काठमाडाैं- जापानको राजधानीमा आयाेजना हुने टाेकियाे ओलम्पिकमा भारतबाट सयभन्दा बढी खेलाडी सहभागी हुने भएका छन्।
२३ जुलाईबाट टोकियोमा सुरु हुने यस महाकुम्भमा बक्सर एमसी मेरी कोम र टेनिस स्टार सानिया मिर्जासहित १ सय २२ खेलाडी सहभागी हुन लागेका हुन्।
यस्तै, आर्चरीमा अतानु दास र दीपिका कुमारीले सहभागीता जनाउने भएका छन्। उनीहरु पति–पत्नी हुन्। अतानु र दीपिका उनीहरु एक वर्ष अघिमात्रै विवाह बन्धनमा बाँधिएका थिए।
उनीहरुले टोकियो ओलम्पिकमा जानुभन्दा केही दिनअघि मात्रै विश्वकपमा पहिलोपटक एकसाथ स्वर्ण जितेका थिए।
दीपिकाले तेस्रो र अतानुले दोस्रोपटक ओलम्पिक खेल्न लागेका हुन्। त्यस्तै, कुस्तीमा नाताले साली–भेना पर्ने विनेश फोगाट र बजरंग पुनिया सहभागी हुन लागेका छन्।
ओलम्पिक सुरु हुन ६ दिनमात्रै बाँकी छ। यस्तोमा विश्वभरका खेलाडीहरु ओलम्पिक पुगेर तयारीमा लागिसकेका छन्। यो प्रतियोगिता गतवर्ष हुने तय भएता पनि कोरोना महामारीका कारण यसवर्ष सरेको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।