काठमाडौं- शनिबारका मुख्य घटनाक्रमसहितको नेपाल लाइभ समाचारका शीर्षकहरू:
१) फुटको औपचारिक घोषणा हुन मात्र बाँकी जसपाभित्रको समीकरणमा नयाँ विकासक्रम, महन्थ–राजेन्द्र पक्षका पाँचजना सांसदहरु खेमा परिवर्तन गरेर बाबुाराम–उपेन्द्र पक्षमा
२) नेकपा एमालेको विघटित एकता कार्यदलको बैठकले गर्यो आफ्नो तर्फबाट एकता कायम राख्न निरन्तर संवाद गर्ने सहमति, १० बुँदे सहमति कार्यान्वयन गर्दै एकता अघि बढाउने निष्कर्षमा पुगेको दाबी
३)नेकपा माओवादी केन्द्र प्रदेश २ सरकारमा सहभागी, शनिबार माओवादी केन्द्रका दुई जना मन्त्रीले लिए शपथ, आन्तरिक मामिला तथा सञ्चारमन्त्रीमा भरत सा र राज्यमन्त्रीमा रुवि कर्ण
४) अफगान शान्ति मध्यस्थकर्ता टोली र तालीवानी प्रतिनिधीबीच कतारको दोहामा भेटवार्ता, द्वन्द्व रोक्ने विषयमा सकारात्मक छलफल भएको टोलीका प्रवक्ता अब्दुल्लाह अब्दुललाहको दाबी
५) र, २३ जुलाईदेखि जापानमा आयोजना हुने टोकियो ओलम्पिकमा राखेपका उपाध्यक्ष शिव कोइराला सहभागी नहुने, एथलेटिक्सका गोपीचन्द्र पार्की प्रकरण र ओलम्पिकमा सहभागी हुने पदाधिकारीलगायतको विषयमा असन्तुष्टि
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।