म्याड्रिड– इस्कोको दुई गोलको सहयोगले रियल म्याड्रिडले आफ्नो घरेलु मैदान बेर्नाबेउमा सिजनको पहिलो जित दर्ता गराएको छ। इस्प्यान्योलविरुद्ध घरेलु मैदानमा भएको खेलमा म्याड्रिड २–० ले विजयी भयो।
डिफेन्डिङ च्याम्पियन म्याड्रिडलाई सिजनको पहिलो घरेलु जित निकाल्न इस्कोले ३० र ७१ मिनेटमा गोल गरेका थिए। रियलले अघिल्लो तीन खेल घरमा जित्न नसकेको अवस्थामा आइतबार राती पहिलो जित सम्भव बनायो। अहिले म्याड्रिड ७ खेलमा १४ अंक बटुल्दै अंक तालिकाको पाँचौ स्थानमा छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।