काठमाडौं- गुल्मीको गुल्मी दरबार गाउँपालिकाका अध्यक्ष अशोकुमार थापाको निधन भएको छ।
७४ वर्षीय थापाको बिहीबार बिहान उपचारका क्रममा काठमाडाैंमा निधन भएको हो।
ब्लड क्यान्सरका बिरामी थापालाई स्वास्थ्य समस्य देखिएपछि १० दिनअघि अस्पताल भर्ना गरिएको थियो। अध्यक्ष थापा नेपाली कांग्रेस गुल्मी क्षेत्र नं. १ का क्षेत्रीय सभापति समेत हुन्।
उनी विगत चार महिनादेखि काठमाडाैं उपचाररत थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।