हेटौंडा– सातै प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्रीहरुको एक दिने छलफल हेटौंडामा सुरु भएको छ। हेटौ्रडास्थित रेगल होटलमा भएको बैठकलाई प्रदेश ३ का मुख्यमन्त्री डोरमणी पौडेलले उद्धघाटन गरेका छन्।
प्रदेश ३ ले आयोजना गरेको कार्यक्रममा सातै प्रदेशका मन्त्रीहरुले सामुहिक धारणा बाहिर ल्याउने बताईएको छ।
छलफलमा प्रदेश १ का आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मतकुमार कार्की, प्रदेश २ का ज्ञानेन्द्र यादव, ३ का शालिकराम जम्मरकट्टेल, प्रदेश ४ का हरिबहादुर चुमान, ५ का कुलप्रसाद केसी, कर्णाली प्रदेशका नरेश भण्डारी र प्रदेश ७ का प्रकाश शाह सहभागी छन्।
प्रदेश सरकारको गृह मन्त्रालयका रुपमा आन्तरिक तथा कानुन मन्त्रालयलाई मानिन्छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।