Illustration by Jawahir Al-Naimi/Al Jazeera काठमाडौं- टोकियो ओलम्पिकमा सहभागिताका लागि गएका दक्षिण अफ्रिकाका दुई फुटबल खेलाडी र एक प्रशिक्षकसहित चारजनामा कोरोना संक्रमण पुष्टि भएको छ।
दक्षिण अफ्रिकाको फुटबल एसोसिएसनका अनुसार कोरोना संक्रमण हुने खेलाडीहरुमा थाबिसो मोन्यन र कामोहेलो माह्लाट्सी रहेका छन्। यस्तै, भिडियो विश्लेषक मारियो माशामा पनि कोरोना संक्रमण देखिएको बताइएको छ।
‘यसअघि बाँकी टोलिको दुईपटक कोरोना परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आएको छ। र, उनीहरुले स्थानीय स्वास्थ्य अधिकारीहरुले तोकेअनुसारको गाइडलाइन राम्ररी पालना गरिरहेका छन्,’ टोलिले एक विज्ञप्तिमा भनेको छ।
दक्षिण अफ्रिकी प्रतिनिधिमण्डलका सबै सदस्यहरूको जापानी राजधानीको ओलम्पिक भिलेजमा पुग्दा दैनिक परीक्षण गरिएको थियो।
यस्तै, दक्षिण अफ्रिकाको रग्बी प्रशिक्षक नील पावेललेको कोरोना परीक्षण रिपोर्ट पनि पोजिटिभ आएको छ। उनी आइसुलेट भएका छन्।
आइतबार मात्रै ओलम्पिक भिलेजभित्र रहेका दुई र बाहिरका एक खेलाडीसहित ओलम्पिकसँग सम्बन्धित पाँच अधिकारी, एक मिडियाकर्मी र एक टोकियो ओलम्पिक कन्ट्रयाक्टर गरि १० जनामा कोरोना संक्रमण पुष्टि भएको थियो।
ओलम्पिक सुरु हुन ४ दिन बाँकी रहँदा टोकियो पुगेका ६ खेलाडीसहित ५९ जना कोरोना संक्रमित भइसकेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।