• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, वैशाख २, २०८३ Wed, Apr 15, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
संगीत

ऐतिहासिक त्यो रेडियो र भोजपुरे गीत-सङ्गीत

64x64
बुलु मुकारुङ शनिबार, साउन २, २०७८  १९:२३
1140x725

भोजपुर भन्ने बित्तिकै २००७ सालको क्रान्ति र परिवर्तनको पर्याय शब्द जस्तै सुनिन्छ। यस लेखमा म त्यस क्रान्ति, परिवर्तन वा योद्धाहरूबारे लेखिरहेको छैन। तर, गीत–सङ्गीतबारे लेख्दा पनि राणाविरोधी क्रान्तिलाई सम्झनै पर्छ।

२००७ मङ्सिर २४ गते शनिबारको दिन सदाझैं साप्ताहिक हाट लागिरहेकै थियो। बजार भर्नेहरू आ–आफ्नै धुनमा खरिद–बिक्रीमा ब्यस्त थिए। केही भने धामी–झाँक्रीको नाटक मञ्चन गरिरहेका थिए। त्यही बेला नारदमुनि थुलुङ र रामप्रसाद राईको नेतृत्वमा श्रीपाल राई, दानबहादुर श्रेष्ठ, हापु गुरुङ आदि सम्मिलित मुक्तिसेनाले भोजपुरमा रहेको आकाशवाणी केन्द्र र भोजपुर सदरमुकाम कब्जा गरे। शिक्षकद्वय जयन्द्रबहादुर थपलिया र पदम राईले  आकाशवाणबाट ‘यो मुक्तिसेनाको आवाज हो’ भन्ने उद्घोष गरे। जहानिया राणा शासनविरुद्धको पहिलो ‘रेडियो जनबोली’ नै त्यही थियो।

भोजपुरबाट सुरु रेडियो खबर मात्र नभइ गीत–सङ्गीत र गला–गायनको लागि स्वर्ण खुड्किला भयो। आज रेडियो नेपालले जुन तहसम्म सेवा, सूचना र सङ्गीत जनसमक्ष प्रस्तुति प्रार्थना गरिरहेको छ, त्यो हिजोको कमाइ थियो। भोजपुरबाट आरम्भ भएको रेडियो लगभग तीन महिनापछि २००७ माघ ११ गते विराटनगर पुग्यो विराटनगरमा तारिणीप्रसाद कोइरालाले त्यही आकाशवाणी सेट (ट्रान्स्मिटर) बाट रेडियो स्थापना गरे। अनि ‘यो  प्रजातन्त्र रेडियो हो’ भन्ने उद्घोष गरे। त्यहाँबाट नेपाली गीत गायनको कार्यक्रमसमेत प्रसारण हुन थालेका थिए।

भोजपुरले गरेको योगदानकै कारण नेपाली भूमिमा रेडियोद्वारा प्रसारित गीत–सङ्गीत जनताले सुन्न थालेको पाइन्छ। यसअघि नेपाली श्रोताले नेपाली सुरकर्मीका आवाज केवल डिष्क–रेकर्ड अर्थात् ग्रामोफोनबाट मात्र सुन्न सक्थे। गीत गाउनेहरु माष्टर मित्रसेन, मेलवादेवी, माष्टर सेतुराम आदि थिए। 

भोजपुरबाट शुरु रेडियो खबर मात्र नभइ गीत–सङ्गीत र गला–गायनको लागि स्वर्ण खुड्किला भयो। आज रेडियो नेपालले जुन तहसम्म सेवा, सूचना र सङ्गीत जनसमक्ष प्रस्तुति प्रार्थना गरिरहेको छ, त्यो हिजोको कमाइ थियो।

दुई महिनासम्म विराटनगरबाट प्रजातन्त्र रेडियो नामले प्रसारित भयो र चैत १९ गते बन्द गरियो। राणा शासनको अन्त्यपछि राणा, कांग्रेस र राजाको त्रिपक्षीय सरकार बन्यो। विराटनगरको ट्रान्समिटर सिंहदरबार लगिएपछि २००७ चैत २० गते रेडियो नेपालको जन्म भयो, जुन संस्था अहिलेसम्म राज्यको आमुख सञ्चार माध्यम भएको छ। जहाँबाट हजारौं कलाकारको निष्पत्ति भएको मानिन्छ। 

‘यो रेडियो मुक्तिसेनाको हो’ भनेर उद्घोष गर्ने डा. पदम राई (हाल बेलायत) बुढ्यौलीमा छन्। शिक्षक जयन्द्र थपलिया इहलोकमा रहेनन्। ‘यो प्रजातन्त्र रेडियो हो’ भनि उद्घोष गर्ने राजेन्द्रप्रसाद, तारिणीप्रसादका योगदान अविष्मरणीय छ। यहीँबाट गायन आरम्भ गर्ने गायिका रानुदेवी (हाल अमेरिका) आफ्ना साङ्गीतिक निवृत्ति बिताइ रहेकी छन्। उनलाई साङ्गीतिक साथ दिने कालुराम मण्डल, हियालाल मण्डल इतिहासका अप्ठ्यारा पृष्ठमुनि पुरिए। यही साङ्गीतिक मेलो–मेसोलाई सम्याउनेहरू आज नेपाली आधुनिक सङ्गीतको विपुल चक्रपथमा आइपुगे। आज रेडियो नेपाल जुन अवस्था र स्थितिमा छ, त्यो हिजोको दुरुह, दारुण र रुग्ण गोरेटोबाटै अगाडि आएको हो। साँगुरो डोरेटोलाई सफा गर्दै आजको फराकिलो चौबाटोमा उभिएको हो। 

हराए लोकलय र लोकनाच 
गीत–सङ्गीतका विषय–सन्दर्भ उठान गर्दा भोजपुरको लोकलय तथा लोकनाच परम्परागत रूपमा आदिमकालदेखि चल्दै आएको देखिन्छ। जो सांस्कृतिक परम्परागत प्रचलनमा आधारित छ। लोकविश्वासका रूपमा पनि चल्दै आइरहेको देखिन्छ। जस्तैः खाँडो, श्लोक, सँगिनी, बालन, साकेवा–लाक् (चण्डी नाच), सेलो, हुर्रा, मारुनी, लाखे, बेठी, रत्यौली, तिज, देउसी, भैलो, गोठाले गीत आदि अनेकन् लोकलय अनि लोकनाचले भरिपूर्ण भोजपुर आज आधुनिक अतिक्रमणमा परेको छ। र भन्न थालिएको छ, पूर्वको कर्णाली। 

nimb
nimb
Ncell 2
Ncell 2

हाम्रा लोककला सम्पदा संस्कृतिहरू लोपोन्मुख अवस्थामा पुगेका छन्। बिहे बटुलोमा नाचिने दमाई नाच (जसलाई पैसा टिप्ने नाच पनि भनिन्थ्यो) लोप भइसकेको छ। खाँडो, मारुनी, सँगिनी, रत्यौली, बालन जस्ता लोकनाच पनि प्रायः प्रचलनबाट हराइसकेका छन्। जुम्बा, बेली, टेङ्गो, साम्बा, जुलु, पोल्का, बल, डिस्को आदि पाश्चात्य शैलीसँग मौलिक नेपालीपन साटिन थालेको देखिन्छ। 

खेतीपातिसँग सम्बन्धित बेठी लोकनाच तथा लय लोप भइसक्यो। सेलो, हुर्रा, लाखे, तिज, देउसी, भैलो प्रचलनमा अझै रहेका लोकनाच तथा लोकलय हुन्। यदाकदा गोठाले गीत वनकुञ्जमा गुञ्जिँदैछन् भने कतिपय गोठाले गीतभित्रकै केही लय, भाका समकालीन समाजबाट टाढा भइसके। हाक्पारे, लैबरी, ए होला ए होला अनि जुहारी गीत आदि महत्वपूर्ण लोकभाकाहरू विलुप्त भए। साकेवा लाक् (चण्डी नाच) अझै उभौली–उधौली चाडपर्वका बेला सामुहिक रूपमा गाउँदै नाच्दै गरेको देखिन्छ। 

लोकबाजा केही हराए, केही बज्दैछन् 
भोजपुरे भूगोलभित्र पाइने लोक तथा परम्परागत बाजा धेरै छन्। मादल, डम्फू, ढोल, ढ्याङग्रो, दमाहा, ट्याम्को, ढोलकी, आदि छालाले मोरेका ताल बाजा हुन्। बाँसुरी, मुरली, बिम्बिली, पिपिरी, सनाई, नरसिङ्गा, कर्नाल आदि हावाले फुकेर बजाइने शुषिर वाद्य हुन्। धातुका बाजामध्ये प्रचलित झ्याम्टा, झ्याली, टिन्चु, घण्टा, घण्टी, थाल, सिलिमी, मुर्चुङ्गा आदि छन्। यसैगरी सारङ्गी, एकतारे, टुङना, पिवचा तारका बाजा हुन्। पर्कसन समूहमा एलम्बर (बाँस साम्बाटुङ मादल), बिनायो आदि हुन्। कतिपय हिमाली भेडी गोठालाले बजाउने लोकबाजा हराइसके। त्यसको मारमा पिवाङ र तीनतारे टुङना प¥यो। फुकेर बजाउने बिम्बिली लोकबाजा लोप भइसकेकाले कतिपय मानिसलाई नाम पनि थाहा नहुन सक्छ। तान्त्रिक बाजा प्रायः हराइसक्यो। 

उल्लिखित लोक तथा परम्परागत बाजाहरू चाडपर्व, बिहेबारी, छेवर, न्वारान, बेठी आदि शुभकार्यमा प्रयोग गरिन्थ्यो। कुनैकुनै लोकबाजा ऋतुकालीन पनि थिए, कुनै सर्वकालिक बाजा। शंख धार्मिक सुख र दुःखका समयमा प्रयोग गरिने बाजा हो। पञ्चैबाजा समूह दर्जी–दमाई जातिले वादन गर्दै आए तापनि हिजोआज अन्य जातजातिले पनि समूह–समूह खडा गरी बजाउन थालेका छन्। यसबाट आय–आर्जन पनि हुन थालेको छ। सनाई वादन गर्दा विभिन्न राग, शैली वा पारा हुन्थ्यो। तर, अन्य जातजातिले वादन गर्दा ती सबै कासन पूरा गरेको देखिँदैन। जे भए पनि भोजपुरमा लोक परम्परागत र सांस्कृतिक बाजाहरू परिचित छन्। यिनको सम्बर्द्धनमा लाग्नुपर्ने हो। 

गोर्खाली सेनाले भित्र्यायो कर्खा
कर्खा गायन भोजपुरे भूमिको निष्पत्ति होइन। तथापि, भोजपुरमा कर्खा गायनले छपक्कै छोपेको देखिन्छ। तर, यो एउटा अस्पृष्य संस्कृति भएकाले कतिपय गीत–सङ्गीतको सन्दर्भमा ओझेलमा परेको छ। 

जब गोर्खाली सेनाको उपत्यका विजय यात्रा सुरु भयो, तब एकीकरण नभइ सकेका पूर्व नेपालतर्फ रातिराति शंख, नलीहाड वा बराठको सिंग फुकेर ध्वनि उराल्दै फेरी लगाउन थालियो।

कर्खा नेपालको मौलिक र मौखिक लोककाव्य गायनमा आधारित अभौतिक संस्कृति सम्पदा हो। गायनका माध्यमबाट ओकलिने वीरगाथा पनि हो। जसलाई नेपालका गन्धर्व जातिले प्राचीनकालदेखि नै गायन–वादनका माध्यमले लोक–परिवेशमा सुनाउँदै आएका छन्। प्रायः कर्खा वीर–वीराङ्गना, सम्मानित वा ऐतिहासिक व्यक्तित्वका जीवनवृत्तको स्तुति, प्रशंसा, वन्दना वा स्मरण पद्यशैलीमा गरिन्छ। यो युद्ध, घटना, वीरता, शूरता, उत्साह, साहस र उमङ्ग मात्र होइन दुःख, पीडा र विरह–वेदना अथवा परिहासपूर्ण वीरोचित भाव–भावनामा ओतप्रोत हुन्छ। 

भोजपुरमा कहिले कर्खा गायन प्रवेश र विस्तारण भयो? यो एउटा ठूलो र निरुपण नभएको प्रश्न पनि हो। किनकी गाउँघरमा घटना प्रधान कर्खा गन्धर्व लोकगलाद्वारा धेरै अघिदेखि सुनिँदै आएको हो। जब गोर्खाली सेनाको उपत्यका विजय यात्रा सुरु भयो, तब एकीकरण नभइ सकेका पूर्व नेपालतर्फ रातिराति शंख, नलीहाड वा बराठको सिंग फुकेर ध्वनि उराल्दै फेरी लगाउन थालियो। फेरी प्रचलनको माध्यमबाट सूचना सङ्कलन गरी के कस्तो अवस्था छ भनी बुझ्ने काम हुन थाल्यो। कर्खा गाउँदै दिनभरि र फेरी लगाउँदै रातिभरि भौगोलिक अवस्थितिको अध्ययन गर्ने क्रममा पूर्वी नेपालमा कर्खा गायन कला प्रवेश भएको देखिन्छ। 

भोजपुरमा गन्धर्व गीत–सङ्गीत 
कर्खा गायन गर्दै पूर्वतर्फ हिँड्दाहिँड्दै उपत्यका पश्चिम गोर्खा–गण्डकी प्रस्रवण क्षेत्र फर्किन नपाएका र नफर्केका गन्धर्व सङ्गीतकर्मी जाति पूर्वका ओल्लो किरात, माझकिरात र पल्लो किरात क्षेत्रमै बसोबास गर्न थालेको देखिन्छ। आज भोजपुर वा नेपालमा मात्र होइन विश्वमैं गन्धर्व सङ्गीत चर्चित छ। ‘रिङ्केबुङको राँगोलाई, चुङ्केबुङको चूलेसीले, ताप्लेजुङमा ताकेर, कालेबुङमा काटेर’ चर्चित लोकभाका गायक तथा कुशल सारङ्गी वादक सुरेश गन्धर्व (२००४) भोजपुरको माङदिङमा जन्मे–हुर्केका हुन्। उल्लिखित चर्चित लोकभाका अन्य कलाकारहरूले पनि गाएका छन्। 

यही क्रममा डम्बर गन्धर्व (२००३), बर्त गन्धर्व (२०४३), तेजेन्द्र गन्धर्व (२०४५), विनोद गन्धर्व ‘गाउँले’ (२०४९) आदिले लोकगायन परम्परागत संस्कृतिलाई अँगाली रहेका छन्। डम्बर गन्धर्वकै छोरी हुन् बर्त गन्धर्ब। बर्तले नेपालका बौद्धमार्गी आनीहरूलाई समेत सारङ्गी वादन प्रशिक्षण गरेका छिन्। त्यस्तै करिब एक वर्ष युरोपको नर्वेमा सारङ्गी र नेपाली लोकसङ्गीतको विस्तृतीकरण योगदान पुर्‍याएकी छिन्। तेजेन्द्र गन्धर्व २०६६ सालमा भएको पूर्वाञ्चलस्तरीय सारङ्गी वादन प्रतियोगितामा १६ जना स्पर्धीलाई पछि पार्दै प्रथम भएका थिए। उनी आधुनिक गायन प्रतियोगिता ‘भ्वाइस अफ नेपाल’ मा पनि उत्कृष्ट १० मा पर्न सफल भएका छन्। 

कतिपय दक्ष र कुशल सारङ्गी वादक तथा गायक गन्धर्वहरू भोजपुरबाट धनकुटा, धरान, मोरङ, झापा आदि स्थानमा बसाइसराइ गरेका छन्। उनीहरूले आफ्नो पुख्र्यौली पेसा गन्धर्व कर्खा सङ्गीतलाई नै अर्जाप्दै जीवन–यापन गरिरहेका छन्। सारङ्गी निर्माण र वादनतर्फ गन्धर्व जातिबाहेक पनि आकर्षित छन्। किशोरचन्द्र राई (छिनाम्खू), वसन्त मुकारुङ (अन्नपूर्ण), आदि कलाकार वादन तथा निर्माणमा लागेको देखिन्छ। 

भोजपुरबाट पलायन लोकलहर
धेरै सङ्गीत–सुरकर्मी भोजपुर छोडेर अन्यत्र लागेका छन्। धेरै मानिस मुग्लान् अर्थात् सीमापार पनि बसाइँ गएका छन्। २०१३ सालपछि क्रमिक रूपमा भोजपुरबाट बसाइसराइ भएको तथ्य देखिन्छ। को कति मानिस अन्य स्थानतर्फ लागे वा नेपालै छोडी सीमापार भए कुनै लेखोट नपाइए पनि यो क्रम हाससम्मै जारी छ। ‘फरियाँ ल्याइदेछन्, त्यो पनि राता झलल, त्यही पनि मन परेन भन्देउन भनन’ बोलको चर्चित लोकगीतको गायिका हीरादेवी वाइबा (१९९६) दार्जिलिङकी हुन्। 

उनका बाबु एमएस वाइबाको सङ्कलनमा गाइएको उक्त चर्चित लोकगीतको अन्तरामा ‘भोजपुरैको लाछामा डोरी किनेर ल्याइदेउन’ बाट पनि पुष्टि हुन्छ कि उनका बाबु भोजपुरबाट खर्साङ, दार्जीलिङ बसाइँ सरेका थिए। 

यसैगरी सिक्किम निवासी लोकगायक शिरीकुमार पाख्रिनका बाजे भोजपुरबाटै सिक्किम गएको कुरा उनैले लेखकलाई बताएका थिए। चर्चित गायक तथा वादक सुरेश गन्धर्व धरान, भक्तराम थापा भक्तपुर, डम्बर गन्धर्व सुनसरी आदि मात्र होइन धेरै सुविख्यात व्यक्ति पनि भोजपुर जिल्लाबाट विस्थापित भइसकेका छन्। 

भोजपुर अर्चना–वर्णन गीत
भोजपुरका चर्चित स्थान वा डाँडापाखा, खोलानाला, शक्तिपीठ, भञ्ज्याङ आदि धेरै गाउँठाउँका वर्णन गीत–सङ्गीतमा प्रशस्तै आएका छन्। जस्तै, ‘सुन्तलेको लेकलेक भाले जुरेली, मारी देउन कान्छा दाइ ल्याऊल्याऊ गुलेली’–रसिक–भोजपुरे, ‘हाम्रो घरबाट टेम्के डाँडा चुलिँदैचुलिँदै आकाशलाई छोएको देखिन्छ’–भोजपुरे–रसिक, उर्मिला भोजपुरे, इन्द्रनारायण आदि, ‘भोजपुरैको डबली बजार भरेर आइदेउन बजारबाट लाछामा डोरी किनेर ल्याइदेउन, फरिया ल्याइदेछन् त्यो पनि राता झालल’–स्वर हीरादेवी वाइबा, ‘पानी भर्दा पँधेरीमा झिम्क्याएथ्यौ आँखा, सानी तिमीले बुझिनछौ मायालु त्यो भाका भोजपुर बजारमा’–स्वर सुरेन्द्र राई र मणि राई, ‘लहै माया नमार घम्दै आउनु भोजपुर बजार’–स्वर पुरञ्जन राई, गीत–सङ्गीत बुलु मुकारुङ, (रेकर्ड : बी एफ बी एस हङकङ, सन् १९८६), आदि धेरै गीतले भोजपुरबारे वर्णन गरेका छन्। 

यसैगरी ‘टेम्के रानी वनमा काफल टिपेका थियौं’–गीत भरी राई, स्वर मीना दाहाल (२०३३ फागुन २१ रेडियो नेपालमा रेकर्ड), ‘इतिहासले सँधैसँधै सम्झिरहने नाउँ, थरीथरीका संस्कृति र भाषा अटेको ठाउँ–भोजपुर हो यो भोजपुर’–गीत श्याम तमोट, सङ्गीत बुलु मुकारुङ, स्वर भीषण मुकारुङ, एपी शेर्पा, आभा मुकारुङ, कला राई,(वृत्तचित्र : भोजपुर दर्पण–२०६५ का लागि निषाद स्टुडियोमा रेकर्ड भएको गीत), ‘कहाँ जाने पिखुवा खोला, हैन हैन साँचो बोल ढाँटे के पो होला’–स्वर नरेन्द्रजङ बस्नेत, उषाकिरण अधिकारी आदि छन्। 

यसैगरी ‘पिखुवा खोला बगेझैं मन बग्यो मन बग्यो’–स्वर रीमा गुरुङ, गीत गंगाराज मुकारुङ, सङ्गीत वसन्त मुकारुङ, ‘भोजपुरैको बजारैमा शनिबारे हाट’–गीत अमर बान्तु (२०२३), स्वर राजेशपायल राई, सङ्गीत शान्तिराम राई, ‘दिल्पा दावा जोड्दै बग्छ याङटाङ सुसेलिँदै’–गीत अमर बान्तु। स्वर भीषण मुकारुङ, सङ्गीत पारस मुकारुङ आदि गीतहरूमा अनेकन् गीतमा भोजपुरको सुन्दरता, वीरता र चेतना वा महिमा वर्णन् गरेको पाइन्छ। भोजपुरको नाममा लोकगीतका एल्बम पनि प्रकाशित भएका छन्। जस्तैः ‘भोजपुरको सेरोफेरो’–सुजता केसी, ‘भोजपुरे कोसेली’ आदि हुन्। 

भोजपुरे गायक–गायिका
जसरी भोजपुरबाट नेपालकै रेडियो प्रविधिको सुरुआत भयो त्यसैगरी गीत–सङ्गीत र गायनमा पनि भोजपुरे कलाकारहरूको महत्वपूर्ण योगदान छ। भोजपुर बजारकै गायिका मालती अकेलीले २०१३ सालमा राजा महेन्द्रको पूर्वाञ्चल भ्रमणका बेला गीत सुनाएकी थिइन्। उनको स्वर र गायकीको परख गरी राजाले रेडियो नेपालमा ‘जागिरे कलाकार’ बनाएका थिए। 

गायिका अकेली स्वयम् हर्मोनियम वादन गरी भोजपुरको एक कार्यक्रममा गीत गाएको यो लेखकले २०३० सालमा देखेको हो। त्यतिबेला उनी काठमाडौंमा टिक्न नसकी भोजपुर फर्केकी थिइन्। उनले गाएको चर्चित लोकगीत ‘घाँसै काट्नु छिर्लिङ्गे खुर्पैले मायालु बैनी ए बैनी बैनीकै सुर्तैले’ हो। उनको औपचारिक नाम पुतली दमिनी भए तापनि उनलाई  ‘महालता’ उपाधि दिइएको थियो। भोजपुरबाट रेडियो नेपाल आएर २०१३ सालमै गीत गाउन सफल मालती अकेली जीवनको उत्तराद्र्ध धरानमा बितेको थियो।

जसरी भोजपुरबाट नेपालकै रेडियो प्रविधिको सुरुआत भयो त्यसैगरी गीत–सङ्गीत र गायनमा पनि भोजपुरे कलाकारहरूको महत्वपूर्ण योगदान छ।

नेपाली लोक तथा आधुनिक सङ्गीतको मूलप्रवाहमा देखिएका भोजपुरे सुरकर्मीहरूमा लोकगायक पूर्णबहादुर ब्लोन (१९९७, बोक्खिम), गायक, सङ्गीतकार तथा लेखक हिरण्य भोजपुरे (१९९९, देउराली), गायिका तथा पूर्व सचिव उर्मिला श्रेष्ठ (२०००), लेखक, गायक तथा सङ्गीतकार गणेश रसिक (२००४, छिनामखु–५), सङ्गीतकार तथा शिक्षाविद एकराज राई (२००५, दिल्पा), लोकगायक भक्तराम थापा (२००६, कुलुङ), गायक गंगा बरदान (२००९, दिङ्ला), गायक, सङ्गीतकार तथा लेखक बुलु मुकारुङ (२०१६, दिल्पा), लोकगायिका सुजता केसी (२०१६, कुलुङ), ढुण्डिराज अधिकारी (२०१८, चरम्बी), रनु राई (२०१८, अन्नपूर्ण), फराडेण्डी शेर्पा (२०२९, दोभाने), राम गजमेर (अन्नपूर्ण), दिनेश बान्तवा (नागी), ज्वाला राई, दिपा राई आदि धेरै कलाकार छन्। 

इतिहास तथा साहित्यतर्फ ज्ञानमणि नेपाल, परशु प्रधान, दैवज्ञराज न्यौपाने, कृष्ण जोशी, शैलेन्द्र साकार, प्रदीप नेपाल, डीक बान्तवा, एस्पी कोइराला, भूपाल राई, श्रवण मुकारुङ, हरि मञ्जुश्री, विप्लव ढकाल, शशी लुमुम्बु, जीवनाथ अधिकारी, गंगाराज मुकारुङ, शुभ मुकारुङ (अध्यक्ष गीतकार समाज) आदि स्थापित नाम हुन्।     

प्रगतिशील गीत–सङ्गीतमा भोजपुर 
भोजपुरे सङ्गीतकर्मीको एउटा छुट्टै लहर छ। जसलाई हामी प्रगतिशील पक्षधर पनि भन्न सक्छौं। जसमा मेघराज मञ्जुल, हिमालधन राई, श्याम तमोट, डिल्ली किरात, हेमराज राई, कृपा किराती, जयन्ती राई, शम्भु श्रेष्ठ, नारदमणि हार्ताम्छाली, जमुना राई, घनेन्द्र बस्नेत, गुरुप्रसाद राई, चेतनारायण राई, बर्खा राई, भूराज राई, शेरधन राई, संगीता राई, सकिला राई, सपराज राई आदि थुप्रै देखिन्छन्। बीस सालअघि सङ्गीत क्षेत्रमा शिक्षाविद् केदार श्रेष्ठ, राजनीतिकर्मी भुइदल राई, रेशम श्रेष्ठ, कोमल श्रेष्ठ आदि थिए। तीस सालकै आसपासमा चोमोलुङमा सांस्कृतिक परिवारबाट उदाएका चन्द्रकुमार नेपाली, रमेश राई, भीम बान्तवा आदि कलाकार छन्। 

प्रकाशित मिति: शनिबार, साउन २, २०७८  १९:२३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
बुलु मुकारुङ
लेखकबाट थप
के थिएनन् र जयनन्द लामा?
जातिगत लोकबाजा कतिकति, तर अधिकांश लोपोन्मुख
सुदूरपश्चिमको विवाह परम्परा : लोकबाजालाई महत्त्व, विधि पनि अलग्गै
सम्बन्धित सामग्री
भारतीय गायिका आशा भोसलेको निधन मुम्बईस्थित एक अस्पतालमा उपचारका क्रममा उनको ९२ वर्षको उमेरमा निधन भएको भारतीय सञ्चारमाध्मयहरूले उल्लेख गरेका छन् । आइतबार, चैत २९, २०८२
आज स्वरसम्राट नारायणगोपालको स्मृति दिवस साँस्कृतिक संस्थानका महाप्रबन्धक रहँदा उनले बागीना (बाजा, गीत, नाच) नामक नेपालकै पहिलो सांगीतिक पत्रिका प्रकाशन गरेका थिए। शुक्रबार, मंसिर १९, २०८२
रचना रिमाल र माधब सुनुवारको स्वर रहेको गीत ‘दुइ दिनको जिन्दगीमा’ सार्बजनिक गीतमा शब्द/संगीत पनि गायक सुनुवार कै रहेको छ। दिपक काउछा मगरको एरेन्ज रहेको गीतलाई नरेश बिबिसीले मिक्सिङ गरेका हुन। बुधबार, असोज ८, २०८२
ताजा समाचारसबै
आजदेखि देशभर आर्थिक गणना हुँदै बुधबार, वैशाख २, २०८३
कांग्रेस कार्यसम्पादन समितिको बैठक बस्दै बुधबार, वैशाख २, २०८३
प्रधानमन्त्रीले आज सबै समानुपातिक सांसदसँग अन्तरक्रिया गर्दै बुधबार, वैशाख २, २०८३
यी क्षेत्रमा वर्षा र हिमपातको सम्भावना बुधबार, वैशाख २, २०८३
काठमाडौँ उपत्यकामा रात्रि समयमा सार्वजनिक बस सञ्चालन सुरु मंगलबार, वैशाख १, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
सरकारले सार्वजनिक गर्‍यो १८ बुँदे राष्ट्रिय प्रतिबद्धतापत्रको मस्यौदा (पूर्णपाठ) मंगलबार, वैशाख १, २०८३
सरकारले आयोजना सम्पन्न नभएसम्म कर्मचारी सरुवा नगर्ने मंगलबार, वैशाख १, २०८३
काठमाडौँ उपत्यकामा रात्रि समयमा सार्वजनिक बस सञ्चालन सुरु मंगलबार, वैशाख १, २०८३
उत्पादनमा कमी आएपछि अण्डाको मूल्य बढ्यो मंगलबार, वैशाख १, २०८३
गैरआवासीय नेपालीको अधिकार सुनिश्चित गर्ने र लगानी आकर्षण गर्ने सरकारको प्रतिबद्धता मंगलबार, वैशाख १, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
पूर्वगृहमन्त्री अर्याललाई राष्ट्रिय सभामा सिफारिस गर्ने निर्णयविरुद्धको रिट सर्वोच्चद्वारा खारेज बुधबार, चैत २५, २०८२
पोखरामा एक महिलाको विभत्स हत्या बिहीबार, चैत २६, २०८२
सरकारको सर्वोच्चलाई जवाफ: स्थानीय तहलाई गैरदलीय बनाउने कुरा संविधानसँग मिल्दैन सोमबार, चैत ३०, २०८२
प्रधानमन्त्री र मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक, कसको कति ? आइतबार, चैत २९, २०८२
प्रधानमन्त्री शाहले गराए स्वास्थ्यमन्त्री मेहतालाई सचेत बिहीबार, चैत २६, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्