टोकियो- टोकियो ओलम्पिकमा सहभागिता जनाउन जापान पुगेका युगान्डाका भारोत्तोलन खेलाडी फरार भएका छन्।
जापानी अधिकारीहरूका अनुसार ओसानजिक ट्रेनिङ क्याम्पमा रहेका २० वर्षीय जुलियुस सेकितोलेको एक सातादेखि हराइरहेका छन्।
काेराेना परीक्षणमा सहभागी नभएपछि अधिकारीहरु उनकाे होटलमा पुगेका थिए। तर, उनी हाेटेलकाे कोठामा नभेटिएकाे बताइएकाे छ।
महामारी फैलिरहेका बेला उनी गायब भएपछि जापान सरकार तनावमा रहेकाे छ। सरकारले शुक्रबार काेराेना भाइरसविरुद्धको नियम उल्लंघन गर्नेमाथि अनुसन्धान गर्न आयोजकलाई निर्देशन दिइसकेको छ ।
युगान्डाको भारोत्तोलन संघका अध्यक्ष सलिम मुसोकेले जुलिअसका अनुसार उनी प्रतियोगितामा सहभागी हुन अयोग्य रहेपछि केही दिनमा नै फर्कने तयारीमा थिए।
उनलाई उद्घाटन समारोह अघि नै स्वदेश फर्काउने तयारी भइरहेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।