काठमाडौं- काठमाडौं उपत्यकामा अत्यावश्यक कामले प्रवेश गर्ने सवारीलाई जिल्ला प्रशासन कार्यालयको पास नचाहिने भएको छ।
बिहीबार बसेको काठमाडौं उपत्यकाका ३ जिल्ला (काठमाडौं, भक्तपुर र ललितपुर)का प्रमुख जिल्ला अधिकारीहरुको बैठकले शुक्रबारदेखि अत्यावश्यक कामले काठमाडौं भित्रिने सवारी साधनलाई पास नचाहिने निर्णय गरेको हो। यसअघि प्रशासनको पास अनिवार्य गरिएको थियो।
बैठकले कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रणका लागि काठमाडौं उपत्यकामा जारी निषेधाज्ञालाई भने साउन १० गते सम्मलाई निरन्तरता दिने निर्णय गरेको छ।
सबै प्रकारका सभा सम्मेलन लगायत मानिसहरु भेला हुने कार्य गर्न नपाउने गरी निषेधाज्ञा जारी गरिएको छ।
अबको निषेधाज्ञामा सबै प्रकारका पसलहरु बेलुका ७ बजेसम्म खोल्न पाइने भएको छ भने निजी र सार्वजनिक सवारीका साधनहरु पनि साविककै अवस्थामा सञ्चालन गर्न पाइने छ।


नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।