धनगढी– कैलालीको धनगढी उपमहानगरपालिका अन्तर्गत पर्ने श्रीलंका क्षेत्र डुबानमा परेको छ।
धनगढी उपमहानगरपालिका वडा नम्बर १३ मा पर्ने श्रीलंका क्षेत्र डुबानमा परेको हो। डुबानका कारण सो गाउँका ३० घर परिवार पुर्ण रुपमा विस्थापित भएको वडा अध्यक्ष बिजय जोशीले बताए।
पहाडी क्षेत्रमा बुधबारदेखि परेको पानीका कारण आएको बाढीले गाउँ नै डुवानमा परेका हो।
ढीमा फसेकाहरुलाई झण्डै तीन घण्टा लगाएर उद्धार गरिएको अध्यक्ष जोशीले बताए। बाढीबाट विस्थापितलाई स्थानीय नवज्योती आधारभुत विल्द्यालयमा राखिएको जोशीले जानकारी दिए।
त्यस्तै, बाढीका कारण कैलालीकै गोदावरी नगरपालिका– ७ समेत डुबानमा परेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।