काठमाडाैं- नेपालमा सम्पन्न १३औं दक्षिण एशियाली खेलकुद (साग)का ६ पदक विजेता खेलाडी र प्रशिक्षकलाई नागर्जुन नगरपालिकाले सम्मान गरेकाे छ।
नार्गजुन नगपालिकाका मेयर मोहनबहादुर बस्नेतले बुधबार सागमा स्वर्ण पदकधारी तेक्वान्दो खेलाडी सन्जीला तिमल्सिना र जुडोकी देविका खड्का जनही २५ हजारबाट सम्मान गरे।
जुडो कै रजत पदकधारी इन्द्र बहादुर श्रेष्ठ र मनिता श्रेष्ठ प्रधानले जनही १५ हजार, तेक्वान्दोका अस्मिता खड्का र अश्मिन राउतले जनही १० हजार तथा तेक्वान्दो प्रशिक्षक नोर्बु लामा ५५ हजार नगदसहित सम्मानित भए।
प्रशिक्षक लामा विगत २५ वर्षदेखि नागर्जुन ९ स्थित स्यूचाटार तेक्वान्दो डोजाङको प्रमुख प्रशिक्षक रहेका छन्। लामा सागमा तेक्वान्दोको टिम प्रशिक्षक रहेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।