काठमाडौं- सातै प्रदेशमा एक/एक ओटा फिल्म सिटी बनाउने सरकारको कार्ययोजना अनुसार चलचित्र विकास बोर्डमा प्रदेश १ ले छायांकनस्थलको प्रतिवेदन बुझाएको छ। छायांकनस्थल निर्माण सम्भाव्यता अध्ययन समिति, प्रदेश १ को समूहले प्रतिवेदन बुझाएको हो।
समितिले बराह क्षेत्रमा अवस्थित श्रीलंका टप्पु क्षेत्रलाई फिल्म सिटी बनाउन उपयुक्त ठहर गर्दै प्रतिवेन बुझाएको हो। श्रीलंका टप्पुमा पर्ने गरैया, चिलैया क्षेत्र छायांकनस्थल बनाउन नगरपालिकाले गरेको समन्वयका लागि चलचित्र विकास बोर्डले आभार प्रकट समेत गरेको छ।
समितिले यसअघि प्रदेश र संघीय सरकारलाई उक्त प्रतिवेदन बुझाइसकेको छ। सरकारले सातैवटा प्रदेशमा छायांकनस्थल बनाउन बजेट विनियोजन गरेको छ।
सरकारको योजना अनुसार प्रतिवेदन बुझाउने पहिलो प्रदेश, प्रदेश १ बनेको छ। अन्य प्रदेशमा पनि समिति गठन गरेर काम भइरहेको चलचित्र विकास बोर्डले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।