काठमाडौं- मृत्यु भएका व्यक्तिको हस्ताक्षर कीर्ते गरी सामाजिक सुरक्षा भत्तामा घोटाला गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालीन दुई गाविस सचिवविरुद्ध मुद्दा दायर गरेको छ।
जाजरकोटको साविक लहँ गाविसका तत्कालीन सचिवद्वय दोर्णप्रसाद पौडेल र दीपक सुनारविरुद्ध अख्तियारले भ्रष्टाचार मुद्दा दायर गरेको हो।
उनीहरूले सामाजिक सुरक्षा भत्ता वितरण गर्दा सम्बन्धित व्यक्तिलाई नबुझाई कीर्ते हस्ताक्षर ल्याप्चे गरी बुझी भरपाई खडा गर्नुका साथै मृत्यु भइसकेको कतिपय व्यक्तिको नाउँको भत्ता निकासा लिई हिनामिना गरेको अख्तियारले जनाएको छ।
गाविस सचिव पदमा कार्यरत दोर्णप्रसाद पौडेलले विभिन्न आर्थिक वर्षमा सामाजिक सुरक्षा भत्तावापतको रकम वितरण गर्दा झुठा कागज तयार गरी ५ लाख ९३ हजार २ सय व्यक्तिहरुलाई नबुझाई घोटाला गरेको पाइएको अख्तियारले जनाएको छ।
त्यस्तै, दीपक सुनारले विभिन्न आर्थिक वर्षमा सामाजिक सुरक्षा भत्तावापतको रकम वितरण गर्दा झुठा कागज तयार गरी ४ लाख ४० हजार सम्बन्धित व्यक्तिहरुलाई नबुझाई अनियमित गरेको भन्दै अख्तियारले मुद्दा दायर गरेको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।