काठमाडौं- शनिबारका मुख्य घटनाक्रमसहितको नेपाल लाइभ समाचारका शीर्षकहरू:
१) नेकपा (एमाले) को विवाद समाधान कार्यदलले आज पनि टुंगोमा पु¥याउन सकेन ‘अन्तिम सहमति’, भोलि एकताको सन्देश दिने नेता गोकर्ण विष्टको दाबी ।
२) प्रधानमन्त्री ओलीले धोका दिन सक्ने भन्दै चनाखो हुन माधव नेपाललाई भेटेर प्रचण्डको सुझाव, आफू निकटका नेताहरूसँग छलफल गरेर अघि बढ्ने नेता नेपालको भनाइ ।
३) चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष डा. गिरीको मुद्दाका साक्षी डा. भोजराज अधिकारी बीएण्डसीको अनुगमन टोलीबाट बाहिरिए, अनुगमनमा टोलीबाट भए/गरेका काममा आफ्नो कुनै संलग्नता नरहेको उल्लेख ।
४) रूसी साइबर हमला रोक्नका लागि अमेरिकाले ‘आवश्यक कारबाही’ गर्ने राष्ट्रपति जो बाइडेनको चेतावनी, अमेरिकी विभागबाट कुनै पनि अनुरोध प्राप्त नभएको रुसको दाबी ।
५) र, जारी युरोकप फुटबलले युरोपका थुप्रै देशमा डेल्टा भेरियन्टका संक्रमित बढेको भन्दै विज्ञहरुको चिन्ता, फुटबल समर्थकहरुले मास्क र सामाजिक दुरीसमेत उल्लंघन गरेको दाबी ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।