काठमाडाैं- त्रिभुवन विश्वविद्यालय, परीक्षा नियन्त्रण कार्यालयले बीबीएस चाैथाे वर्षकाे नतिजा सार्वजनिक गरेकाे छ।
२०७४ साल मंसिर-पुष महिनामा सञ्चालित व्यवस्थापन संकायतर्फको चारवर्षे बीबीएस तहकाे नतिजा सार्वजनिक गरिएकाे हाे। याे परीक्षा २०७७ मा सञ्चालन गरिएकाे थियाे।
उक्त परीक्षाको परीक्षाफल बेभसाइट www.tuexam.edu.np मा हेर्न सकिनेछ। यस्तै, 4BBS (स्पेश) राेल नम्बर टाइप गरी ३३६२४ मा एसएमएस गरेर पनि जानकारी पाउन सकिनेछ।
लब्धाकपत्र सम्बन्धित क्याम्पसबाट वितरण हुने कार्यलयले जनाएकाे छ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।