• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, असोज २६, २०८३ Mon, Oct 12, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

संवैधानिक इजलासमा ‘ईश्वर श्रीमान्’ : सुनुवाइको नेतृत्वदेखि फैसला लेखनसम्म

64x64
दुर्गा दुलाल मंगलबार, असार २९, २०७८  ११:०१
1140x725

काठमाडौं- सोमबार सर्वोच्च अदालतमा उच्च सुरक्षासहित दोस्रो पटक भएको प्रतिनिधि सभा विघटनको फैसला सुनाउने तयारी विहान १० बजेदेखि नै भएको थियो।

प्रधानन्यायाधीशसहित पाँच न्यायाधीशको संवैधानिक इजलासमा सीमित निवेदकलाई फैसला सुन्नेदेखि सर्वाेच्च परिसरमा अरुले सुन्नेसम्मको व्यवस्था गरिएको थियो। सञ्चारकर्मीहरु सर्वोच्च परिसरको बाहिर र भित्र फैसलाको ब्यग्र प्रतिक्षामा थिए। करिब १ बजे संवैधानिक इजलास सुरु भयो।

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा, न्यायाधीशहरु दीपककुमार कार्की, मिरा खड्का, ईश्वरप्रसाद खतिवडा र आनन्दमोहन भट्टराई इजलासमा उपस्थित भए। इजलास सुरु भएसगै प्रधानन्यायाधीश राणाले फैसला सुनाउन थाले। राणाले फैसला भन्दाअघि फैसला लेखनकाबारेमा जानकारी दिए।

राणाले एक सातासम्म अध्ययनपछि प्रतिनिधि सभा विघटनको फैसला तयार गरेको र यो फैसला ईश्वर श्रीमानले तयार गरेको सुनाए। राणाले भने ‘सवै फैसला ईश्वर श्रीमानले लेख्नु भएको हो, हामी चारैजना उक्त फैसलामा एकमत भएर हस्ताक्षर गरेका छौं,'  राणाले भने। त्यसपछि फैसला पढ्न न्यायाधीश खतिवडालाई आग्रह गरे।

प्रधानन्यायाधीशको अनुमति पाएपछि खतिवडाले कुल १६७ पेजको फैसला तयार पारेको बताए। ९० पृष्ठसम्म बहस र बहसनोट अनि अरु ठहरखण्ड रहेको उनले जानकारी दिए। लगत्तै उनले पाँचै न्याायधीशको एकमतले विघटन बदर हुने, प्रधानमन्त्री केपी शर्मा ओलीको धारा ७६ को उपधारा (५) अनुसारको दाबी नपुग्ने, २ दिनभित्र विपक्षी गठबन्धनका उम्मेदवार शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा शपथ गराउन परमादेश जारी गर्ने र एक साताभित्र प्रतिनिधि सभाको वैठक बोलाउन आदेश जारी भएको जानकारी गराए।  

यो पनि पढ्नुहोस्

जब ‘ईश्वर श्रीमान्’ले संवैधानिक इजलासलाई लिड गरेबिहीबार, जेठ २७, २०७८

संवैधानिक इजलासमा असार ९ गते सुरु भएको यो मुद्दा सुनुवाइका क्रममा पक्ष, विपक्ष र एमिकस क्युरीका विज्ञ कानुन व्यवसायीसमेत गरेर ८२ जनाले आफ्नो तर्क राखेका थिए। तीमध्ये रिट निवेदकपक्षबाट ३६ जना, सरकारी वकिल र प्रधानमन्त्री ओलीका निजी कानुन व्यवसायी गरेर ३२ जना, सभामुख अग्निप्रसाद सापकोटाका तर्फबाट ५ जना कानुन व्यवसायीले बहस गरे। अनि ४ जना एमिकस क्युरीले राय दिए। रिट निवेदकका तर्फबाट ५ जना कानुन व्यवसायीले जवाफी बहस पनि गरेका थिए।

न्यायाधीश खतिवडाले यसअघि पनि नेतृत्वमा क्षमता देखाउँदै संवैधानिक इजलासमा सुनुवाइ निश्चित गरेका थिए। खतिवडाको अग्रसरताले विवादमा परेको संवैधानिक इजलासले कडाइका साथ सुनुवाइ अघि वढाएको थियो।  

जेठ ८ गते भएको प्रतिनिधि सभा विघटनविरुद्ध जेठ १० गते १४६ सांसदसहित सर्वोच्चमा रिट दायर भएको थियो। उक्त रिट संवैधानिक इजलासमा दर्ता भएपछि जेठ १४ गते पहिलो पेशी थियो। तर प्रधानन्यायाधीश राणाले गठन गरेको इजलासप्रति रिट निवेदकले प्रश्न उठाए। उनीहरुको प्रश्नपछि इजलास विवादमा पर्यो‍। लगत्तै जेठ १८ गते चार न्यायाधीशका दुई थरी राय सार्वजनिक भयो। यो विवादपछि अदालत पनि विवादमा तानियो।

Ncell 2
Ncell 2
nimb
nimb

लगत्तै राणाले सवै न्यायाधीश र कानुन व्यवसायीसँगको परामर्शमा वरिष्ठ न्यायाधीश संलग्न इजलास गठन गरे। जेठ २३ गते नयाँ इजलास गठन भयो। तर महान्यायाधिवक्ता रमेश वडालले उक्त इजलासमाथि प्रश्न उठाए। प्रधानमन्त्री ओलीका कानुन व्यवसायीले पनि साथ दिएपछि यो झन् विवादित भयो।

जेठ २६ गते न्यायाधीश खतिवडाले संवैधानिक इजलासमा लिड गर्दै यही इजलासले सुनुवाइ गर्ने र अदालत विवादमा तानिएकोप्रति कडा रुपमा प्रस्तुत भए। विगतका १२ दिनमा इजलासले भोगेका कुरा विर्सन चाहेको र यस्ता कुरा इतिहासमा दोहोरिन नहुने चेतावनी दिँदै यसैले अन्तिम सुनुवाइ गर्ने भन्दै निर्णय सुनाए। लगत्तै उनले देउवाको मात्र निवेदन सुनुवाइ हुने भन्दै २ जना वरिष्ठ अधिवक्तालाई मात्र बहस गर्न समय दिए। उक्त बहसपछि सवैपक्षसँग लिखित जवाफ माग गर्दै बहसको समयसमेत तोकियो।

इजलासले निवेदक, प्रतिपक्षलाई १५ घन्टामा बहस सक्न समय तोक्यो। असार ९ गतेदेखि अन्तिम सुुनवाइ हुने इजलासले सुनायो। यसरी खतिवडाले उक्त दिन संवैधानिक इजलास थप विवादित हुनबाट जोगाएर सुनुवाइ तिर लगे। न्यायाधीश खतिवडालाई विश्वास गर्दै राणाले फैसला लेखनका जिम्मा दिए।

खतिवडासहित अन्य न्यायाधीशलाई कुनै पनि मुद्दा नतोक्दै फैसलाका लागि समय दिइएको थियो। न्यायाधीश खतिवडाले प्रधानन्यायाधीशसहित अन्य चार न्यायाधीशसँग सल्लाह गर्दै फैसला लेखेका थिए। 'संवैधानिक इजलासमा राय बाझियो रे, फैसला हुने समय सर्ने रे' जस्ता हल्लाहरुलाई चिर्दै पाँचै न्यायाधीशको एक राय राख्दै ऐतिहासिक फैसला सर्वोच्चले सुनाएको छ।

Xtrem

Xtrem

संवैधानिक इजलासले धारा ७६को (५) को प्रयोग, प्रधानमन्त्रीको अधिकार, सभामुखको अधिकार, महान्यायाधिवक्ताले न्यायाधीशमाथिको बहस गरेको न्यायीक टिप्पणी र राष्ट्रपतिलाई विपक्षी नबनाएपनि परमादेश जारी हुनसक्ने कुराको राष्ट्रिय र अन्तराष्ट्रिय परिवेशको व्याख्या गर्दै फैसला सुनाएको छ।  

यो फैसलाले अव संविधानको धारा ७६को १,२ र ३ को सरकारले विघटन गर्न नपाउने निश्चित भएको छ। त्यस्तै पटक पटक विघटन गर्ने र ताजा जनादेशकै नाममा दलभित्रको विवादले विघटन गर्न पाउने कार्य पनि अव असंवैधानिक भएको छ।

संवैधानिक इजलासले प्रधानमन्त्री ओलीले असंवैधानिक रुपमा विघटन गर्ने अनि अध्यादेशवाट शासन चलाउने सोच माथि समेत प्रश्न उठाएको छ। सर्वोच्चले संविधानको पालना गर्ने कुरा र यसको पालना सवैले गर्नुपर्ने र राजनीतिक प्रश्नको रुपमा संविधानको ब्याख्या गर्ने कुरावाट अदालत पछि हट्न नसक्नेसमेत बताएको छ। ऐतिहासिक फैसलाले संविधानको धारा ७६को (५) दलीय ह्वीप नलाग्ने स्वतन्त्र धाराको रुपमा यसको अस्तित्व भनि व्याख्यासमेत गरेको छ। 

प्रकाशित मिति: मंगलबार, असार २९, २०७८  ११:०१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
दुर्गा दुलाल
नेपाल लाइभका चिफ रिपोर्टर दुलाल कानुन तथा सुशासन बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
सुन तस्करी प्रकरण : उच्च तहका राजनीतिक व्यक्तिहरु तस्करसँग पटक–पटक सम्पर्कदेखि केहीलाई पुन: अभियोगपत्र दर्ता गर्नसम्म सिफारिस 
अब्बल न्यायाधीशको बहिर्गमन : सबै फाँटमा खरो उत्रेका न्यायाधीश खतिवडाको अवकाश
गिरिबन्धु टि-स्टेटको जग्गा विवाद : केपी ओलीको समयमा भएकाे  ‘नीतिगत भ्रष्टाचार’ मा न्यायाधीश खतिवडाको अन्तिम फैसला
सम्बन्धित सामग्री
काङ्ग्रेसको मतगणना २३ ठाउँमा जारी सभापतिसहित प्रमुख पदाधिकारीहरूको  मतगणना सकिएसँगै निर्वाचन समितिले सहमहामन्त्री र विभिन्न समावेशी क्लस्टरका केन्द्रीय सदस्य पदहरूको... सोमबार, असोज २६, २०८३
ओलीको चेतावनी: घेराबन्दी सकिएको छैन, बलजफ्तीको प्रतिवाद गर्छौं सोमबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजित केन्द्रीय सदस्यहरूको शपथ समारोहलाई सम्बोधन गर्ने क्रममा उनले अगाडिका चुनौतीहरूको सा... सोमबार, असोज २६, २०८३
गगन थापासँग प्रतिस्पर्धा गरेका खड्गी भन्छन् : मेरो उम्मेदवारी आन्तरिक लोकतन्त्र बलियो बनाउन थियाे सोमबार पत्रकार सम्मेलन गर्दै खड्गीले आफ्नो उम्मेदवारीको मुख्य उद्देश्य पार्टीको आन्तरिक लोकतन्त्रको रक्षा गर्नु रहेको उल्लेख गरेका छ... सोमबार, असोज २६, २०८३
ताजा समाचारसबै
काङ्ग्रेसको मतगणना २३ ठाउँमा जारी सोमबार, असोज २६, २०८३
ओलीको चेतावनी: घेराबन्दी सकिएको छैन, बलजफ्तीको प्रतिवाद गर्छौं सोमबार, असोज २६, २०८३
अर्थशास्त्रतर्फको नोबेल पुरस्कार रोबर्ट हल र माइकल उडफोर्डलाई सोमबार, असोज २६, २०८३
गगन थापासँग प्रतिस्पर्धा गरेका खड्गी भन्छन् : मेरो उम्मेदवारी आन्तरिक लोकतन्त्र बलियो बनाउन थियाे सोमबार, असोज २६, २०८३
मुगु पहिरो अपडेट: पुरिएका जेसीभी चालकको मृत्यु, सहचालक सामान्य घाइते सोमबार, असोज २६, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
नरेन्द्र मोदी२५ वर्षे राजनीतिक यात्रामा सङ्कटको ठूलो तूफान पर्खदै छन् ? आइतबार, असोज २५, २०८३
कांग्रेस महाधिवेशन : ६ हजार मतगणना हुँदा उपसभापतिमा चन्द्रकान्त र महामन्त्रीमा प्रदीप पौडेलको अग्रता आइतबार, असोज २५, २०८३
बुढीगण्डकी बाढी : यी हुन् भेडीगोठबाट सम्पर्कविहीन भएका ५ जना आइतबार, असोज २५, २०८३
बूढीगण्डकी बाढी : पाँच जिल्लामा सतर्कता अपनाउन आग्रह आइतबार, असोज २५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
एआईजी बर्खास्त प्रकरणमा गृहमन्त्रीले दिए चारबुँदे प्रस्टीकरण शुक्रबार, असोज २३, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
गगनलाई सर्वसम्मत हुन कसले रोक्यो ?, सहमत भएका खड्गी किन बिच्किए ? बिहीबार, असोज २२, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्