काठमाडाैं- टोकियो ओलम्पिकमा सहभागी हुन जाने तयारीमा रहेकी एथलेटिक्स प्रशिक्षक इन्द्रकुमारी मल्ललाई कोरोना संक्रमण भएको छ।
नेपाल ओलम्पिक कमिटिले आइतबार विज्ञप्ति जारी गर्दै जापान प्रस्थान गर्नुअघि गरिएको पीसीआर परीक्षणमा उनकाे रिपाेर्ट पाेजिटिभ आएकाे जानकारी दिएकाे हाे।
अब मल्लको स्थानमा यसअघि लङलिस्टमा रहेका सन्तोष श्रेष्ठ टाेकियाे जाने छन्।
प्रशिक्षक मल्ल ओलम्पिक खेल्ने एथलेटिक्स खेलाडी सरस्वती चौधरीको प्रशिक्षक रहेकी थिइन्।
एथलेटिक्सका गोपीचन्द्र पार्कीको नाम ओलम्पिक जाने सूचिबाट हटेपछि चौधरीले सय मिटर दौडमा अवसर पाएकी थिइन्।
महिला खेलाडी जाने भएपछि ओलम्पिक कमिटीले मल्लको नाम प्रशिक्षकमा सिफारिस गरेको थियो।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।