• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज २९, २०८३ Thu, Oct 15, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

ऐतिहासिक बन्यो सिकागोको पहिलो नेपथ्य साँझ

64x64
नेपाल लाइभ मंगलबार, जेठ २७, २०८२  ११:२०
1140x725

सिकागो (अमेरिका) –घामको उज्यालो छँदै सेफिल्ड एभिन्यु वरपर चहलपहल सुरु भइसकेको थियो । भिक्टोरिया कालखण्डलगत्तै सन् १९१२ को फ्रान्सेली पुनर्जागरण शैली बोकेर उभिएको ‘भिक (भिक्टोरिया) थिएटर’ बाहिर लामबद्ध दर्शक नेपाली लोकरक अनुभव गर्न व्यग्र देखिन्थे । जब ७ बजे ढोका खुल्यो उल्लासका साथ उनीहरू हलभित्र छिरे । ठीक ८ बजे चर्को आवाज र बत्तीको झिलिमिलीसहित सुरु भयो नेपथ्य कन्सर्ट ।

अर्केस्ट्राका हलहरूदेखि लिएर ब्रोडवेका थिएटरसम्म धुम मच्चाएको सिकागो आफैँमा कला र संस्कृति प्रस्तुतिका लागि विश्व प्रसिद्ध नाम हो । त्यसै सहरमा पहिलोपटक उभिएको नेपथ्यले कोशी नदीको कथा–व्यथा बोकेको डिल्ले दमाईंका सिर्जनालाई याद गर्दै साँझको थालनी गर्‍यो– ‘कोशीको पानी यो जिन्दगानी, सललल बहिजाने हाउ हजुर’ ।

04-Nepathya-performing-to-a-houseful-audience-in-Chicago.-Photo---Dipit-Raz---nepalaya-1749533700.jpg
नेपाली संगीतसँग परिचित आयरल्यान्ड मूलका डेनिस काभनाग पनि संजोगले हलभित्रै उपस्थित थिए । ‘परम्परागत नेपाली धुनहरू सुन्दै आएको हुँ,’ नेपाली साथीहरूले नेपथ्य कन्सर्टबारे जानकारी दिएपछि ब्राजिलियन गर्लफ्रेन्डका साथ आएका डेनिस भनिरहेका थिए, ‘यस ब्यान्डले यहाँ गाइरहेको भने विशुद्ध रक धुन हो, जसमा नेपाली लोक शैलीको मिठो समागम छ ।’

कन्सर्ट हेरेपछि आफूलाई नेपथ्य ब्यान्ड गजब लागेको सुनाए । यसले सिङ्गो हलमा उत्पन्न गर्ने ऊर्जाले झनै मोहित भएको उनको थप प्रतिक्रिया थियो । आफूले गायक अमृत गुरुङमा कता–कता अमेरिकी लोकगायक बब डिलनको झल्को भेटेको पनि डेनिसले उल्लेख गरे ।

यसपटक सात अमेरिकी सहरलाई लक्ष्य गरेर महिनादिन लामो यात्रामा निस्केको नेपथ्यले मे १७ मा टेक्सासको अस्टिनबाट शृंखलाको सुरुवात गरेको थियो । त्यसपछि सियाटल, लस एन्जलस, पिट्सबर्ग हुँदै पाँचौँ प्रस्तुतिका लागि नेपथ्य सिकागो आइपुगेको हो ।

03-Nepathya-performing-in-Chicago.-Photo---Dipit-Raz---nepalaya-1749533699.jpg

सिकागोमा नेपथ्यका सर्वकालीक हिट गीतहरूदेखि लिएर राष्ट्रिय गीतहरूसम्म प्रस्तुत गरिएका थिए । ब्यान्डले भर्खरै सार्वजनिक गीत ‘कर्नालीका छाइला’ पनि सुनाएको थियो ।

कन्सर्ट हेर्नेकै भीडमा छ घण्टा मोटर हाँकेर मिनेसोटा देखि आएका रामकुमार राई पनि थिए । उनै राम दुई वर्षअघि नेपथ्य कन्सर्ट हेर्न मिनेसोटाबाटै तीन घण्टाको विमान यात्रा गरेर क्यानाडाको टोरन्टो पनि पुगेका रहेछन् ।

‘मेरा बुवाले असाध्यै मन पराउने ब्यान्ड हो यो । घरमा थुप्रिएका नेपथ्यका क्यासेट चक्का सुन्दै हामी हुर्केका हौँ,’ मूलथलो इलामका राम भन्दै थिए, ‘यस ब्यान्डले संगीत मात्र नभई हाम्रो भाषा र पहिचानको प्रवर्धन गर्ने मुख्य उद्देश्य पनि बोकेकाले मलाई विशेष लाग्छ ।’
नेपथ्यले विश्वकै महत्त्वपूर्ण सहरहरूमा इज्जतिलो उपस्थिति जनाउने नेपाली ब्यान्डका रूपमा पनि आफूलाई विकास गरेकामा अत्यन्तै गर्व लागेको पनि उनले सुनाए ।

Ncell 2
Ncell 2
nimb
nimb

01-Nepathya-performing-to-a-packed-house-in-Chicago.-Photo---Dipit-Raz---nepalaya-1749533699.jpg
अर्का दर्शक राजेन गुरुङ कोलोराडोबाट चार घण्टाको विमान यात्रा गर्दै कन्सर्टकै निम्ति सिकागो आइपुगेका थिए । उक्त राज्यमा गत वर्ष नेपथ्य कन्सर्टको आयोजक रहँदा चित्तबुझ्दो पाराले रमाउन नपाएकैले यसपाला विशुद्ध दर्शकका रूपमा आनन्द लिन सिकागो आएको उनी बताइरहेका थिए ।

सिकागोमा प्रस्तुति दिने क्रममा गायक अमृतले नेपालको पर्यटकीय महत्त्व देखि लिएर सामाजिक न्याय अनि स्वदेशप्रति नयाँ पुस्ताको दायित्वजस्ता विषयमा धारणा पनि राखेका थिए । त्यस्ता क्षणमा दर्शकले हौसलाका साथ उनलाई साथ दिएको देखिन्थ्यो ।

आफूले भाषा नबुझे पनि अमेरिकामा रहेका नेपाली समुदायले आफ्नो पहिचानलाई कसरी माया गर्दो रहेछ भन्ने महसुस गर्ने मौका कन्सर्टमा पाएको वियतनामिज़ अमेरिकन सिड्नी फानले बताइन् । साथीसँग कन्सर्ट हेर्न आएकी उनले थपिन्, ‘हलका दर्शकको प्रतिक्रियाबाटै मैले मञ्चका कलाकारले पक्कै पनि प्रेम र शान्तिको गीत गाइरहेको हुनुपर्छ भनेर अनुमान लगाएकी थिएँ ।’

नेपथ्य कन्सर्टबाट प्रभावित घानाका ब्राइस डेनिस अन्साले भने आफू नेपाल घुम्न जाने मनस्थितिमा पुगेको सुनाइरहेका थिए । हलभित्र विभिन्न उमेर समूह अनि बेग्लाबेग्लै प्रकृतिका दर्शक थिए ।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

बेगनास ताल छेउका राम सुवेदी त अमेरिका आइपुगेका अभिभावकहरूलाई लिएरै कन्सर्टमा उपस्थित भएका थिए । बाआमालाई पनि रमाइलो होस् भनेर विस्कोन्सिनको मिलुवाकीदेखि एक घण्टा मोटर हाँकेर आएको उनले सुनाए । ‘दुई घण्टासम्म नेपथ्यको कन्सर्ट हेर्दा गाउँमै पुगेको महसुस गरेँ,’ सुवेदी भनिरहेका थिए ।

मञ्चमा मुख्य गायक तथा अगुवा अमृत गुरुङलाई ड्रमसेटमा ध्रुव लामा, बेस गितारमा सुविन शाक्य, गितारमा नीरज गुरुङ, मादलमा शान्ति रायमाझी र किबोर्डमा दिनेशराज रेग्मीले सघाएका थिए ।

कन्सर्टपछि हलबाट रमाउँदै बाहिरिएका दर्शकले गरेको प्रशंसाले स्थानीय आयोजक टिमका मनीष चौधरी प्रफुल्ल देखिन्थे । ‘सिकागोमा बस्ने नेपालीका निम्ति प्रस्तुतिको स्तर र सहभागिता दुबैको हिसाबले यो ऐतिहासिक आयोजना हुन पुग्यो’ मनीषको भनाइ थियो ।

नेपथ्य अब म्यासाचुसेट्स राज्यको राजधानी बोस्टन सहरतर्फ लाग्नेछ । यस सहरको ‘रोयल बोस्टन’ हलमा नेपथ्य जुन ११ मा प्रस्तुत हुनेछ । बोस्टनपछि नर्थ क्यारोलाइना राज्यको ग्रिन्सबोरो सहर पुग्नेछ । नेपथ्य पहिलोपटक प्रस्तुत हुन लागेको त्यस सहरको ‘पिडमोन्ट हल’ मा जुन १४ को साँझ यस वर्षको शृंखलाबद्ध अमेरिका यात्राकै अन्तिम प्रस्तुति हुनेछ ।

व्यवस्थापक, प्राविधिक र कलाकारसमेत गरेर १४ सदस्यीय नेपथ्य टोली अमेरिकाको यात्रामा छ । अमेरिकाका सबैजसो कन्सर्टमा दर्शकले अनलाइनबाट सोझै टिकट काट्न सक्ने प्रबन्ध मिलाइएको छ । त्यसका लागि नेपथ्यको आधिकारिक वेबसाइट nepathya.com.np मार्फत सिट सुरक्षित गर्न सकिन्छ ।

फोटोहरुः दिपित राज 

प्रकाशित मिति: मंगलबार, जेठ २७, २०८२  ११:२०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
भोटेकोशी बाढीपीडितलाई राहत : ४ हजारभन्दा बढी परिवारले पाए ४५ हजार
साउदी अरबका प्रस्तावित राजदूत सुनारको नाम संसदीय सुनुवाइ समितिबाट अस्वीकृत
मलेसियाका लागि प्रस्तावित राजदूत खरेलकाे नाम अस्वीकृत
सम्बन्धित सामग्री
‘सारथी’ को प्रोमो सार्वजनिक अभिनेत्री निरुता सिंहलाई फरक र गम्भीर अवतारमा प्रस्तुत गर्दै सिनेमा ‘सारथी’ को प्रोमो सार्वजनिक गरिएको छ । किम्भे प्रोडक्सनको आधिकार... मंगलबार, असोज २७, २०८३
विजय बराल भन्छन्– पाटेकरलाई एकपटक भेट्ने चाहना पूरा हुन पाएन अभिनेता नाना पाटेकरको निधनको खबर सुनेपछि नेपाली अभिनेता विजय बरालले आफू स्तब्ध भएको बताएका छन्। बिहीबार, असोज २२, २०८३
बलिउडमा एक युगको अन्त्य : पाटेकरको निधनमा सहकलाकार शोकमा भारतीय चलचित्रका चर्चित अभिनेता नाना पाटेकरको निधनपछि उनका सहकलाकार तथा बलिउडका कलाकारहरूले दुःख व्यक्त गर्दै उनलाई असाधारण अभिनेता... बिहीबार, असोज २२, २०८३
ताजा समाचारसबै
भोटेकोशी बाढीपीडितलाई राहत : ४ हजारभन्दा बढी परिवारले पाए ४५ हजार बुधबार, असोज २८, २०८३
साउदी अरबका प्रस्तावित राजदूत सुनारको नाम संसदीय सुनुवाइ समितिबाट अस्वीकृत बुधबार, असोज २८, २०८३
मलेसियाका लागि प्रस्तावित राजदूत खरेलकाे नाम अस्वीकृत बुधबार, असोज २८, २०८३
प्रधानमन्त्री बालेनकाे भारत भ्रमण तय बुधबार, असोज २८, २०८३
नेपालमा शंकास्पद रुपमा बसेका २४ दक्षिण कोरियाली नागरिक निष्काशित बुधबार, असोज २८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ? मंगलबार, असोज २७, २०८३
कांग्रेसको निर्वाचित महिला खुला सदस्य विरुद्ध अदालतमा मुद्धा परेपछि... मंगलबार, असोज २७, २०८३
राष्ट्रपतिबाट दुई अध्यादेश जारी मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्