• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, जेठ १९, २०८३ Tue, Jun 2, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विचार

गणेशमानका केपी, महन्थका केपी र अनुत्तरित प्रश्न

64x64
मिलन बगाले आइतबार, साउन ३, २०७८  ०९:०७
1140x725

आदरणीय महन्थ ठाकुरजी,
नमस्कार

तपाईं आरामै हुनुहोला। तर, तपाईंको पार्टीलाई आराम छैन। पार्टी विभाजन गरिदिन दुवै समूह (तपाईं र उपेन्द्र यादव समूह) ले निर्वाचन आयोगलाई अनुरोध गरिसकेको छ। तपाईंहरुको माग बमोजिम गरिदिन निर्वाचन आयोग तारतम्य मिलाउँदैछ।

तपाईंहरु पार्टी मिलाउने मामिलामा परिपक्व नदेखिए पनि विभाजन गर्ने मामिलामा परिपक्व देखिनुभयो। खोसाखोस गर्नुभएन। एक अर्कालाई धेरै गालीगलौज पनि गर्नुभएन। दुवै पक्षले अलिअलि स्पष्टीकरण र कारबाही गरेजस्तो गर्नुभयो। बेलैमा थाक्नुभयो। ‘संगै बस्न सकिएन, कागज हेरेर मिलाएर छुट्याइदिनू’ भन्नुभयो। ठीक गर्नुभयो। तर, यस्तो अवस्था कसले र किन ल्यायो, त्योचाहिँ पक्कै मनमनै समीक्षा गर्नुभएकै होला।

तत्कालीन प्रधानमन्त्री केपी ओलीका खास मान्छेहरुले ११ वैशाख २०७७ मा संघीय समाजवादी पार्टीका सांसद डा. सुरेन्द्र यादवलाई रातारात ‘उठाएर’ जनकपुरबाट काठमाडौं ल्याए भनेर सबैतिर हल्लाखल्ला भयो। उजुरीको प्रयास पनि भयो। ओलीले ‘पार्टी विभाजन गर्ने विधेयक’को तारतम्य समेत मिलाइदिए। तर, राष्ट्रिय जनता पार्टी र संघीय समाजवादी पार्टीलाई रातारात एक गराएर गजबको ‘सरप्राइज’ दिनुभयो।

ओलीलाई सदाबहार मधेश विरोधी मान्नुभयो। संसद विघटनपछि प्रतिगामी पनि मान्नुभयो। विरोधमै उत्रिनुभयो। पछि के जादूका प्रतापले हो, उहाँलाई सहयोग गर्नका आफ्नो राजनीतिक निष्ठा र पार्टी दुवै विर्सजन गर्न तयार हुनुभयो? आफ्ना सांसदलाई भक्तपुरको रिसोर्टमा थुन्दा तपाईंले आफ्नो लोकतन्त्रप्रतिको सदाबहार निष्ठालाई पनि थुन्नुभयो। आफैँ प्रतिगमन भन्ने, आफैँ त्यही सरकारलाई सघाउन जाने। एकबारको जिन्दगीमा राजनीतिक निष्ठा र तपाईंको कदमको तारतम्य मिलेकै हो र महन्थजी? आत्मसमीक्षा गर्नुभएकै होला। नगर्नुभएको भए गर्नुहोला।

जस्तो नाम उस्तै व्यक्तित्व। तपाईं शालीन र शिष्ट सुनिनुहुन्छ। मसिनो स्वरले थोरै बोल्नुहुन्छ। गाली गर्दा पनि गाली खाएको महसुस नहुने गरि बोल्नुहुन्छ। सुविधाभोगी भएको, आर्थिक घोटाला गरेको, पदको दुरुप्रयोग गरेको, दादागिरी गरेको, धाकधम्की देखाएको खबर कहिल्यै कतै आएन।

२०४८ सालदेखि लामो समय सत्ताको नजिक रहनुभयो। सत्तामा रहँदा होस् या बाहिर, तपाईंको शालीन छवि सधैं कायम छ। तर। त्यो शालीनताभित्र केही रहस्य लुकेका छन्। तपाईंलाई पढ्नै गाह्रो छ। पत्याउनै गाह्रो छ।

विद्रोहीसँग वार्ता गर्न सरकारले मन्त्रीको हैसियतमा वार्ता समितिको संयोजक बनाउँछ। उही संयोजक विद्रोहीसँग मिसिन जान्छ र उतैको संयोजक हुन्छ। जसलाई प्रतिगमन भन्नुहुन्छ, उसैको हिस्सा बन्न राजीखुशी तयार हुनुहुन्छ। संसदबाट विधेयक पास गरेर अधिकार लिने बाटो बन्द गरेर अध्यादेशको चमत्कारमा रमाउनुहुन्छ। लौ न त आफै प्रधानमन्त्री बन्नुस् भन्दा आफैंले प्रतिगामी भनेको मान्छेलाई अघि सारेर दिलोज्यानले सघाउनुहुन्छ। राति १२ बजे राष्ट्रपति कार्यालयमा प्रतिगमनलाई सघाउने मिटिङमा छलफल गर्न जानुहुन्छ, अनि चिया खान मात्र गएको हो भन्नुहुन्छ। यस्तो छलछाम किन गर्नुहुन्छ महन्थजी?

nimb
nimb
Ncell 2
Ncell 2

अचेल धेरै नेता सामाजिक सञ्जालमा सक्रिय देखिनुहुन्छ। कति जना आफ्नै बलबुताले सक्रिय हुनुहुन्छ भने, कतिपय परिवारका सदस्य वा निजी सचिवको सहयोगमा। उहाँहरु हरेक भेटघाट र गतिविधिलाई छिनछिनै पोष्ट गर्नुहुन्छ। समसामयिक राजनीतिबारे आफ्ना विचार राख्नुहुन्छ। पार्टीको माइन्यूटदेखि अरु जानकारी तात्तातै दिनुहुन्छ। केही नेता त सामाजिक सञ्जालमा निकै चर्को देखिनुहुन्छ। लड्ने, भिड्ने, मन नपर्नेलाई ब्लक गर्ने गर्नुहुन्छ।

लौ न त आफै प्रधानमन्त्री बन्नुस् भन्दा आफैंले प्रतिगामी भनेको मान्छेलाई अघि सारेर दिलोज्यानले सघाउनुहुन्छ। राति १२ बजे राष्ट्रपति कार्यालयमा प्रतिगमनलाई सघाउने मिटिङमा छलफल गर्न जानुहुन्छ, अनि चिया खान मात्र गएको हो भन्नुहुन्छ। यस्तो छलछाम किन गर्नुहुन्छ महन्थजी?

फेसबुकमा तपाईंको नामको एउटा खाता खुलेको रहेछ, जसमा ६००० जनाले लाइक गरेका रहेछन्। फेसबुक खाता पनि तपाईंजस्तै शान्त र लगभग निस्क्रिय देखियो। राजनीतिक भेटघाटका, तर विना क्याप्सनका तस्वीर छन्। पार्टीका निर्णयहरु स्क्यान गरेर राखिएको छ, तीनमा पनि क्याप्सन छैन। करिब दुई महिना (मे, २०, २०२१) पुरानो एउटा पोष्टमा लेखिएको छ, ‘जसपा नेपालको माग बमोजिम आज बसेको मन्त्रीपरिषद् बैठकले जन्मसिद्ध प्राप्त नागरिकको सन्तानलाई वंशज नागरिकता दिने निर्णय गरेको छ। नेपाल सरकारलाई धन्यवादको साथै करीब ५.५ लाख युवा अनागरिकबाट नागरिक बन्ने अवसर प्राप्त गरेकोमा हार्दिक बधाई!!’

आफ्नो मागलाई यस्तो गलत तरिकाले पूरा गर्ने रहर गरेर तपाईंले ठीक गर्नुभएन। संसदबाट विधेयक पास गराएर ‘अनागरिक बन्न विवश’ नागरिकलाई न्याय दिलाउन प्रयास पो गर्नुपथ्र्यो। ‘विगतमा धेरै प्रयास गरियो, तर उपाय नलागेर अध्यादेशको सहारा लिएको’ भन्नुहोला। ‘नागरिकता भनेको रानीको जन्मदिनको चकलेट होइन’ भन्दै तपाईंहरुतिरै फर्केर हप्कीदप्की गर्ने व्यक्तिले पास हुने अध्यादेश पेस गरेका हुन् भनेर कसरी पत्याउनुभयो खै? त्यो अध्यादेशलाई कसैले पत्याएको थिएन। पास नहुने पहिल्यै निश्चित भएपछि जे अध्यादेश बनाइदिए पनि भयो।

तपाईंको पार्टी सम्मिलित सरकारले गिटी–बालुवा बेचेर देशलाई धनी बनाउने उपाय निकाल्यो।  बजेट घोषणामा उक्त विषय सगर्व सुनायो। जे अपव्याख्या गरिए पनि त्यो योजनाभित्र चुरेलाई धूलोपिठो पारेर मधेशलाई मरुभूमि बनाउने षडयन्त्र घुलेको थियो। यस्तो गलत निर्णय गर्दा पनि तपाईं केही बोल्नुभएन। प्रधानमन्त्री ओलीले मन्त्री नै मन्त्रीको थुप्रो लगाइदिएपछि सबैथोक पुग्यो भनेझैं गर्नुभयो। एउटै जिल्लाका दुई उपप्रधानमन्त्री पाउनु ठूलो उपलब्धी कि चुरे बाँच्नु ठूलो उपलब्धी? मतदाताले यस्तो प्रश्न सोध्दा के जवाफ दिनुहुन्छ महन्थजी?

यसपालि तपाईंले प्रधानमन्त्री बन्ने मौका पाउनुभएको थियो, तर ‘खान्न’ भन्नुभयो। सवाल कृपाको थिएन, स्वतः सिद्ध अधिकार थियो। कसैले चाहेर पनि तपाईंलाई रोक्नसक्ने अवस्था थिएन। आम नागरिकको नजरमा तपाईं सर्वस्वीकार्य हुनुहुन्थ्यो। दिनभर जे बार्गेनिङ चलेपनि अन्तिम समयमा तपाईंलाई मान्न विपक्षी गठबन्धन तयार भएको समाचार सर्वत्र छाएको थियो।

तपाईं मान्दै मान्नुभएन उल्टो ओलीका लागि सांसद थुन्ने तारतम्यतिर लाग्नुभयो भन्ने समाचार आए। गणेशमानजीले त प्रधानमन्त्री पदमा इच्छा छैन भनेर कृष्णप्रसाद भट्टराईलाई अघि सार्नुभएको थियो। आफूले प्रधानमन्त्री पद नलिएर कृष्णप्रसादजीलाई सार्दा गणेशमानजीको व्यक्तित्व कति उचो भयो, तपाईंले जति राम्ररी कसले बुझेको होला र? तपाईंले त एकपछि अर्को असंवैधानिक र निरंकुश कदम चालिरहेका तथा आफैंले प्रतिगामी मानेका केपी ओलीलाई पो अघि सार्नुभयो। यसो गर्दा गणेशमानजीलाई झलक्क सम्झनुभएन? ओलीले पार्टी फोरिदेलान् भन्ने डरले एक भएको पार्टी पछि त उनकै रक्षाका लागि फुटको डिलमा पुग्यो। यो राम्रो भयो र महन्थजी?

संसदबाट विधेयक पास गरेर आफ्ना माग पूरा गराउनतिर हैन, अध्यादेशको चमत्कारमा विश्वास गर्नुभयो। लोकतान्त्रिक पार्टी सत्ताको झिनाझप्टीमा फुट्नु ‘लोकतन्त्रको स्वास्थ्य’का लागि हानिकारक छ। तपाईं प्रधानमन्त्री बन्नुभएको भए लोकतान्त्रिक दलहरु बलिया हुन्थे। जसपा र एमालेमा विग्रह आउने थिएन। आफ्नै प्रधानमन्त्रीलाई विश्वासको मत नदिने, अनुपस्थित हुने, अदालतमा उजुर हाल्ने जस्ता अप्ठेरा घटना हुने थिएनन्। तपाईंले सहयोग नगरेपछि ओलीको निरंकुशतालाई तह लगाउन कोही न कोही अघि सर्नु नै थियो, माधवजीहरु सर्नुभो। राम्रो भयो। तपाईंले स्वभाविक बाटो हिड्ने रहर गर्नुभएको भए तपाईंका माग संसदमार्फत नै पूरा हुन्थे। प्रधानमन्त्री पदमा पहिलोपटक मधेशबाट प्रतिनिधित्व भएको इतिहास लेखिन्थ्यो। नयाँ प्रधानमन्त्रीसंग केही नयाँ आश गर्न पाईन्थ्यो। धारा ७६(५) को ‘ब्रम्हास्त्र’ पनि प्रयोग गर्नुपर्ने थिएन।

जिम्मेवार मान्छे अप्ठेरो समयमा जिम्मेवारीबाट भाग्नु गलत हो। त्यसलाई त्याग भनिदैन। जसलाई मधेशविरोधीको ट्याग भिराउनुभयो, उसैलाई प्रधानमन्त्रीमा टिकाउन मरिहत्ते गर्नुभयो। टिकाउन पनि सक्नुभएन। तपाईंले यसो किन गर्नुभयो? यो प्रश्न तपाईंलाई धेरैले सोधिसके होलान्।

तपाईंको लोकतन्त्रप्रतिको निष्ठा किन यसरी कमजोर भयो? नागरिकताको विषय सल्टाउनका लागि पास नहुने सुनिश्चितता भएको अध्यादेशको सहारा किन लिनुभो? प्रधानमन्त्री पदमा मधेशबाट प्रतिनिधित्व गर्ने मौका किन फालिदिनुभयो? यो प्रश्नको चित्तबुझ्दो जवाफको प्रतिक्षा छ। मेसो मिलेमा कोही पत्रकारले अन्तरवार्ताका क्रममा तपाईंलाई यी प्रश्न सोधिदिए पनि हुन्छ।

प्रकाशित मिति: आइतबार, साउन ३, २०७८  ०९:०७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
मिलन बगाले
लेखकबाट थप
कसम गीताको, काम मुसाको
‘राष्ट्रवाद’को खोल र संसद्‍बाहिरको अर्थहीन बहस
विचलनको ‘साझा रहर’
सम्बन्धित सामग्री
भीडले बनाएको नेतृत्व किन अन्ततः एक्लिन्छ ? मैले यो कुरा दुई फरक सन्दर्भमा देखेको छु  पाकिस्तानमा इमरान खानको उदय र पतनमा, र नेपालमा बालेन शाहको उदयमा। उनीहरूको परिस्थिति फरक थ... मंगलबार, जेठ १९, २०८३
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी आज नियामक निकायहरू नियमनभन्दा बढी ‘अति–नियामक’ जस्ता देखिएका छन्। तिनलाई देशको वास्तविक आवश्यकता र व्यवसायमैत्री वातावरणअनुसार पुनर्... शुक्रबार, चैत २७, २०८२
न बदलिएको समाज उज्यालो नेपालको कुरा नगरेको भनेर प्रश्न उठ्न सक्छ। यदि साँच्चै राजनीतिमा आउन चाहनुहुन्छ भने, आजै जिम्मेवारीबाट राजीनामा दिएर आउनुपर्... आइतबार, पुस १३, २०८२
ताजा समाचारसबै
रास्वपाले भन्यो : सीमाबारे प्रधानमन्त्रीको अभिव्यक्तिले नेपाललाई अझ बलियो बनायो मंगलबार, जेठ १९, २०८३
रवि लामिछानेले भेटे भारतीय विदेशमन्त्री एस जयशंकरलाई मंगलबार, जेठ १९, २०८३
नेपाल–भारत सीमा विवाद द्विपक्षीय संयन्त्रबाट समाधान गर्ने भारतको स्पष्टीकरण मंगलबार, जेठ १९, २०८३
नयाँ पार्टी बनाउने विषयमा दुर्गा प्रसाईं र धलशमशेरबिच छलफल मंगलबार, जेठ १९, २०८३
वीरगञ्ज महानगरका प्रमुख राजेशमान सिंहसँग अदालतले माग्यो ४ लाख १५ हजार रुपैयाँ धरौटी मंगलबार, जेठ १९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
सन्दीप, दीपेन्द्र र कुशल लंका प्रिमियर लिगमा अनुबन्धित सोमबार, जेठ १८, २०८३
संसदमा अमर्यादित र आपत्तिजनक व्यवहार गरेको भन्दै छानबिन गर्न समिति गठन सोमबार, जेठ १८, २०८३
एक खेल अगावै नेपाल एसियन गेम्समा छनोट मंगलबार, जेठ १९, २०८३
काँग्रेस संसदीय दलका नेता तथा सुदूरपश्चिमका मुख्यमन्त्रीलाई दलको नेताबाट हटाउन अविश्वास प्रस्ताव दर्ता मंगलबार, जेठ १९, २०८३
भीडले बनाएको नेतृत्व किन अन्ततः एक्लिन्छ ? मंगलबार, जेठ १९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भीडले बनाएको नेतृत्व किन अन्ततः एक्लिन्छ ? सुरेश गिरी
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
कर्मचारीको तलब २१ प्रतिशतले वृद्धि शुक्रबार, जेठ १५, २०८३
एमएमएमा रवीन्द्रको ऐतिहासिक जित, रोड टु यूएफसीको सेमिफाइनलमा बिहीबार, जेठ १४, २०८३
अमेरिकाले इरानलाई पठायो सम्झौताको सुरुवाती ड्राफ्ट बुधबार, जेठ १३, २०८३
अर्थमन्त्रीले पनि भने– सबैले इन्डक्सन चुलो बाल्ने र इलेक्ट्रिक गाडी चढ्ने हो भने देशभर विस्फोट हुन्छ आइतबार, जेठ १७, २०८३
सन्दीप, दीपेन्द्र र कुशल लंका प्रिमियर लिगमा अनुबन्धित सोमबार, जेठ १८, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्