काठमाडौं– अधिवक्ता ओमप्रकाश अर्यालले एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री हुँदा बालुवाटारमा बसेर सरकार सञ्चालन गर्दा भएको खर्च विवरण माग गर्दै सूचनाको हकको निवेदन दिएका छन्।
अधिवक्ता अर्यालले संविधानको धारा २७ तथा सूचनाको हकसम्बन्धी ऐन, २०६४ ले दिएको अधिकार प्रयोग गरी नेपाल सरकारका प्रवक्तामार्फत सूचना–विवरण माग गरेका हुन्।
प्रधानमन्त्री आबद्ध रहेको दलका बैठक दलको कार्यालयमा नबसी बालुवाटारस्थित प्रधानमन्त्री निवासमा बस्ने, निवास र परिसरभित्रका सरकारी भवन, बैठक कक्ष, जग्गा, स्रोत साधन तथा कर्मचारीको प्रयोग गरी दलीय गतिविधि गर्नु तथा प्रधानमन्त्री निवासबाटै दलीय काम कारबाही सञ्चालन गर्नुको कारणसमेत सोधेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।