• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, जेठ २६, २०८३ Tue, Jun 9, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

कोरियन फिल्म ‘अनेष्ट क्यान्डिडेट’ : नेताले झुट बोल्नै नसके के हुन्थ्यो?

64x64
पुष्पा थपलिया मंगलबार, साउन ५, २०७८  ०७:०७
1140x725

नेताले पूरा गर्नै नसक्ने वाचा गर्नु, झुटो आश्वासन दिनु अधिकांश देशका लागि सामान्य जस्तै छ। नेपालमा पनि चुनावका लागि बनाइएका घोषणा-पत्र र गरेका वाचा अधिकांश पूरा हुँदैनन्। हाम्रो जस्तै समस्या कोरियामा पनि रहेछ। यही विषयमा बनेको फिल्म त्यहाँ निकै चर्चित बन्यो।

चुनावी माहोलका बेला नेताले झुट बोल्न नसके के हुन्छ? यही विषयलाई रमाइलो ढंगले प्रस्तुत गरिएको कोरियन फिल्म हो, अनेस्ट क्यान्डिडेट।

विश्व कोभिड–१९ को पहिलो लहरसँग जुधिरहेका बेला सन् २०२० मा यो फिल्म डिजिटल प्ल्याटफर्ममा प्रदर्शनमा आएको थियो। वास्तवमा यो फिल्म सन् २०१४ मा बनेको ब्राजेलियन फिल्म ‘ओ क्यान्डिडात्तो अनेस्त्तो’ लाई कोरियामा रिमेक गरिएको हो। यस्तै कथावस्तु रहेको हलिउड फिल्म ‘लायर लायर’ पनि प्रर्दशनमा आएको छ।

फिल्मको मुख्य भुमिकामा एक महिला नेतृ छिन्, जो साङ सोक। झुटैझुटको साहारामा उनले तीन पटक चुनाव जितिसकेकी हुन्छिन्। अब चौँथो पटक चुनाव जित्ने दौडमा छिन्।

फिल्मको मुख्य भुमिकामा एक महिला नेतृ छिन्, जो साङ सोक। झुटैझुटको सहारामा उनले तीन पटक चुनाव जितिसकेकी हुन्छिन्। अब चौँथो पटक चुनाव जित्ने दौडमा छिन्। यसै सिलसिलामा प्रचारका लागि उनले एउटा भिडियो बनाउन लगाउँछिन्। जहाँ उनकी हजुरआमा निकै ठूलो नेतृ भएको, उनैको प्रेरणाले आफू राजनीतिमा आएको भनिएको हुन्छ। हजुरआमाको मृत्यु भइसकेकाले उनको सपना पूरा गर्न चुनाव जित्ने भन्दै मतदाता प्रभावित पार्न खोजिएको हुन्छ। 

तर, वास्तविकता फरक हुन्छ। हजुरआमा ज्युँदै हुन्छिन्। उनलाई कसैले नदेख्ने ठाउँमा लुकाएर राखिएको हुन्छ।

एक पटक हजुरआमाले बिरामी भएको झुटो खबर पठाएर आधा रातमा जो साङ सोक र उनको सचिव पार्क हे च्योललाई लुकेको ठाउँमा बोलाउँछिन्। फर्कँदा ठूलो पानी पर्छ। सचिव पार्क हे च्योल नेतृ जो साङ सोकलाई ओत लाग्ने ठाउँमा बसाएर आफू छाता लिन जान्छन्। यता उनले ढुंगाको थुप्रोमा जुनकिरी उडिरहेको देख्छिन्। मनको कुरा पुरा हुने विश्वाससहित उनले ‘देशको नम्बर वान नेता बन्न पाउँ’ भनेर प्रार्थना गर्छिन्। 

ठीक त्यहि समयमा नातीनीको झुट देखेर वाक्क बनिसकेकी हजुरआमाले पनि भगवानसँग प्रार्थना गर्छिन्, ‘मेरो नातिनीको झुट बोल्ने बानी हटाइदेऊ, भगवान।’ यति घटना भएपछि त्यहाँ ठूलो चट्याङ पर्छ। नेतृ जो साङ सोक बेहोस हुन्छिन्।

nimb
nimb
Ncell 2
Ncell 2

ब्युँझदा उनले झुट बोल्नसक्ने कला गुमाएकी हुन्छिन्। सधैं चिप्लो घसेर बोल्ने सासूबारे नराम्रो कुरा गर्न थाल्छिन्। श्रीमानलाई पनि ‘बेरोजगार’ भन्दै अपमानित गर्छिन्।

टेलिभिजन कार्यक्रममा गएर पत्रकारले सोधेका हरेक कुराको सही जवाफ दिन्छिन्, जसले तहल्का मच्चाउँछ। पत्रकारहरु नेतृ पागल भइन् कि क्या हो भनेर कानेखुशी गर्न थाल्छन्। 

उनले लेखेको पुस्तक पनि त्यही समयमा निकै बिक्री हुन्छ। हस्ताक्षर कार्यक्रममा जाँदा आफ्नै मान्छे लगाएर किताब किन्न लगाएको, किताब पनि आफूले नलेखेर घोस्ट राइटरलाई लेख्न लगाएको बताइदिन्छिन्। यी सबै कुराले चुनाव हुन १२ दिन बाँकी रहँदा उनको माहोल पूर्ण रुपमा भत्किन्छ। विपक्षी दलले मौकाको फाइदा उठाउन थाल्छन्।

उनी झुट बोल्नका लागि उपचार गराउन चिकित्सककहाँ पनि जान्छिन्। विभिन्न थेरापी चल्छ। अनुहारभरि सियोले घोप्दा पनि उनी एकलाई दुई भन्न सक्दिनन्, एक नै भन्छिन्।

यसरी झुटैझुटको सहारामा बनेकी नेतृले सत्य बोल्दा चुनाव जित्लिन् या हार्लिन्? फिल्मको ‘क्लाइमेक्स’ नै यही हो। विभिन्न डिजिटल माध्यममा ‘सबटाइटल’ सहित यो फिल्म हेर्न सकिन्छ।

फिल्म हेरिरहँदा जो साङ सोक अर्थात नायिका रा मि रान्कै लागि कथा बनेजस्तो लाग्छ। उनको व्यक्तित्व र अभिनयले फिल्मलाई यथार्थपरक बनाएको छ। 

फिल्म उत्कृष्ट बनाउन ठूलो मेहनत सचिव पार्क हे च्योल अर्थात किम मु योलको पनि छ। उनी इमान्दार सचिव हुन्। उनको अभिनय दमदार छ। यता हजुरआमा किम ओक हि अर्थात ना मोन हिको अभिनय पनि उस्तै अब्बल छ। उनी उमेरमा बूढो भए पनि चरित्रमा युवा छिन्। झुटको खेती गर्ने नातिनीलाई माझी औंलो देखाउन समेत पछि नपर्ने हजुरआमाको असन्तुष्टिले पूरै फिल्मलाई मार्गनिर्देश गरेको छ।

फिल्म वास्तविकताबाट भने अलि टाढा पुगेको छ। तर, कल्पनामै भए पनि दर्शकलाई आनन्द आउँछ। नेताहरु साँच्चै झुट बोल्न नसक्ने भए देश कस्तो हुन्थ्यो होला भन्ने सोचाइले रमाइलो गराउँछ। अझै राजनीतिक अस्थिरताकै कारण समस्यामा परेको देशका दर्शक त प्रभावित हुने भइहाले। 

इन्टरनेट मुभी डेटाबेस (आइएमडीबी) रेटिङ ६.३ पाएको फिल्म समग्रमा उत्कृष्ट छ। राजनीतिक कथामा बनेको र हाँस्य रस मिसिएको फिल्म हेर्न चाहनेका लागि त फिल्मले भरपुर मनोरञ्जन दिन्छ। 

प्रकाशित मिति: मंगलबार, साउन ५, २०७८  ०७:०७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
पुष्पा थपलिया
थपलिया कला बिटमा रिपोर्टिङ गर्छिन्।
लेखकबाट थप
लोक गीतमा दुर्गेशले उब्जाएका प्रश्न
साउने हाइकमा जुका र झाडीसँग पौँठेजोरी [फोटोफिचर]
ठूलोबाट सानो पर्दामा झर्‍यो फिल्म, गुणस्तरको चिन्ता
सम्बन्धित सामग्री
चलचित्र ‘लालीबजार’ को प्रदर्शन तत्कालका लागि रोक्न अदालतको आदेश उच्च अदालत पाटनका न्यायाधीश प्रकाश ढुंगानाको एकल इजलासले यही २२ वैशाखसम्म प्रदर्शन रोक्न आदेश दिएको सूचना अधिकारी गोविन्दप्रसाद कोइर... मंगलबार, वैशाख १५, २०८३
चलचित्र ‘लालीबजार’ को प्रदर्शन रोक्न माग गर्दै उच्च अदालतमा रिट दायर अदालतका सूचना अधिकारी गोविन्दप्रसाद कोइरालाले रिट दर्ता भएको जानकारी दिए । अदालतले मंगलबारलाई यो मुद्दामा पेशी तोकेको छ । सोमबार, वैशाख १४, २०८३
बहुप्रतिक्षित चलचित्र ‘रामायण’को टिजर रिलिज नितेश तिवारीको निर्देशनमा बनिरहेको यस फिल्मको टिजरलाई लिएर प्रशंसकहरुले धेरै समयदेखि प्रतिक्षा गरिरहेका थिए । बिहीबार, चैत १९, २०८२
ताजा समाचारसबै
मन्त्रिपरिषद् बैठकमा डीडीसीका दूध, दहीदेखि चिजसम्मका परिकार मंगलबार, जेठ २६, २०८३
संसदबारे नयाँ रणनीति बनाउन छलफलमा विपक्षी दल, को-को छन् सहभागी ? मंगलबार, जेठ २६, २०८३
‘पार्टीको प्राथमिकता जनता जोड्ने हुनुपर्छ, नेता मिलाउने होइन’ : गगन थापा मंगलबार, जेठ २६, २०८३
१० बुँदे सम्झौता कार्यान्वयन माग गर्दै रास्वपा कार्यालय अगाडि जेन जेडको धर्ना र नाराबाजी मंगलबार, जेठ २६, २०८३
ग्लोबल आईएमई बैंकको अगुवाइमा सुपर तमोर जलविद्युत आयोजनाका लागि १९ अर्ब रूपैयाँ वित्तीय व्यवस्थापनसम्बन्धी सम्झौता मंगलबार, जेठ २६, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
हर्कराज राईलाई ट्राफिक प्रहरीले गर्‍यो कारबाही सोमबार, जेठ २५, २०८३
महावीर पुन मन्त्री बन्दै मंगलबार, जेठ २६, २०८३
यि हुन् मन्त्रिपरिषद् बैठकका चार मुख्य निर्णयहरू मंगलबार, जेठ २६, २०८३
कांग्रेसले संसदमा किन गर्‍यो पाँच मिनेट माैनधारण ? मंगलबार, जेठ २६, २०८३
रास्वपा सभापतिले बोलाएको सर्वदलीय बैठकमा ओली, प्रचण्ड, गगन र हर्क चारै नेता गएनन् सोमबार, जेठ २५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भीडले बनाएको नेतृत्व किन अन्ततः एक्लिन्छ ? सुरेश गिरी
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
आइतबारको सार्वजनिक बिदा हटाइने दाबीहरू निराधार रहेको सरकारको स्पष्टीकरण आइतबार, जेठ २४, २०८३
रड प्रहार गरी श्रीमतीको हत्या गर्ने 'नेपाली ब्रो' भनिने कुमार थापा पक्राउ शनिबार, जेठ २३, २०८३
ओमानलाई सजिलै हराउँदै फाइनलमा पुग्यो नेपाल आइतबार, जेठ २४, २०८३
हर्कराज राईलाई ट्राफिक प्रहरीले गर्‍यो कारबाही सोमबार, जेठ २५, २०८३
महावीर पुन मन्त्री बन्दै मंगलबार, जेठ २६, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्