काठमाडाैं- विश्व नम्बर १ सर्बियाली खेलाडी नोभाक जोकोभिचले २०औं ग्रान्डस्लाम उपाधि जितेका छन्।
आइतबार विम्बल्डनको पुरुष एकल फाइनलमा सातौं वरीयताका इटालीका खेलाडी म्याटिओ बेरेटिनीलाई पराजित गर्दै उनले उपाधि जितेका हुन्।
१५ हजार दर्शकअगाडि अल इंग्ल्यान्ड क्लबमा भएको फाइनलमा एक सेटले पछाडि ६–७ (४/७) रहेको स्थितिमा जोकोभिचले ६–४, ६–४ र ६–३ को उत्कृष्ट जित निकालेका थिए।
यस उपलब्धिसँगै जोकिोभिच सर्वकालीन महान टेनिस खेलाडीको सूचीमा परेका छन्।
जोकोभिचले ६ पल्ट विम्बल्डन जितेसँगै ९ पल्ट अस्ट्रेलियन ओपन, २ पल्ट फ्रेन्च ओपन र ३ पल्ट यूएस ओपन जितेका छन्।
उनले सर्वाधिक ग्रान्डस्लाम जित्ने कीर्तिमानका लागि रोजर फेडेरर र राफेल नाडालको बराबरीसमेत गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।