• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, कात्तिक ७, २०८३ Sat, Oct 24, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
सुरक्षा/अपराध

रहस्यमा भारतीय नागरिक सत्यनारायणको हत्या, दुई महिलाबाट खुल्ला त अपराधको गुत्थी?

64x64
नारायण अधिकारी मंगलबार, साउन ५, २०७८  ०७:४०
1140x725

काठमाडौं– सानेपास्थित गुसिटोल बस्ने भारतीय नागरिक सत्यनारायण पारिख (५९) ले तीनतले घर भाडामा लिएका थिए। उनी एक्लै बस्थे। काम गर्न दुई महिला घरमा नियमित आउँथे।

दुई दिनसम्म उनको घरमा ताला लागेपछि आफन्त र छिमेकीलाई पहिलो सूचना दिने व्यक्ति घरमा काम गर्ने एक महिला नै थिइन्। प्रहरीले २० असारमा ताला तोडेर घरभित्र पस्दा उनी मृत भेटिएका थिए। प्रहरीले उनको हत्या नै भएको ठहर गरे पनि दुई हप्तासम्म अभियुक्त पहिचान नै गर्न सकेको छैन। अनुसन्धानमा प्रगति भएको र अभियुक्त पहिचान गर्ने केही सुराक पाएको प्रहरीको दाबी छ। 

जिल्ला प्रहरी परिसर ललितपुर र काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले उक्त घटनाको अनुसन्धान गरिरहेका छन्। अनुसन्धानमा संलग्न अपराध अनुसन्धान कार्यालयका एक प्रहरी अधिकृतका अनुसार सीसीटीभी फुटेजमा घटनासँग मेल खाने केही दृश्य भेटिए पनि पर्याप्त जानकारी पाइएको छैन।

वरपरका सीसीटीभी क्यामेराको फुटेजमा दुई वटा मोटरसाइकलमा चार जना सत्यनारायण बस्ने घरसम्म पुगेको दृश्य कैद भएको छ। तर, उनीहरु घरैभित्र छिरेको भने देखिँदैन। ‘सत्यनारायण बस्ने घरअगाडि दुई वटा मोटरसाइकल रोकिन्छन् र फेरि अघि बढ्छन्। तर, घरभित्र प्रवेश गर्ने बेलाको दृश्य सीसीटीभीमा छैन,’ अपराध अनुसन्धान कार्यालयका एक जुनियर प्रहरी अधिकृतले नेपाल लाइभसँग भने, ‘ओहोरदोहोर र शंकास्पद हाउभाउले हत्यामा उनीहरुको संलग्नता भएको विश्लेषण गर्नसक्ने ठाउँ छ।’ 

उनका अनुसार राति १० बजेतिर दुई वटा मोटरसाइकलमा चार जना उक्त घर अगाडिसम्म पुग्छन्। उनीहरु सत्यनारायणको निगरानीमात्रै गरेर फर्केजस्तो देखिन्छ। करिब एक घण्टापछि दोस्रो पटक पुनः तिनै मोटरसाइकलमा चार जना सत्यनारायणको घरअगाडि आएको सीसीटीभी फुटेजमा देखिन्छ।

सत्यनारायण बसेको घर छिर्नु अघिसम्म उनीहरुको दृश्य क्यामेरामा कैद हुन्छ। त्यसपछि उनीहरुको दृश्य कैद भएको छैन। करिब आधा घण्टापछि सत्यनारायणकै घरतर्फबाट निस्केर मोटरसाइकलमा फर्केको सीसीटीभीको दृश्य प्रहरीले फेला पारेको छ। 

विभिन्न कोणबाट अनुसन्धान भइरहे पनि अहिलेसम्म हत्यामा संलग्नको पहिचान हुन नसकेको अपराध अनुसन्धान कार्यालयका एसएसपी चन्द्रकुबेर खापुङ बताउँछन्। ‘हामी अनुसन्धानमा लागिरहेका छौं। केही सबुदहरु फेला परेका छन्,’ उनी भन्छन्। 

सीसीटीभी दृश्यमा कैद भएका चार जनालाई प्रहरीले पहिचान गर्न सकेको छैन। उनीहरु चढेको मोटरसाइकलहरुको नम्बर पनि खुलेको छैन। रातिको समय भएको र पानीसमेत परेको हुनाले नम्बर खुल्न नसकेको प्रहरीले जनाएको छ। मोटरसाइकल पहिचानका लागि ट्राफिक प्रहरीसँग पनि सहयोग लिइएको थियो। तर, ट्राफिक प्रहरीले पनि पहिचान गर्न सकेको छैन। 

Ncell 2
Ncell 2
nimb
nimb

दुई महिलामा अनुसन्धान केन्द्रित
न्यूरोडको एट्लान्टिक कम्युटर प्रालिमा सेल्सम्यानको रुपमा काम गर्ने सत्यनारायणले आफ्नो घरमा काम गर्न दुई महिला राखेका थिए। एउटी करिब ४० वर्ष र अर्की करीब २५/२६ वर्ष उमेरका थिए।

उनीहरुसँग प्रहरीले सोधपुछ जारी राखेको छ। ४० वर्षीया महिलाले १८ असार (शुक्रबार) मा नै सत्यनारायणलाई फोन गरेर आफू शनिबार बिहान काम गर्न आउन नभ्याउने तर, दिउँसो आउने बताएकी थिइन्। शनिबार दिउँसो काम गर्न जाँदा सत्यनारायणको घरको गेटमै ताल्चा लगाइएको थियो। फोन गर्दा पनि नउठेपछि फर्किएको उनले प्रहरीलाई बयान दिएकी छिन्। 

सत्यनारायणको घरमा नियमित काम गर्ने भएकाले उनी आइतबार फेरि पुगिन्। आइतबार पनि गेटमा ताला थियो। फोन लागे पनि उठेन। त्यसपछि उनले सत्यनारायाण्को परिवार र अन्य मान्छेलाई खबर गरिन्। घटना प्रहरीसम्म पुग्यो। प्रहरीले हेर्दा सत्यनारायण मृत भेटिए। 

सत्यनारायण १८ असारसम्म ती महिलाको फोन सम्पर्कमा रहनु, शनिबार काम गर्न नभ्याउने बताउनु र सोही रात उनको हत्या हुनु जस्ता कारणले दुई महिला शंकाको घेरमा परेको प्रहरीको भनाइ छ। शंकास्पद दुवै महिलाको श्रीमानसँग सम्बन्धविच्छेद भएको थियो। सत्यनारायणको श्रीमतीको यसअघि नै मृत्यु भइसकेको थियो। यसलाई पनि अनुसन्धानको आधार बनाइएको एक अधिकारी बताउँछन्।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

‘हत्या’को कारण खुल्न सकेन
अनुसन्धानमा संलग्न प्रहरी अधिकारीका अनुसार सत्यनारायणको हत्या नै भएको देखिन्छ। सीसीटीभीमा कैद चार जना शंकास्पद देखिनु, झ्यालको जाली काटिनु, घटनास्थलमा रगतले लतपतिएको ह्याम्मर भेटिनु, दराजको सिसा फुट्नु, शरीरमा ह्याम्मरले हानेजस्तो चोट देखिनुले हत्या नै भएकोे प्रहरीले जनाएको छ। पोष्टमार्टम रिपोर्टमा ‘कज अफ डेथ’मा पनि ‘ब्लण्ड फोर्स इन्ज्युरी’ लेखिएको जिल्ला प्रहरी परिसर ललितपुरका प्रवक्ता एसपी प्रज्ज्वल महर्जनले बताए। तर, के कारणले हत्या गरियो भन्ने खुल्न नसकेको उनको भनाइ छ।

चोरी गर्ने क्रममा मुठभेड हुँदा हत्या भएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ। तर, चोरले के चोरेर लगे भन्ने खुल्न सकेको छैन। सत्यनारायण करीब १० वर्षदेखि उक्त घरमा बस्थे। छोरीको विवाह भइसकेको र आठ वर्षअघि श्रीमतीको पनि मृत्यु भएकाले उनी एक्लै बस्थे। 

घरमा भएको सामग्रीबारे प्रष्ट जानकारी दिने कोही नभएकाले चोरले के–के लग्यो भन्ने पनि खुलेको छैन। अन्य कारणबाट हत्या भएको भए पनि त्यहाँसम्म पुग्न प्रहरीले कुनै आधार फेला पारेको छैन। ‘हत्याको कारण मात्रै खुलेको भए पनि अनुसन्धानमा केही सहज हुन्थ्यो। सोही दिसामा अनुसन्धान मोडिन्थ्यो, तर अहिलेसम्म कारण खुल्न सकेको छैन,’ परिसर ललितपुरका एक अधिकारीले भने।

यस्तो थियो ‘क्राइम सिन’

सिंगो घर नै भाडामा लिएका सत्यरानायण दोस्रो तलामा सुत्ने गर्थे। भान्छा पनि दोस्रो तलामै थियो। सबैभन्दा माथिल्लो तलामा उनले कार्यालयका सामान राख्थे। पहिलो तला भने खाली थियो।

मुख्य गेट र ढोका बन्द थियो। तर, झ्यालको जाली काटिएको थियो। ग्रिल बिनाको झ्याल खुल्लै थियो। लामखुट्टे छेक्न जाली लगाइएको हुनाले त्यसलाई काटेर कोही भित्र प्रवेश गरेजस्तो देखिन्छ।

माथि सेतो भेष्ट र तल खरानी रङको ट्राउजर लगाएका उनी घोप्टो अवस्थामा पलङमाथि मृत भेटिएका थिए। वर्ष दिनअघि दुर्घटनामा परेका कारण खुट्टामा लगाइएको ‘ब्याण्डेज’ समेत फुकालिएको थिएन। 
 

चारखुट्टे पलङमा कपडाहरु यत्रतत्र छरिएका थिए। उनको टाउको ब्ल्याङ्केटले छोपिएको थियो। शरीरको माथिल्लो भागमा रगतका टाटा थिए। सिरानीतर्फको भित्तामा दुई वटा क्यालेन्डर झुण्डिएको थियो। सँगै स्टिलको दराज थियो। दराजमा महिलाका तस्वीर सजाइएको थियो।

पलङमा रहेको सिरानीनजिक कालो रङको झोला थियो। पलङमुनि टीभीको रिमोट कन्ट्रोल थियो। टीभी चालु अवस्थामा नै थियो। बत्ती बलिरहेका थिए। सत्यनारायणका दुई वटा मोबाइल थिए। एउटा अलिअलि फुटेको र अको टुक्रा–टुक्रा अवस्थामा फेला परेका थिए। यो ‘क्राइम सिन’ प्रहरी सत्यरानारायणको कोठामा प्रवेश गर्दाको हो।

प्रकाशित मिति: मंगलबार, साउन ५, २०७८  ०७:४०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नारायण अधिकारी
नेपाल लाइभका वरिष्ठ संवाददाता अधिकारी सुरक्षा तथा अपराध बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
भिजिट भिसामा सेटिङ : फरार ६ अध्यागमन अधिकृत सुटुक्क अदालत उपस्थित हुँदै धरौटीमा छुटे
सुन तस्करी प्रकरण : जाँचबुझ आयोगले कृष्णबहादुर महराको मोबाइल डीएफएलमा पठायो
जीबी-रवि जोडिएको सूर्यदर्शन सहकारी प्रकरण : सीआईबीको टोलीले पोखरा पुगेर सुरु गर्‍यो अनुसन्धान
सम्बन्धित सामग्री
दुई कार एक आपसमा ठोक्किँदा एक जनाको मृत्यु, छ घाइते शनिबार करिब ९ बजे कोहलपुरबाट काठमाडौं आउँदै गरेको बा.प्र. ०१–०३२ च ३६१८ नम्बरको कार र दाङको घोराहीबाट नेपालगञ्जतर्फ जाँदै गरेको बा.प... शनिबार, कात्तिक ७, २०८३
रुकुम पश्चिममा ढुङ्गा प्रहारबाट ६ वर्षीय बालकको मृत्यु रुकुम पश्चिमको बाफिकोट गाउँपालिकामा ढुङ्गा प्रहारबाट ६ वर्षीय बालकको मृत्यु भएको छ । बाफिकोट गाउँपालिका–२ स्वाराका बलबहादुर नाथका ६... शनिबार, कात्तिक ७, २०८३
खर काट्न गएका वडाध्यक्षको भिरबाट लडेर मृत्यु जिल्ला प्रशासन कार्यालय बझाङ, गृह मन्त्रालयलगायतका निकायमा पहल गरी हेलिकोप्टरको उडानको तयारी हुँदाहुँदै उनको मृत्यु भइसकेको थियो । शुक्रबार, कात्तिक ६, २०८३
ताजा समाचारसबै
दुई कार एक आपसमा ठोक्किँदा एक जनाको मृत्यु, छ घाइते शनिबार, कात्तिक ७, २०८३
बाढी र पहिरोका कारण विभिन्न सडक खण्ड अवरुद्ध शनिबार, कात्तिक ७, २०८३
आजदेखि नेकपाको राष्ट्रिय जागरण अभियान, प्रचण्ड र माधव नेपालले उद्घाटन गर्ने शनिबार, कात्तिक ७, २०८३
रुकुम पश्चिममा ढुङ्गा प्रहारबाट ६ वर्षीय बालकको मृत्यु शनिबार, कात्तिक ७, २०८३
कस्तो छ आजको मौसम? शनिबार, कात्तिक ७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
रवि कैंची धाम पुगेको सेल्फी शुक्रबार, कात्तिक ६, २०८३
खर काट्न गएका वडाध्यक्षको भिरबाट लडेर मृत्यु शुक्रबार, कात्तिक ६, २०८३
साउदीमा नेपालीको मृत्युमा कांग्रेसद्वारा दुःख व्यक्त, सुरक्षाको माग शुक्रबार, कात्तिक ६, २०८३
गड्डाचौकी नाका हुँदै रास्वपा सभापति लामिछाने भारत प्रवेश शुक्रबार, कात्तिक ६, २०८३
चक्रवातको प्रभावले नेपालमा झरीको सम्भावना, धान नभित्र्याउन मौसमविद्को सुझाव शुक्रबार, कात्तिक ६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
यस कारण जरुरी छ दशैंमा शारीरिक व्यायाम डा राजेन्द्र कोजु
जटिल प्रसूति समस्यापछि गर्भवती महिलाको सेनाद्वारा हवाई उद्धार नेपाल लाइभ
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
सबै हेर्नुहोस
ब्लग
अहिलेको दशैं ‘इन्स्टान्ट नुडल्स’ जस्तो बिहीबार, कात्तिक ५, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
गाडीमा यात्रा गर्दा किन आउँछ वाकवाकी? कसरी जोगिने मंगलबार, कात्तिक ३, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
फरार अभियुक्तसँग गृहमन्त्रीको सेल्फी सोमबार, कात्तिक २, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
दशैंको टीका लगाउँदा लगाइ दिने र लगाइ माग्ने कुन दिशामा बस्ने? बुधबार, कात्तिक ४, २०८३
सुवास नेम्वाङको दशैं सम्झना- गोरेबहादुरको हप्की हरेक वर्ष याद आउँछ बिहीबार, कात्तिक ५, २०८३
दशैं गीत :  २५ वर्षमा तीन पटक रेकर्ड भएको 'नमुछे आमा दहीमा टीका' बुधबार, कात्तिक ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्