काठमाडौं– सरकारले सिन्धुपाल्चोकको मेलम्ची र मनाङको बाढीले प्रभावित पारेका क्षेत्रहरुलाई 'विपत् संकटग्रस्त क्षेत्र' घोषणा गर्ने निर्णय गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले सिन्धुपाल्चोकको मेलम्ची र मनाङको बाढीले प्रभावित क्षेत्रलाई 'विपत् संकटग्रस्त क्षेत्र' घोषणा गर्ने निर्णय गरेको हो।
सरकारले विपत् जोखिम न्युनिकरण एवं व्यवस्थापन ऐन २०७८ अन्तर्गत असोज मसान्तसम्म लागू हुने गरी मेलम्ची र मनाङको बाढी प्रभावित क्षेत्रलाई विपत् संकटग्रस्त क्षेत्र घोषणा गर्ने निर्णय गरेको हो।
असार १ गते गएको वाढीले सिन्धुपाल्चोकको हेलम्वु गाउँपालिका, मेलम्ची नगरपालिका र पाँचपोखरी लगायत क्षेत्रमा ठूलो क्षति पुर्याएको थियो । भ्रेमाथाङवाट आएको वाढीले उक्त क्षेत्रका नदी किनाराका बस्तीमा क्षति पुर्याउनुका साथै मानवीय क्षति समेत पुर्याएको थियो।
मेलम्चीको बाढीले केही पक्की पुलहरु समेत बगाएको थियो । मेलम्ची वजार, तिम्वु, चनौटे, तारामाराङ र ग्याल्थुम लगायतका क्षेत्र वाढीले प्रभावित भएका थिए ।
यस्तै, असार १ गते नै आएको बाढीले मनाङको चामे, नासों गाउँपालिकामा क्षति पुर्याएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।