंगलबार, भदौ ९, २०८३
पोखराबाट दुबईको नियमित उडानबारे पोखरेली व्यवसायीले गरे युएईका राजदूतसँग छलफल मंगलबार, भदौ ९, २०८३
उद्योग खुलेका छन् तरपनि सरकारले चासो दिएन : अध्यक्ष श्रेष्ठ मंगलबार, भदौ ९, २०८३
राष्ट्रिय सभा बैठक एक साताका लागि स्थगित, अर्को बैठक भदौ १६ गते मंगलबार, भदौ ९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
प्रधानमन्त्रीसँग प्रश्नोत्तरका लागि ११ सांसदको नाम दर्ता, क–कसले सोध्दैछन् प्रश्न? सोमबार, भदौ ८, २०८३
पार्टी निर्णयविपरीत गतिविधि गरेको भन्दै उद्धव थापा पदमुक्त सोमबार, भदौ ८, २०८३
राप्रपाका बागमतीका तीन सांसद पदमुक्त सोमबार, भदौ ८, २०८३
संसद् छिर्दा प्रधानमन्त्री बालेनले किन लगाउँछन् कालो चस्मा ? यस्तो रहेछ कारण मंगलबार, भदौ ९, २०८३
टप एन्ड टी–ट्वान्टीमा नेपाल ‘ए’को पहिलो जित सोमबार, भदौ ८, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
संविधानमा गरिनुपर्ने मुलभूत संशोधन र परिमार्जन डा. नारायण घिमिरे
प्रेस स्वतन्त्रता: बालेन सरकारले संविधान मिचेको तीन प्रमाण नेपाल लाइभ
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा जयप्रकाश आनन्द
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! डिबी खड्का
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
प्रधानमन्त्री र प्रधानन्यायाधीश एकैपटक पोखरा हुँदै मुस्ताङ किन जाँदैछन् ? बिहीबार, भदौ ४, २०८३
प्रधानमन्त्रीसँग प्रश्नोत्तरका लागि ११ सांसदको नाम दर्ता, क–कसले सोध्दैछन् प्रश्न? सोमबार, भदौ ८, २०८३
मकवानपुर जिप दुर्घटना : न्यायिक परिवार शोकमा, घाइते लक्ष्मीको उपचारकै क्रममा मृत्यु मंगलबार, भदौ २, २०८३
११ हजार कर्मचारी कारबाहीको दायरामा बुधबार, भदौ ३, २०८३
पार्टी निर्णयविपरीत गतिविधि गरेको भन्दै उद्धव थापा पदमुक्त सोमबार, भदौ ८, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्