• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, चैत ३०, २०८२ Mon, Apr 13, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विचार

प्रतिगमनलाई ठाउँ छैन

64x64
मिलन बगाले मंगलबार, असार २९, २०७८  ०७:००
1140x725

आई कैल्यै पनि नसकिने चैत वैशाख मेरा
लाई  कैल्यै पनि नसकिने प्रीति नौलाख मेरा।

कविवर माधवप्रसाद घिमिरेले क्या लेखे! उनको ‘वैशाख’ शीर्षकको कविताका यी हरफ मैले आज फेरि सम्झिएँ। दोहोरिएर आएको प्रतिगमन ढलेपछि सम्झन करै लाग्यो।

हरेक वर्ष चैत-वैशाख आएजस्तै प्रतिगमन पनि दोहोरिएर आयो। प्रधानमन्त्री केपी ओली सत्तामा रहुन्जेल प्रतिगमन ‘स्थायी शत्रु’ जस्तो भयो। विभिन्न रुप र अवतार धारण गरेर आइ नै रह्यो। र, अर्को संयोग- प्रतिगमन पछार्ने आन्दोलन समेत प्रायः चैत-वैशाखको सेरोफेरोमै हुने गरेको छ।

राणा, राजा, पञ्चायत, प्रजातन्त्र, लोकतन्त्र र गणतन्त्रमा थरिथरि शैलीका प्रतिगमन भए। विगत ३० वर्षमा त प्रतिगमनका स्वभाव पनि अनेक देखिए। अझै रोकिएको छैन। नयाँ–नयाँ स्वरुप देखिंदैछ। नजाने, अझै कति देख्नुछ। 

प्रतिगमन कहिले ज्यानमारा बनेर आउँछ, कहिले सादा भेष धारण गरेर आउँछ। कहिले अध्यादेश बनेर आउँछ, कहिले संसद विघटनको घोषणा लिएर आउँछ। हरेक प्रतिगमनले ‘म नै राज्य हुँ’ भन्छ। देशै कब्जाको घोषणा गर्छ। संविधानलाई ‘कागजको खोस्टो’ भन्छ। संसदलाई बन्धक बनाएर अनिर्वाचित निर्णयमा रमाउँछ।

प्रतिगमनले संसदमा बसेर छलफल गर्न मान्दैन। घरै बसेर पार्टी र देश चलाउने रहर गर्छ। प्रतिपक्षमा बसे पनि सत्तासँग सौदा गरिरहन्छ र विरोध गरेजस्तो पनि गर्छ। प्रतिगमन भ्रमै भ्रमको चाङमा रमाएर बाँचेको हुन्छ। सल्लाहकारको पद पाएका अनेक चाटुकार भेला पारेर आफ्नो प्रशस्ति सुन्छ। देशमा आफ्नै हाई–हाई छ भन्ने भ्रममा पर्छ। अनि, यस्तै भ्रम छर्न रमाउँछ। 

आफ्नो जग आफैंले खोतलेको मेसो नपाई एउटा प्रतिगमनको आयु सकिन्छ। एउटा प्रतिगमन झोलीतुम्बा बोकेर बाटो लाग्न नपाउँदै नयाँ प्रतिगमनले जरा हाल्छ। पालुवा पलाउँछ। हेर्दाहेर्दै नयाँ प्रतिगमन डरलाग्दोसँग झाङ्गिन्छ।

आफ्नो जग आफैंले खोतलेको मेसो नपाई एउटा प्रतिगमनको आयु सकिन्छ। एउटा प्रतिगमन झोलीतुम्बा बोकेर बाटो लाग्न नपाउँदै नयाँ प्रतिगमनले जरा हाल्छ। पालुवा पलाउँछ। हेर्दाहेर्दै नयाँ प्रतिगमन डरलाग्दोसँग झाङ्गिन्छ। नागरिक फेरि त्यो प्रतिगमनसँग जुध्न थाल्छन्। जब्बर प्रतिगमन हार मान्दैन। मन्त्रीमाथी मन्त्री थपेर सत्ताको आयु लम्बयाउने असफल प्रयास गर्छ। आफ्नो, अरुको, सबैको पार्टी फोड्ने रहर गर्छ। विरोधीलाई तह लगाउन अनेक अस्त्र फाल्छ। पाइला-पाइलामा हार्दाहार्दै पनि हार नमानी बिदा हुन्छ। 

nimb
nimb
Ncell 2
Ncell 2

यसरी बिदा हुँदा उ बेहोस मात्र भएको हुन्छ। अलि समयपछि होश पलाउँछ। नयाँ नयाँ भेष धारण गरेर सत्ताको ओहोरदोहोर गरिरहन्छ। नागरिकहरु आजित हुन्छन्। प्रतिगामीहरु फेरिरहन्छन्। प्रजातन्त्र, लोकतन्त्र, राजतन्त्र, गणतन्त्र अनेक नाम दिएर प्रतिगमनको भूत मन्साउने नागरिकको आशा बारम्बार धूमिल हुन्छ, भइरहेकै छ। 

प्रतिगमनको चक्रब्यूह हाम्रो स्थायी नियतिजस्तै भएको छ। सत्ताको मान्छे आम नागरिकको सुख–दुःखको साथीजस्तो बन्नै खोज्दैन। अनेक ‘सेटिङ’ गरेर सत्तारोहण गर्छ। सेटिङका खेलाडीहरुको रक्षा एकमात्र अभिष्ठ बन्छ। सेटिङको जालोमा अल्झिँदा राम्रै भेष धारण गरेको मान्छे पनि कालान्तरमा सानो–ठूलो प्रतिगामी भइदिन्छ। 

कविवर माधवप्रसाद घिमिरेको कवितालाई सम्झँदै गर्दा नेपालीले ‘लगाई तह कैल्यै नसकिने प्रतिगमन नौलाख मेरा’ भन्नुपर्ने अवस्था फेरि आएको छ। जनताले सर्वोच्च अदालतको फैसलाले एक पटक फेरि प्रतिगमनलाई पछारेको महसुस गरेका छन्। तर, प्रतिगमनले त्यसो महसुस गर्नेवाला छैन। नेपालमा प्रतिगमनको जरा निकै बलियो छ। गहिरोसँग गडेको छ। भुइँ अलिकति खोस्रँदा जरा नदेखिएपछि आम नागरिकलाई ‘ए, तह लागेछ लौ!’ भन्ने भ्रम पर्छ। प्रतिगमनको उर्बर यो भुइँमा हराएको जरा खोज्दाखोज्दै हलक्क बढेको बुटो भेटिनेछ। 

अब सर्वोच्च अदालतको फैसलाबारे चर्चा गरौं। सर्वोच्चले वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीलाई पदमुक्त गर्नुका साथै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई दुई दिनभित्र प्रधानमन्त्री पदको सपथ गराउन राष्ट्रपतिका नाममा परमादेश समेत जारी गरेको छ। प्रतिनिधि सभा विघटनको निर्णयलाई असंवैधानिक भन्दै सात दिनभित्र संसदको बैठक बोलाउन पनि आदेश दिएको छ। 

यो बीचमा राष्ट्रपतिको असंवैधानिक कदमको आडमा प्रधानमन्त्री ओलीले गरेका ‘काम’ पनि बिर्सनलायक छन्। ११ वैशाख २०७७ अर्थात गत वर्षको लोकतन्त्र दिवसमा प्रधानमन्त्रीका विश्वासपात्रहरुले समाजवादी पार्टीका सांसद डा.सुरेन्द्र यादवलाई महोत्तरीबाट ‘उठाएर’ काठमाडौं ल्याए। त्यसलगत्तै दल विभाजन सम्बन्धी अध्यादेश जारी गरेसँगै ओली शासन ओरालो लाग्न थालेको थियो। यो ओरालो यात्रामा बेला–बेला उनी निरीह देखिए पनि धेरैजसो समयमा बलियाजस्ता देखिए। अनेक असंवैधानिक कदमको आडमा उनी ‘स्थायी प्रधानमन्त्री’ नै बन्ने हुन् कि जस्तो पनि देखियो। तर, यात्रामा आजबाट ब्रेक लागेजस्तो देखिएको छ। 

११ वैशाख २०७७ देखि २८ असार २०७८ सम्मको यात्रा अरुले सम्झाउनु भन्दा पनि उनले नै फुर्सदमा सम्झेलान्। प्रतिगमनको यो लामो यात्रा लोकतन्त्रका लागि निकै महंगो साबित भयो। सपथग्रहण समारोहमै सत्य निष्ठामा ग्रहण लाग्यो। संविधानको धारा उल्लेख नगरी राष्ट्रपति कार्यालयले मन्त्री पदको सपथ खुवाउन थाल्यो। मन्त्री त कति फेरिए, कति! मन्त्रीमण्डल पुर्नगठन यो सरकारको नियमित कार्यशैली बन्यो।

ओलीको शासनकालमा शीतलनिवासको इज्जतमा ग्रहण लागेको छ। शीतलनिवासलाई नागरिकले अब लामो समय शंकाको दृष्टिले हेर्नेछन्। ‘संविधान च्यात्ने थलो’को रुपमा असाध्यै नमिठोसंग सम्झनेछन्। 

प्रधानमन्त्रीका व्यक्तिगत बाधा अड्काउ फुकाउन संसद छल्दै अध्यादेशहरु रकेट गतिमा आउन थाले। पदबाट कहिल्यै ओर्लन पर्दैन, समाजसँग आँखा जुधाएर कहिल्यै हेर्नु पर्दैन र इतिहासका पाना कहिल्यै पढ्नु पर्दैन भने जसरी राष्ट्रपतिबाट अनेक असंवैधानिक काम भए। ओलीको शासनकालमा शीतलनिवासको इज्जतमा ग्रहण लागेको छ। शीतलनिवासलाई नागरिकले अब लामो समय शंकाको दृष्टिले हेर्नेछन्। ‘संविधान च्यात्ने थलो’को रुपमा असाध्यै नमिठोसँग सम्झनेछन्। 

सर्वोच्च अदालतले एउटा प्रतिगमनलाई तह लगाएको खुशीसंगै भावी प्रतिगमनको भय पनि जोडिएको छ। शेरबहादुर देउवाजीको विगत धेरै कोट्याइरहनु जरुरी छैन। उनी निकै ‘अनुभवी प्रतिगामी’ हुन् भनेर कसैले भन्यो भने अन्यथा हुँदैन। 

उनको सार्वजनिक जीवनको खाता एकपछि अर्को नराम्रो कामको भारीले खचाखच छ। अब राम्रो कामतिर पनि हात हाल्नुपर्ला भनेर उनले सोच्लान् र? ओलीले गरेका बिर्सनलायक कामबाट उनले पाठ सिक्लान्? जम्बो र भ्रष्ट मन्त्रीमण्डल, संसद विघटन, प्रतिगमनको प्रधानमन्त्रीदेखि निर्भीक प्रधानन्यायाधीशलाई महाअभियोग लगाउने प्रयाससम्मको यात्रा सम्झँदा देशमा प्रतिगमनको ‘नयाँ भेरियन्ट’ उत्पन्न हुन लागेको महसुस हुन्छ।

आफ्नो विगत आफैंले उल्टाउने गह्रौँ भारी उनीमाथी छ। तर, त्यसो हुने लक्षण देखिंदैन। उनको नयाँ प्रतिगामी यात्रा इँटाभट्टामा मान्छे जलाउने घटनाका प्रमुख पात्रको उन्मुक्तिबाट शुरु हुनसक्छ। इँटाभट्टामा मान्छे जलाउने व्यक्तिलाई ‘अन्यायमा पारिएको’ र उनलाई ‘न्याय दिलाउन’ पहल गरिने अभिव्यक्ति देउवाले उहिल्यै दिइसकेका छन्। यस्ता खालका पात्र र प्रवृत्तिप्रतिको मायामोह नै नयाँ प्रतिगमनको जग हुनसक्छ। 

केपी ओलीको अन्तहीन अराजकताको एउटा प्रमुख कारण अत्यन्त कमजोर प्रतिपक्ष पनि हो। नेपाली कांग्रेसले राजनीतिक नियुक्तीमा लुकेर भाग थापेको रहस्य कसैबाट छिपेको छैन। त्यहीकारण कांग्रेसले ओलीको प्रतिगमनमा मौन समर्थन दिइरह्यो। प्रतिपक्षमा बस्दा नै प्रतिगमनलाई मलजल गरेको पार्टी सरकारमा बस्दा लोकतन्त्र र विधिको शासनलाई मलजल गर्न सक्ला?

देउवालाई साथ दिने पुष्पकमल दाहालको लोकतन्त्र र विधिको शासनप्रतिको निष्ठा पनि निकै कमजोर छ। अवसरवाद र अस्थिरतावाद नै उनको राजनीतिक जीवनको स्थायी चरित्र हो। देउवा र दाहालको कार्यगत शैलीमा खासै अन्तर छैन। दुवै दुस्साहसी, निरंकुश, व्यक्तिवादी र अपारदर्शी छन्। दुई जना मिलेर दुई ओली बराबरको प्रतिगमन गर्न सक्छन्। सत्ताका लागि राम्रो-नराम्रो, उचित-अनुचित केही हेर्ने बानी उनीहरुमा छैन। उनीहरुलाई पार्टीले लगाम लगाउन पनि सक्दैन। ओलीलाई लगाम लगाउने माधव नेपाल भए झैँ देउवालाई लगाम लगाउने बलियो प्रतिपक्ष कांग्रेसभित्र छैन। दाहालको पार्टी त निजी कम्पनीजस्तै छ।

राजतन्त्र, प्रजातन्त्र, लोकतन्त्र र गणतन्त्रको आवरणमा विभिन्न शैली र समयमा विभिन्न पात्रले प्रतिगमनको रहर गर्न छोडेका छैनन्। छोड्ने पनि छैनन्। सबैजना आ-आफ्नो जगप्रति इमानदार नै छन्। 

यसो भए पनि नेपालमा प्रतिगमन विरोधी आवाज निकै बलियो छ। नागरिक आवाज त बलियो छ नै, न्यायको ढोकाभित्र प्रतिगमनलाई प्रवेश निषेध छ। सर्वोच्च अदालतले यसलाई बारम्बार पुष्टि गरेको छ। प्रतिगमनको लामो, पिरो र पिराहा यात्रा सम्झेर देउवाले विगतको गल्ती नदोहोर्‍याउन्। दाहालसँग मिलेर नयाँ भेरियन्टका प्रतिगमन रचना गर्नतिर पनि नलागून्। अब प्रतिगमनलाई ठाउँ छैन।

प्रकाशित मिति: मंगलबार, असार २९, २०७८  ०७:००

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
मिलन बगाले
लेखकबाट थप
कसम गीताको, काम मुसाको
‘राष्ट्रवाद’को खोल र संसद्‍बाहिरको अर्थहीन बहस
विचलनको ‘साझा रहर’
सम्बन्धित सामग्री
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी आज नियामक निकायहरू नियमनभन्दा बढी ‘अति–नियामक’ जस्ता देखिएका छन्। तिनलाई देशको वास्तविक आवश्यकता र व्यवसायमैत्री वातावरणअनुसार पुनर्... शुक्रबार, चैत २७, २०८२
न बदलिएको समाज उज्यालो नेपालको कुरा नगरेको भनेर प्रश्न उठ्न सक्छ। यदि साँच्चै राजनीतिमा आउन चाहनुहुन्छ भने, आजै जिम्मेवारीबाट राजीनामा दिएर आउनुपर्... आइतबार, पुस १३, २०८२
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय एकैछिन कल्पना गरौं त, हामीलाई कुनै कुरामा पनि चाख लाग्दैन र मन रमाउँदैन भने जिन्दगी कस्तो होला? डिप्रेसनबाट पीडित व्यक्तिहरु भन्छन्,... बुधबार, मंसिर १७, २०८२
ताजा समाचारसबै
शिक्षामन्त्री पोखरेलसँग २४ करोड बढीको सम्पत्ति, करोडौँका घरजग्गा आइतबार, चैत २९, २०८२
अर्थमन्त्री वाग्लेको घर र अपार्टमेन्ट ४ वटा, विभिन्न ठाउँमा २२ रोपनी जग्गा आइतबार, चैत २९, २०८२
कानुनमन्त्री सोविता गौतमसँग कति छ सम्पत्ति ? आइतबार, चैत २९, २०८२
मन्त्री सीता वादीको सम्पत्ति : २० वटा कुखुरा र एउटा कुकुर आइतबार, चैत २९, २०८२
गृहमन्त्री गुरुङसँग धिताेपत्रमा कारोबार हुनेमात्रै २ करोड ७४ लाखको शेयर, ८९ तोला सुन आइतबार, चैत २९, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
प्रधानमन्त्री र मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक, कसको कति ? आइतबार, चैत २९, २०८२
कानुनमन्त्री सोविता गौतमसँग कति छ सम्पत्ति ? आइतबार, चैत २९, २०८२
अमेरिकाको अत्यधिक मागका कारण वार्ता निष्कर्षमा पुग्न नसकेको इरानको दाबी आइतबार, चैत २९, २०८२
मन्त्री सीता वादीको सम्पत्ति : २० वटा कुखुरा र एउटा कुकुर आइतबार, चैत २९, २०८२
प्रधानमन्त्री वालेन्द्र शाहसहित नेताहरूलाई गाली गरेको आरोपमा युट्युबर रोशन पोखरेल पक्राउ आइतबार, चैत २९, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
ट्रम्पको ‘पूरै सभ्यता नष्ट हुन सक्ने' चेतावनीलगत्तै इरानको खार्ग टापुमा आक्रमण मंगलबार, चैत २४, २०८२
पूर्वगृहमन्त्री अर्याललाई राष्ट्रिय सभामा सिफारिस गर्ने निर्णयविरुद्धको रिट सर्वोच्चद्वारा खारेज बुधबार, चैत २५, २०८२
युद्धविरामको घोषणाबिच खाडी यूएईमा मिसाइल प्रहार, साउदीमा उच्च सतर्कता बुधबार, चैत २५, २०८२
पोखरामा एक महिलाको विभत्स हत्या बिहीबार, चैत २६, २०८२
मन्त्रिपरिषद्को मर्यादाक्रम हेरफेर, सुधन गुरुङ तेस्रोबाट पाँचौमा मंगलबार, चैत २४, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्