काठमाडौं- बलिउड नायक अमिर खान यतिबेला ‘लाल सिंह चड्डा’ फिल्मको छायांकनमा ब्यस्त छन्।
फिल्मको छायांकनको काम अन्त्यतिर आइसकेपनि कोरोना महामरीको कारण रोकिएको थियो। सोमबारदेखि उक्त फिल्मको सुटिङ लद्दाखमा पुन: शुरु भएको छ।
सुटिङ टोलीसहित लद्दाखमा रहेका फिल्म निर्माण टोलीले बाताबरण प्रदूषण गरेको आरोप लागेको छ।
एक स्थानीयबासीले सामाजिक सञ्जालमा भिडियो पोष्ट गरिदिएका थिए। भिडियो छिनभरमै भाइरल भएको थियो।
अमिर खानको टोलीले यसको लामो खण्डन गरेको छ। अमिर खान प्रोडक्सनको तर्फबाट आएको खण्डनमा आफूहरु सरसफाइमा पूर्ण रुपमा होसियार रहेको बताइएको छ।
खण्डनमा लेखिएको छ, ‘हाम्रो टोलीले काम सकेपछि हरेक दिन सरसफाइ गर्ने गरेको छौं। स्थानिय सरकारका लागि सुटिङ लोकेसन सधैं खुला छ, गएर जाँच गर्न सकिन्छ।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।