फाइल तस्वीर।
काठमाडौं- चिकित्सा शिक्षा सुधारका अभियन्ता डा गोविन्द केसीले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका पदाधिकारीहरूलाई तत्काल पदमुक्त गर्नुपर्ने माग गरेका छन्।
सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै डा केसीले प्रतिष्ठानमा जालसाजी र भ्रष्टाचार प्रमाणित भएका पदाधिकारीहरुलाई तत्काल पदमुक्त गर्नुपर्ने माग गरेका हुन्।
उनले प्रतिष्ठानमा हाल चलिरहेको आन्दोलनका सबै मागहरु पूरा गरेर संस्था सुधारलाई अघि बढाउनुको विकल्प नभएको समेत बताए।
डा केसीले बीपी प्रतिष्ठान लगायत कुनैपनि विश्वविद्यालय र प्रतिष्ठानमा पदाधिकारी नियुक्त गर्दा मापदण्ड निर्धारण कार्यदलको सिफारिस अनुसार निष्पक्ष रुपमा नयाँ पदाधिकारी नियुक्त गर्नुपर्ने माग राखेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।