• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज ७, २०८३ Wed, Sep 23, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विचार

खोप कूटनीतिमा ओलीको असफलता र देउवासँगको अपेक्षा

अभयराज जोशी बिहीबार, असार ३१, २०७८  १३:३२
1140x725

शेरबहादुर देउवा पाँचौँ पटक प्रधानमन्त्री नियुक्त भएलगत्तै २९ असारमा बसेको मन्त्रिपरिषद् बैठकको पहिलो निर्णय थियो, कोरोनाविरुद्धको खोप सुनिश्चित गर्ने। देउवा नेतृत्वको सरकारले आगामी चैत मसान्तसम्म खोप लगाउन योग्य सबै नागरिकलाई खोप दिइसक्ने निर्णय गरेको छ। 

नेपालमा कोरोना भाइरस संक्रमणको जोखिम कायम रहँदा खोप अति आवश्यक भइसकेको छ। खोपले मात्र नागरिकको ज्यान जोगाउन सक्ने चिकित्सकहरुले बताइरहेका छन्। यस्तो अवस्थामा नयाँ सरकारको पहिलो निर्णयले नागरिकमा उत्साह जगाउनु सकारात्मक हो। तर, कार्यान्वयनको पाटोलाई भने बिर्सन हुन्न। नेपालमा निर्णय गर्ने, निर्देशन दिने, तर कार्यान्वयन नहुने परम्परा छ। आशा गरौं, यस पटक त्यो परम्परा भत्किनेछ।

करीब डेढ वर्षअघि चीनमा कोरोना भाइरसको संक्रमण सुरु हुँदा नेपालमा केपी शर्मा ओली नेतृत्वको सरकार थियो। संक्रमण बिस्तारै युरोपतिर फैलियो। त्यसपछि दक्षिण एसियाका मुलुक प्रवेश गर्‍यो। नेपालमा ९ माघ २०७६ मा पहिलो संक्रमित फेला परे। दोस्रो संक्रमित १० चैत २०७६ मा फेला परे। भोलिपल्ट ११ चैतदेखि देश पहिलो पटक बन्दाबन्दीमा गयो।

त्यसअघि नागरिकलाई कोरोनाबाट सुरक्षित राख्न पर्याप्त समय थियो। तर, सरकारले ठोस काम गर्नै सकेन। बन्दाबन्दीपछि पनि नाकाहरु व्यवस्थित हुन सकेनन्। भारतसँगको सीमा वारि–पारि नै देश फर्किनेको अनियन्त्रित भीड लाग्यो। आवतजावत गर्नेहरुलाई व्यवस्थित रुपमा क्वारेन्टिनमा राखिएन। त्यसपछि संक्रमण नियन्त्रण गर्न हम्मे पर्ने गरी फैलियो।

अभयराज जोशी

कोरोनाको पहिलो र दोस्रो लहर चल्दा ओली सरकार कायम थियो। दोस्रो लहर उच्च विन्दुमा पुग्दा त जनताले अस्पतालमा बेड र अक्सिजन नपाएर ज्यान जाने अवस्था आयो। त्यही बेला विश्वका अन्य देशका नागरिक धमाधम कोरोनाविरुद्धको खोप लगाइरहेका थिए। नेपालमा भने सुरसार नै थिएन। नेपालको अवस्था यतिसम्म नाजुक थियो कि, विश्व स्वास्थ्य संगठनले नेपालको नामै लिएर अन्य देशलाई खोप सहयोगका लागि आह्वान गरिदिनुपर्‍यो।

कोरोनाभाइरस रोकथाम र नियन्त्रणको लागि ओली सरकारको गृहकार्य र काम कमजोर रह्यो। कोरोनाले नेपालमा भएको क्षति र त्यसको समाधानको विषयमा बेलायतको सदनमा समेत चर्चा भयो। तर, नेपालको सदनमा यस विषयमा छलफल नै भएन।

अहिले कोरोनाको दोस्रो लहर मत्थर हुँदै गर्दा केपी ओली सरकारबाट बाहिरिएका छन्। सत्तामा आएको ४१ महिनापछि सर्वोच्च अदालतको फैसलाबाट उनी बाहिरिँदा खोपको पूर्ण मात्रा पाउने नागरिकको संख्या न्यून छ। अहिलेसम्म करीब १० लाख जनाले मात्र खोपको पूर्ण मात्रा पाएका छन्। हालसम्म दुई खेप लगाउनुपर्ने ५० लाख ४८ हजार र एक खेप मात्र लगाउँदा हुने जोन्सन एन्ड जोन्सनको १५ लाख डोज खोप नेपाल आएको छ।

कोरोनाभाइरस रोकथाम र नियन्त्रणको लागि ओली सरकारको गृहकार्य र काम कमजोर रह्यो। कोरोनाले नेपालमा भएको क्षति र त्यसको समाधानको विषयमा बेलायतको सदनमा समेत चर्चा भयो। तर, नेपालको सदनमा यस विषयमा छलफल नै भएन।

Ncell 2
Ncell 2
nimb
nimb

निवर्तमान प्रधानमन्त्री ओलीले कोरोना महामारीको गाम्भीर्य बुझ्न निकै ढिलो गरे। उनको पटक–पटकको अभिव्यक्तिले त्यसलाई पुष्टि गरेको छ। नेपालीको प्रतिरोधी क्षमता बढी भएको जस्ता अफवाह स्वयं प्रधानमन्त्रीले नै फैलाए। महामारी नेपालमा पस्दै गर्दा ओलीले कोरोना नियन्त्रण गर्न बेसार पानी खान सुझाव दिए। त्यसपछि फेरि अम्बाको पात उमालेर पानी खानुपर्ने बताए। ओलीले कोरोना भाइरस खतरनाक रहेको थाहा पाउँदा नेपालमा पाँच हजारभन्दा बढी नागरिकले ज्यान गुमाइसकेका थिए। 

२१औं शताब्दी विज्ञानको युग हो। विज्ञानले प्रतिपादन गरेका खोज र निष्कर्षहरुलाई अस्वीकार गरेर अगाडि बढ्न खोज्नु जनताको जीवनमाथि खेलबाड हो। महामारीको जोखिम कम गर्न विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) लगायतका सरोकारवाला निकायहरुको सुझाव र निर्देशिका अनुसार काम गर्नुपर्छ। जुन कुरामा ओली सरकार चुक्यो।

कोरोना महामारी चलिरहँदा ओली सरकार पार्टीकै आन्तरिक किचलोमा फस्यो। त्यसपछि सत्ता जोगाउने खेलमा लाग्यो। त्यहीकारण समयमा नै खोप ल्याउन कूटनीतिक पहल गर्नबाट पनि चुक्यो। जहाँबाट खोप आउन सक्छ, त्यहाँ पहल नै भएन।

ओली सरकारले छिमेकी मुलुकसँग पनि समयमा नै खोप ल्याउने कूटनीतिक पहल गरेन। अक्सफोर्ड र एष्ट्राजेनेकासँगको समन्वयमा छिमेकी देश भारतमा सेरम इन्स्टिच्युटले खोप उत्पादन गरिरहेको छ। नेपाललाई सबैभन्दा पहिले भारतले नै १० लाख डोज खोप अनुदान दिएको थियो। पछि नेपाली सेनाका लागि थप एक लाख डोज खोप पनि दियो।

Xtrem

Xtrem

त्यसपछि सरकारले भारतसँग २० लाख डोज खोप खरिदको सम्झौता गर्‍यो। त्यसमध्ये १० लाख डोज खोप आयो। लगत्तै भारतमा कोरोनाको दोस्रो लहर सुरु भयो। त्यहाँको सर्वोच्च अदालतले खोप निर्यातमा प्रतिबन्ध लगायो। नेपालले सम्झौता भइसकेको खोप ल्याउने बलियो कूटनीतिक पहल गर्न सकेन। सत्ता जोगाउने ध्याउन्नमा लागेको सरकार दक्षिणको छिमेकीलाई कुनै पनि हालतमा चिढ्याउने पक्षमा नरहेको कारण खोप ल्याउन बलियो पहल नभएको स्पष्ट छ।

भारतबाट खोप नआउने भएपछि सरकार चीनतर्फ ढल्कियो। तर, ठूलो जनसंख्या भएको देश चीनले पर्याप्त खोप तत्काल दिने संभावना कम थियो। अझ चीनको अपारदर्शी सर्तका कारण सरकार खोप किन्न हच्कियो। यसका बावजुद दुई पटक गरेर चीनले अनुदानमा १८ लाख डोज खोप दिएको छ। 

सबैतिरको कूटनीतिक पहल असफल हुन थालेपछि नेपाल सरकारले चीन सरकारका सर्त मानेर ४० लाख डोज खोप किन्ने सम्झौता गरेको छ। चीनको सर्तकै कारण खोपको मूल्य सार्वजनिक गरिएको छैन। नेपालले खरिद गरेकोमध्ये सिनोफार्मको आठ लाख डोज भेरो सेल खोप आइसकेको छ। अब आउने ३२ लाख डोज पनि भेरो सेल खोप नै हुन्। यसबाहेक जापान सरकारले नेपाललाई १६ लाख डोज एस्ट्राजेनेका खोप सहयोग गर्ने घोषणा गरिसकेको छ। 

नेपालमा महामारीको जोखिम धेरै भए पनि पर्याप्त खोप आयात हुन सकेको छैन। ओली सरकारको कमजोर कूटनीतिक पकड र कार्यशैलीका कारण अन्य विकासोन्मुख मुलुकको तुलनामा नेपालमा कम मात्र खोप आएको छ। 

ओली सरकार बदनाम हुँदै जाँदा ‘खोप कूटनीतिक’मा राष्ट्रपति विद्यादेवी भण्डारीलाई अघि सारियो। राष्ट्रपति भण्डारीले अमेरिकी राष्ट्रपति जो बाइडेन, रुसी राष्ट्रपति भ्यादिमिर पुटिन, भारतका राष्ट्रपति रामनाथ कोविन्द र बेलायती महारानी एलिजाबेथ द्धितियलाई पत्राचार गरिन्। तर, उक्त पत्रको जवाफ अहिलेसम्म आएको छैन।

राष्ट्रपति जस्तो महत्वपूर्ण संस्थालाई ओली सरकारले खोपको लागि प्रयोग गर्नु उचित थिएन। नेपालका राष्ट्रपति आलंकारिक हुन्। आलंकारिक राष्ट्रपतिलाई अघि सारेर खोप माग्दा अन्तर्राष्ट्रिय क्षेत्रमा नेपालको बेइज्जत भयो। ओली सरकारको यो खराब ‘खोप कूटनीति’ थियो। 

सत्ताबाट ओलीको बर्हिगमनपछि अहिले कांग्रेस सभापति देउवा सरकारको बागडोर सम्हाल्न आइपुगेका छन्। सबै जनतालाई यो वर्ष नै खोप लगाउने उनको सरकारको पहिलो निर्णय सकारात्मक छ। तर, त्यसका लागि बलियो कूटनीतिक पहल चाहिन्छ, राजनीतिक फन्डा होइन।

ओली सरकारले जस्तै देउवा सरकार पनि मूलभूत कामबाट पन्छिएर राजनीतिक खिचातानीमा नै व्यस्त भए कोरोना महामारीको तेस्रो लहर आयो भने नेपालले ठूलो नोक्सानी व्यहोर्नुपर्ने हुनसक्छ। त्यसकारण अहिलेको प्राथमिकता महामारीबाट जनतालाई सुरक्षित राख्नु नै हो। खोप लगाउन योग्य सबै जनता महामारीबाट सुरक्षाको पर्खाइमा छन्।

नेपाल खोप उत्पादक देश होइन। हामीले अन्य देशबाट आयात गर्ने नै हो। त्यसैले देउवा सरकारले खोपकूटनीतिलाई बलियोसँग लिएर अगाडि बढ्नुपर्छ। त्यसमा प्रतिपक्षले पनि रचनात्मक सहयोग गर्नुपर्छ।

प्रकाशित मिति: बिहीबार, असार ३१, २०७८  १३:३२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
चाडपर्वका लागि यातायात व्यवस्थापनको तयारी, अग्रिम टिकट बुकिङदेखि मापसे जाँचसम्म
विज्ञापन बोर्डको अध्यक्षमा सन्तोष श्रेष्ठ नियुक्त
विद्युत प्राधिकरणका नवनियुक्त कार्यकारी निर्देशक श्रेष्ठले सपथ लिए
सम्बन्धित सामग्री
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? दुर्घटनामा मृत्यु हुनेको संख्या निस्सन्देह महत्त्वपूर्ण छ। तर मृत्युबाट बचेका घाइतेको जीवनबारे हाम्रो बहस झन् कमजोर छ । बुधबार, असोज ७, २०८३
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति हरितगृह ग्यास उत्सर्जनमा विश्वको पहिलो र तेस्रो नम्बरमा रहेका चीन र भारतको कारण हिमालय अत्यधिक प्रभावित भएको र त्यसको दुष्प्रभाव नेप... आइतबार, असोज ४, २०८३
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच अन्तर्राष्ट्रिय खोजमूलक सञ्चार माध्यमद्वारा हालै सार्वजनिक गरिएको प्रतिवेदनले नेपालको राजनीति, नागरिक समाज र समग्र राज्य संयन्त्रभित... बुधबार, भदौ ३१, २०८३
ताजा समाचारसबै
चाडपर्वका लागि यातायात व्यवस्थापनको तयारी, अग्रिम टिकट बुकिङदेखि मापसे जाँचसम्म बुधबार, असोज ७, २०८३
विज्ञापन बोर्डको अध्यक्षमा सन्तोष श्रेष्ठ नियुक्त बुधबार, असोज ७, २०८३
विद्युत प्राधिकरणका नवनियुक्त कार्यकारी निर्देशक श्रेष्ठले सपथ लिए बुधबार, असोज ७, २०८३
सुनको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ? बुधबार, असोज ७, २०८३
बाढीपीडित क्याम्पमा महिला र बालबालिका सुरक्षित छैनन् : मनिष झा बुधबार, असोज ७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
प्रतिनिधि सभामा रास्वपा सांसदको बोली बन्द!, किन रोके सभामुखले? [भिडियोसहित] मंगलबार, असोज ६, २०८३
रेशम चौधरीको कैद मिनाहा सदर, राष्ट्रपतिको निर्णयविरुद्धको रिट खारेज मंगलबार, असोज ६, २०८३
चिनी बिनाकाे कालो कफी सेवनका फाइदाहरु मंगलबार, असोज ६, २०८३
त्रिपुरेश्वर बस आगलागी : मृतकको लाइसेन्समा अर्कैको नाम, पहिचान खोज्दै प्रहरी मंगलबार, असोज ६, २०८३
प्रधानमन्त्री शाहको अमेरिका भ्रमण, के–के छ तालिका? मंगलबार, असोज ६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्