काठमाडौं- स्याङ्जा जिल्ला लगायत आसपासका क्षेत्रमा पछिल्लो ६ घण्टा भारी वर्षा भएको जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ।
भारी वर्षाका कारण सो क्षेत्र भई बहने साना खोलाहरुमा आकस्मिक बहाब हुन सक्ने सम्भावना रहेकाले दिउँसोसम्मै सतर्क रहन महाशाखाले अनुरोध गरेको छ।
देशभर मनसुनी वायुको प्रभाव रहँदा गण्डकी प्रदेशका धेरै स्थानहरुमा साथै प्रदेश नं १, प्रदेश नं २, बागमती प्रदेश तथा लुम्बिनी प्रदेशका थोरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षा भइरहेको मौसम पूर्वानुमा महाशाखाले जनाएको छ।
आज देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। सुदुरपश्चिम, लुम्बिनी, गण्डकी, बागमती, प्रदेश २ तथा प्रदेश १ का थोरै स्थानहरुमा मेघगर्जन/चट्याङ्ग सहित भारी वर्षाको सम्भावना रहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।