एजेन्सी– बलिउड अभिनेत्री सोनाक्षी सिन्हा आजबाट ३२ वर्ष लागेकी छिन्। सन् १९८७ जून २ मा जन्मिएकी सोनाक्षी कुनै बेलाका अभिनेता तथा हाल भारतीय जनता पार्टीका नेता शत्रुधन सिन्हाकी छोरी हुन्। तर, बलिउडमा प्रवेश गरेर स्थापित भएसँगै उनको परिचयले पितालाई चिनाउनुपर्ने अवस्था छ।
सन् २०१० मा आएको सुपरहिट फिल्म 'दबंग' बाट फिल्मी करिअरमा पाइला राखेकी सोनाक्षी आम दर्शकका आँखामा सोझी देखिन्छिन्। तर, वास्तविक जीवनमा उनका स्वभाव कस्ता छन् त? जन्मोत्सवको सन्दर्भ पारेर उनका लुकेका पाटोबारे भारतीय सञ्चारमाध्यमले लेखेका छन्। यसै क्रममा उनको सन्की व्यवहारबारे चर्चा गरिएको छ।
फिल्म 'लुटेरा'को छायांकनका क्रममा सोनाक्षी सह-अभिनेता रणवीर सिंहसँग निकै रिसाएकी थिइन्। उनले रणवीरका कारण सुटिङ सेट नै छाडेकी थिइन्। सुटिङ सेट छाड्नुको कारण थियो, रणवीरले गरेको सानो गल्ती। सुटिङको क्रममा एउटा सिनमा रणवीरले सोनाक्षीलाई समातेर संवाद बोल्नुपर्ने थियो। संवाद थियो- ‘तुमने पुलिसको बुलाया?'
आफ्नो चरित्रमा डुबेका रणवीर संवाद भन्दै थिए, तर बोलिरहँदा मुखबाट थुकका छिटा उछिट्याइरहे। यसबारे रणवीरलाई पटकपटक सम्झाइरहेकी सोनाक्षी अन्तत: रिसको पारो छुटेपछि सुटिङ सेट नै छाडेर हिँडेकी थिइन्। यसपछि रोकिएको सुटिङलाई निरन्तरता दिन रणवीरले माफी माग्दै सोनाक्षीलाई सेटमा ल्याउन निकै मिहिनेत गर्नुपरेको थियो।
सोनाक्षी अब फिल्म 'दबंग ३' मार्फत दर्शकमाझ आउँदै छिन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।