काठमाडौं- आइतबारका मुख्य घटनाक्रमसहितको नेपाल लाइभ समाचारका शीर्षकहरू:
१) ओलीले आइतबारका लागि बोलाएको स्थायी कमिटी बैठक स्थगित, सोमबार अपराह्न बस्ने, एमाले कार्यदलले तयार पारेको सहमतिको एउटा बुँदाले दुवै पक्षतिर समस्या ।
२) माओवादी केन्द्रलाई अवैधानिक दाबी गरिएको निवेदन खारेज गर्ने निर्वाचन आयोगको निर्णय, निर्वाचन आयोगको निर्णयविरुद्ध सर्वोच्च जाने एमाले नेता टोपबहादुर रायमाझीको प्रतिक्रिया ।
३) पेट्रोलिय पद्धार्थमा गरिएको मूल्यवृद्धि फिर्ता नलिएको भन्दै विपक्षी गठबन्धनका विद्यार्थी संगठनद्वारा थप आन्दोलनका कार्यक्रम घोषणा, भोलिदेखि आयल निगमका गाडी चल्न नदिने निर्णय ।
४) हाइटीका राष्ट्रपति मोइज हत्याको घटनामा उनकी पत्नीले दिइन बयान, आँखा झिम्क्याउनेभन्दा छोटो समयमा आतंकवादीले शरीरभरि गोली हानेको उल्लेख, हत्यामा २८ जनाको संलग्न रहेको प्रहरीको दाबी ।
५) र, साफ च्याम्पियनसिप आयोजना गर्ने अवसर आए अगाडि सर्न र आवश्यक प्रक्रिया थाल्न प्रधानमन्त्रीको निर्देशन, थ्री नेसन्स कप विजेता खेलाडी र प्रशिक्षक पुरस्कृत ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।