काठमाडौं- नेपाली भाषामा बनेको फिल्म ‘फूर्वा द नेचर गाइ’को अफिसियल ट्रेलर सार्वजनिक भएको छ। बोली नेपाली भाषामा भएपनि लवज भने हिमाली भेगमा बस्ने शेर्पाको प्रयोग गरिएको छ।
नेपालमै बसेर चौंरीको दूधबाट चिज बनाउने फ्याक्ट्री खोल्ने र टुङ्गुना नामको बाजा बजाएर समय बिताउन चाहने युवाको कथामा फिल्म बनेको छ।
प्रर्दशन मिति नतोकेरै सार्वजनिक गरिएको ट्रेलरमा हिमालका सुन्दर दृश्य देख्न सकिन्छ।
फिल्ममा श्याम राई, सिर्जना सुब्बा, दिनेश गुरुङ, राम गुरुङ लगायतको अभिनय छ। फिल्ममा जुनु खम्वाङले लेखेको शब्दलाई बिक्रम राइले संगित भरेर गाएका छन्।
फिल्मको कथा लेखन तथा निर्देशन युगल पोमो लिम्बुले गरेका छन् भने सहनिर्देशन टेकराज लङ्गालीले गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।