काठमाडौं- भारतको मेदान्त अस्पतालमा उपचार गराई राष्ट्रकवि माधवप्रसाद घिमिरे आज नेपाल फर्किएका छन्।
नयाँदिल्ली जानुअघि उनलाई बैसाख २८ गते धापासीस्थित ग्रान्डी अन्तर्राष्ट्रिय अस्पतालमा भर्ना गरिएको थियो। आन्तरिक रक्तश्राव नरोकिएपछि उनलाई थप उपचारका लागि जेठ ९ गेत मेदान्त अस्पताल लगिएको थियो। त्यहाँ चिकित्सक डा रणवीर सुदको टोलीले उनको उपचार गरेको थियो। अहिले उनको रक्तश्राव रोकिएको छ भने शरीरमा निकै सुधार देखिएको छ।
स्वास्थ्यमा धेरै सुधार आइसकेकाले चिकित्सककै सल्लाहमा डिस्चार्ज गरिएको छोरी उषा अधिकारीले जानकारी दिइन्।
करिब ४ महिनादेखि अस्वस्थ देखिएका ९९ वर्षीय घिमिरेको उपचारमा लाग्ने सम्पूर्ण खर्च सरकारले व्यहोर्ने घोषणा गरिसकेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।