काठमाडाैं- पूर्वी चितवनमा गैँडाको आक्रमणबाट एक वृद्धको मृत्यु भएको छ।
घाइते भएका रत्ननगर नगरपालिका–११ का ७५ वर्षीय रोहीका कुमालकाे उपचारका क्रममा भरतपुर अस्पतालमा ३ः ४५ बजे मृत्यु भएकाे जिल्ला प्रहरी कार्यालयले जनाएको हाे।
कार्यालयका अनुसार स्थानीय पञ्चकन्या सामुदायिक वनमा निउरो टिप्न गएको समयमा कुमाललाई गैँडाले आज अपराह्न २ः ४० बजे आक्रमण गरेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।