• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, साउन २६, २०८३ Tue, Aug 11, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
महाधिवेशन विशेष

म, विमलेन्द्र र प्रकाशमानमध्ये एकजना सभापतिको उम्मेद्‌वार हुन्छौं : डा. शशांक कोइराला (अन्तर्वार्ता)

64x64
नेपाल लाइभ शनिबार, असार २६, २०७८  १४:१९
1140x725

नेपाली कांग्रेसका महामन्त्री शशांक कोइरालाले पार्टीको आगामी नेतृत्व दोश्रो पुस्ताका नेताले गर्ने बताएका छन्। न्यूज एजेन्सी नेपालसँगको अन्तर्वार्तामा उनले पार्टी नेतृत्व हस्तान्तरण हुने बेला आइसकेकाले अबको नेतृत्व आफू, विमलेन्द्र निधि र प्रकाशमान सिंमध्ये एक जनाले लिने उद्घोष गरे। सभापति शेर बहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलले अभिभावकत्वको भूमिका निर्वाह गर्नुपर्ने भन्दै उनले नेताद्वयलाई आफूले त्यस किसिमको भूमिकाका लागि आग्रह गर्ने बताउ। तेरो र मेरो भन्ने स्वभावका कारण देउवा सफल सभापति बन्न नसकेको कोइरालाको टिप्पणी छ। तीन नेताको भेटघाटलाई पार्टीभित्र नयाँ शक्ति र गुट निर्माणका लागि नभई एकताको लागि भएको एउटा सफल र प्रभावकारी प्रयासको रुपमा बुझ्न उनको आग्रह छ। 

प्रस्तुत छ , कांग्रेसको आसन्न महाधिवेशन, क्रियाशील सदस्यता तथा नयाँ नेतृत्वका सम्बन्धमा नेपाली काग्रेसका महामन्त्री कोइरालासँग गरिएको कुराकानी :

महाधिवेशनको तयारी कहाँसम्म पुगेको छ, व्यक्तिगत र संस्थागत रुपमा?
सबै भन्दा पहिला म पार्टीकै तयारीको कुरा गर्न चाहन्छु। अहिलेसम्म क्रियाशील सदस्यताको टुंगो लाग्न सकेको छैन। यो अन्त्य अन्त्यसम्म आइपुगेको छ। मलाई लाग्छ यो महिनाको अन्त्यसम्म क्रियशील सदस्यताको अन्तिम टुंग्गो लाग्छ र एउटा खाका तयार हुन्छ। त्यसपछि हामी अधिवेशनतर्फ जान्छौं। अहिले पार्टीको ध्यान नै क्रियाशीलतर्फ छ। आजपनि हाम्रो मिटिङ भएको थियो। क्रियाशील सदस्यतामा के गर्ने भनेर कुरा भएको थियो। केन्द्रीय सदस्यहरु रामचन्द्र दाइ, शेखर डाक्टर साहेब, मिनेन्द्र रिजाल र अन्य सदस्यहरु पनि हुनुहुन्थ्यो। हामी क्रियाशील सदस्यतालाई कसरी टुंगो लगाउने भनेर छलफल गर्दै थियौं। क्रियाशील टुंगो नलगाइकन त हामी महाधिवेशनमा जान सक्तैनौं। त्यही नै अवस्था हो।

क्रियाशील सदस्यता तत्काल टुंगो लाग्न सक्ने अवस्था देखिएको छैन। यसले महाधिवेशनलाई प्रभाव पो पार्छ?
यो महिनाभित्र क्रियशील सदस्यता टुंगो लगाउन सकिएन भने त आशंका त भइहाल्यो नि। यति जटिल क्रियाशिल सदस्यको बारेमा, हरेक जिल्लामा केही न केही छ। भन्छन् ४६ जिल्लामा भइसक्यो। त्यसमा पनि उजुरीहरु आएको छ, त्यसलाई पनि हेर्नुपर्‍यो। तसर्थ, अहिलेको अवस्थामा भन्न सकिँदैन कि समयमा नै अधिवेशन हुन्छ कि हुँदैन। प्रश्न चिन्ह चाहिँ छ। तर, हाम्रो ध्यान त्यतैतिर गएको छ। र, हामी क्रियाशील सदस्यता छिटो टुंग्याउँ भनेर भरमग्दुर प्रयास गर्दैछौं।

अहिले शीर्ष नेताका तीनजना पुत्र नेताहरुको संयुक्त भेटघाटलाई लिएर विभिन्न विश्लेषण भएका छन्। अर्को गुट आउन खोज्यो अथवा शक्ति केन्द्रित गर्न खोजियो भनेर पनि टिप्पणी भएका छन्। खासमा के थियो तपाईंहरुको बैठकमा?
खासमा विमलेन्द्र निधिले नै इनिसियट गर्नुभएको हो। सबैभन्दा पहिले उहाँको वैवाहिक सम्बन्धको ३५ वर्ष भएको थियो। त्यो दिन प्रकाशमान सिंह र मलाई बोलाउनुभयो। दोश्रोपटक यहीँ (कोइरालानिवास) मिटिङ गर्‍याैं र तेश्रोपल्ट प्रकाशमानजीकोमा। हाम्रो भनाइ के थियो भने, हामी पनि एकै ठाउँमा उभिनुपर्‍यो।

सभापतिका लागि हामी ३ जनामध्ये कोही लड्छ भने ठिकै भयो। हामीमध्ये एकता हुनुपर्‍यो भन्ने कुरा आयो। यसमा धेरै कुराहरु उत्पन्न छन्। एउटा कि विमलेन्द्र निधिले शेरबहादुरजीलाई छाड्नुभयो भने भन्ने पनि संकेत देखिन्छ। दोश्रो कुरा, हामी तीनै जनामध्ये एकजना लड्ने, तर त्यत्तिले पुग्दैन। रामचन्द्र दाइ, शेखर दाइ हुनुहुन्छ, प्रकाशमान र म त छँदै छु। विमलेन्द्र निधि हुनुहुन्छ। मैले के भनेँ भने, हामी तीनजनाबाट ५ जना गरौं, ५ जनाबाट ७ जना गरौं, ताकि हामी एउटै सुत्रमा बाँधिन सकौं भन्ने धारणा हाम्रो थियो। तर, यता आएर हाम्रो बीचमा केही छलफल भएको छैन।

हामी तीनजना एकठाउँमा उभियौं भने वेभ पनि आउँछ र पार्टी संगठनलाई राम्रो गर्छ भन्ने दृष्टिकोणले नै गर्नुभएको रहेछ, विमलेन्द्रजीले। राम्रो पनि भयो। नकारात्मक पक्षहरु पनि छन् तर त्यो भन्दा भन्दै पनि हामीले तीनैजना एकै ठाउँमा (नेतापुत्रहरु) उभियो भने नेपाली कांग्रेस एकैठाउँमा आउँछ भन्ने संकेत चाहिँ प्रष्टै रुपमा दिएको छ।

nimb
nimb
Ncell 2
Ncell 2

मुलुकको राजनीतिक अवस्था प्रतिकूल भएकाले नेतृत्व परिर्वतन नगरौं भन्ने आवाज पनि छ। फेरि तपाईंहरू नेतृत्व परिवर्तनका लागि पहल पनि गरिरहनु भएको छ। समय आएको हो पुस्तान्तरण वा नेतृत्व परिवर्तनको?
समय त आएको छ। मेरो भनाइ के हो भने। अधिवेशन आउँदै छ। हामीले अधिवेशनमा नेतृत्व परिवर्तन गर्नुपर्छ। किनभने हाम्रो दुर्दशा भएको छ अहिलेको अवस्थामा। यसलाई दृष्टिगत गरेर नेतृत्व परिवर्तन गर्नुपर्छ भन्नेमा हामी तीन जना नेता पुगेका छौं। कसरी हुन्छ परिर्वतन? कसले गर्छ परिर्वतन? त्यो प्रश्न त आजसम्म यथावत नै छ। तसर्थ, हामी ३ जना, ५ जना, ७ जना हुँदै समूहलाई ठूलो पार्दै गयो भने एकै ठाउँमा उभिन सक्ने सम्भावना हुन्छ। त्यसले पार्टीलाई  पनि मजबुत पार्छ। एकै ठाउँमा उभिँदा शक्ति पनि मिल्छ र एकजना मात्रै उम्मेदवार भयो भने पुस्ता हस्तान्तरण गर्न सजिलो हुन्छ भन्ने ध्येयले हामीले यो प्रोग्राम सञ्चालन गरेको हो।

तीनै जना नेतृत्वको आकांक्षी हुनुहुन्छ। कि त व्यवस्थापन गर्न पर्‍यो, कि त तीनै जना लड्नुपर्‍यो। व्यवस्थापन गर्न सकिन्छ? 
योे त हामीबीचको वार्ताबाट नै समाधान हुनसक्छ। होइन भने त तीनै जनाले लड्नुपर्‍यो। वार्तामा बसेर कुनै टुंगोमा त पुर्‍याउनुपर्‍यो नि। हामीलाई लाग्छ कि नेतृत्व परिर्वतन हुनुपर्छ र हामी गम्भीर छौं। तर, तीनै जना उभियौं भने त फेरि परिर्वतन हुँदैन। हामीमध्ये एक जना उभियौं भने चाहिँ सजिलोसँग हस्तान्तरण हुन्छ भन्ने मलाई लागेको छ।

त्यो समयमा रामचन्द्र पौडेल र शेरबहादुर देउवाको व्यवस्थापन कसरी गर्नुहुन्छ?
शेरबहादुरजीको त धेरै उमेर पनि भइसक्यो। रामचन्द्र दाइ पाको मान्छे हुनुहुन्छ। उहाँको राजनीति धेरै उतारचढाब भयो। तर, मलाई लाग्छ उहाँले पनि अघि आएर अभिभावकको रुपमा लिनुपर्ने हो ठाउँ। तर, उहाँ पनि प्रत्यासी त हुनुहुन्छ। उहाँलाई हामीले सम्झाउन सक्नुपर्‍यो कि–तपाईं अभिभावकको भूमिका खेलेर हामीलाई गाइड गर्नुहोस्। मलाई लाग्छ शेरबहादुरजीको पनि त्यही नै अवस्था देखिन्छ। उहाँहरु कतिञ्जेलसम्म राजनीति गरिरहनुहुन्छ त? अभिभावक बनेर हामीलाई गाइड गर्नुपर्ने बेलामा उहाँहरु आफैं लड्ने विचार गर्दै हुनुहुन्छ। यसरी चाहिँ अप्ठयारो हुन्छ।

अहिले महामन्त्री हुनुहुन्छ। तपाईंको आफ्नो तयारी कस्तो छ? आफ्नो उम्मेदवारीलाई कसरी स्थापित गर्नुहुन्छ?
सबैभन्दा पहिले त मैले देशभरीका कांग्रेसका कार्यकर्ताहरुसँग भेटघाट गरिरहेको छु। उनीहरुको राय, सल्लाह, सुझाव एउटा त्यो भयो। दोश्रो कुरा नेताहरुबीचमा पनि संवाद हुनु जरुरी छ। हुन त कुरा भइरहेको छ नभएको होइन। शेखर दाइ, प्रकाशमानजी, रामचन्द्रजी र विमलेन्द्रजीसँग पनि कुरा त भइरहेको छ। हामी यही आधारमा अगाडि बढ्यौं भने एउटा टुंगोमा पुग्छौं। म हुन्छु वा को हुन्छ। जो सुकै होस्। एकजना उभिनुपर्छ। अहिलेको दृष्टिकोण मेरो त्यही नै हो।

आफ्नो कार्यकालमा शशांक कोइरालाले बोल्नुपर्ने बेलामा बोलेनन्, कार्यकाल सकिएको समितिले भटाभट नियुक्तिहरु गर्‍यो, त्यसमा दह्रो गरि बोलेनन्। नेतृत्वले आफ्नो हिसाबले पेलेर नियुक्ति दिने, मनोनय गर्ने गर्दा पनि बोलेनन् भन्ने आरोप छ नि?
म भन्न चाहन्छु, एउटा त शेरबहादुर हाम्रो सभापति। हाम्रो यत्रो हार भयो चुनावमा हरेकले उहाँलाई विरोध गरे। म मात्रै एउटा व्यक्ति थिएँ जसले उहाँलाई डिफेण्ड गरेँ। मैले के भनेँ भने उहाँको मात्रै गल्ती होइन। हामी पनि पदाधिकारीहरु हौं। हाम्रो पनि उत्तिकै गल्ती हो। म ढाल बने शेरबहादुर जीको। मैले शेरबहादुर जीलाई धेरै सेभ गरेको हो। र, मैले नै विरोध गरिदिएको भए त पार्टी बिग्रेर जानसक्ने अवस्था थियो। त्यसकारण मैले शेरबहादुरजीको ढाल बनेर उहाँलाई प्रोटेक्ट गरेको हुँ। नभए त मैले पनि त बोल्न सक्थेँ नि। तपाईंले भन्नुभयो किन बोलिनस् भनेर? त्यही उत्तर म तपाईंलाई दिँदै छु। मैले बोलेको भए उहाँको विरोधमा बोल्नुपर्थ्यो। विरोधमा बोलेको भए अवस्था के हुन्थ्यो पार्टीभित्र? त्यो हिसाबले मैले नबोलेको।  

तर, यता पार्टी विधान, संविधानभन्दा बाहिर गएर बोलेको चाहिँ? एकपटक होइन तीन–तीन पटक धर्मको बारेमा बोल्नुभयो।
हाम्रो संविधान बन्दै थियो। त्यो बेला मैले सुशीला दालाई (सुशील कोइराला) भनेँ, ‘हेर्नुहोस् सुशील दा, यो बीपी कोइरालाले बनाएको पार्टी हो। यो चारतारे झण्डामा एउटा तारा धर्म स्वतन्त्रताको प्रतिक हो। तपाईंले धर्मनिरपेक्षता किन गर्दै हुनुहुन्छ? उहाँ हतारमा हुनुहुन्थ्यो। ५, ७ दिन मात्रै बाँकी थियो। उहाँले भन्नुभयो ‘यो प्रेसर छ मलाई के गर्छस्। पछि यो चेञ्ज गरौँला।’ त्यो भनिसकेपछि मैले बोल्ने कुरा आएन। किनभने संविधान नै दिनुभएन भने त सुशील कोइराला पनि फेलियर भएर जानुहुन्छ। उहाँले अन्त्यमा संविधान दिन त सफल हुनुभयो नि। यो त नेपाली कांग्रेसका लागि ठूलो उपलब्धि हो नि। त्यो उपलब्धि पनि जान सक्ने सम्भावना देखेँ। त्यसैले मैले धेरै प्रेसर गरिनँ उहाँलाई।

सभापतिको उम्मेदवारी दिँदै गर्दा यहाँका मुद्दाहरु के के हुनेछन्?
सबैभन्दा पहिला पार्टीलाई एकजुट बनाउने कुरा छ। हाम्रो धरासायी हुने प्रथम कारण के हो भने टुक्रा टुक्रा भएको, गुटउपगुटहरुले ध्वस्त पारेको छ। सभापति आजको मितिमा पनि तेरो मान्छे , मेरो मान्छे भन्नुहुन्छ। उहाँ त सबैको सभापति हो नि। उहाँले आफ्नो धारणा परिर्वतन गरेको भए उहाँ नै सफल सभापति हुनुहुन्थ्यो। तर, उहाँले आजको मितिसम्म ‘उसको मान्छे ,मेरो मान्छे’ भन्नुहुन्छ। म के चाहन्छु भने पार्टीलाई एक बनाऔं। पार्टीभित्र अहिलेको विधान राम्रो विधान होइन। शक्तिलाई सन्तुलित राख्नका लागि मनोनित गर्ने ठाउँ हुनुपर्‍यो। महामन्त्री एकजना, उपसभापति यति जना भनेर उसको पार्टीप्रतिको पकड बलियो हुनुपर्‍यो। सबैले लडेर हुँदैन। अधिवेशन भइसकेपछि महासमिति डाकेर यो विधानमा परिर्वतन ल्याउनुपर्छ भन्ने मैले सोचेको छु।

शासकीय स्वरुपलाई पनि सत्तारुढ दलले बहसमा ल्याउनुपर्छ भनेको छ। प्रत्यक्ष निर्वाचित राष्ट्रपतिको कुरा गरिरहेको छ। यसमा तपाईंको टिप्पणी के छ?
प्रत्यक्ष निर्वाचित राष्ट्रपतिको विषय धेरै वर्षदेखि उठिरहेको छ। म चाहिँ वेस्टमिनिस्टर सिस्टममा नै विश्वास गर्छु। पहिले दलको नेता हुन्छ। हाउसमा आफ्नो बहुमत ल्याउँछ। त्यही अनुसार हामी जानुपर्छ। प्रेसिडेन्सियल सिस्टम, डाइरेक्ट चुनाव प्रेसिडेन्सको, त्यो हाम्रो लागि राम्रो हुँदैन

क्रियाशील सदस्यको छिनोफानो, उम्मेदवार लगायत टुंगो लागेर महाधिवेशनको अर्को कार्यतालिका कहिलेसम्म आउला?
सबैभन्दा पहिला त क्रियाशील सदस्यतालाई यो महिनाको अन्तिमसम्म टुंग्याउनुपर्छ। त्यसमा हामी लागि रहेका पनि छौं। समिति बनाएर जिम्मा पनि लगाएका छौं। अरु पार्टीबाट आएका पनि समावेश हुनुपर्‍यो। विजय गच्छदारको पार्टी, सुनिल थापाजीको पार्टीको क्रियाशीलहरु पनि समावेश हुनुपर्‍यो। त्यसपछि हाम्रो आन्तरिक पनि समावेश हुनुपर्‍यो। मलाई लाग्छ यो शीघ्र नै सम्पन्न हुन्छ। त्यसमा फेरि विवाद भयो भने हाम्रो अधिवेशनलाई नै असर गर्छ।

प्रकाशित मिति: शनिबार, असार २६, २०७८  १४:१९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
आयरल्यान्डलाई हराउँदै अफगानिस्तान २०२७ को विश्वकपमा छनोट
अर्थमन्त्री र बहुराष्ट्रिय ठूला करदाता कम्पनीबीच छलफल, नेपालमा २०० अर्ब लगानी थपिँदै
रहेनन् वरिष्ठ साहित्यकार डा. राजेन्द्र बिमल, शोकमा डुब्यो जनकपुर
सम्बन्धित सामग्री
कांग्रेसले स्थगित गर्‍यो १६ जिल्लाको अधिवेशन नेपाली कांग्रेसले १६ जिल्लाको अधिवेशन अनिश्चितकालका लागि स्थगित गरेको छ। कोरोना भाइरसको संक्रमण बढिरहेकाले अधिवेशन हुन बाँकी रहेका ज... शुक्रबार, माघ ७, २०७८
योग्यता नपुगेका विनोद चौधरी, उमेश श्रेष्ठ, मोहन आचार्य र जीवन राना कसरी बने उम्मेदवार? कांग्रेसको केन्द्रीय सदस्य बन्नको लागि निरन्तर १० वर्ष क्रियाशील सदस्य रहेको हुनुपर्ने मुख्य प्रावधान छ। जुन कांग्रेस विधानको धारा २... शुक्रबार, पुस ३०, २०७८
एमाले जिल्ला अधिवेशन : कञ्चनपुरमा विष्ट प्यानलको अग्रता नेकपा (एमाले) कञ्चनपुरको नेतृत्व चयनका लागि भएको निर्वाचनको मतगणना कार्य जारी छ। ३ सय ७० मत गणना हुँदा अहिलेसम्म अध्यक्षसहितका पदाधि... बुधबार, पुस २८, २०७८
ताजा समाचारसबै
आयरल्यान्डलाई हराउँदै अफगानिस्तान २०२७ को विश्वकपमा छनोट मंगलबार, साउन २६, २०८३
अर्थमन्त्री र बहुराष्ट्रिय ठूला करदाता कम्पनीबीच छलफल, नेपालमा २०० अर्ब लगानी थपिँदै मंगलबार, साउन २६, २०८३
रहेनन् वरिष्ठ साहित्यकार डा. राजेन्द्र बिमल, शोकमा डुब्यो जनकपुर मंगलबार, साउन २६, २०८३
त्रिविका उपकुलपतिले एकपटक अवश्य पढून् मंगलबार, साउन २६, २०८३
ब्रोड पिक’ हिमपहिरोमा निधन भएका ३ नेपालीको शव आज काठमाडौँ ल्याइँदै मंगलबार, साउन २६, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
फिल्मका लागि घर बोलाएर नशालु पदार्थ खुवाई बलात्कार, भिडियोसमेत बनाएर ब्ल्याकमेल, ७३ वर्षीय निर्देशक शकील नूरानी पक्राउ सोमबार, साउन २५, २०८३
घट्यो सुनको मूल्य, हेर्नुस् कतिमा हुदैछ कारोबार ? सोमबार, साउन २५, २०८३
‘सिंहदरबार’ नाममाथि बहस चल्दा शङ्कर पोखरेलले सम्झाए सिंहका ६ विशेषता सोमबार, साउन २५, २०८३
काठमाडौं विश्वविद्यालयको कुलपतिका लागि तीन जनाको नाम सिफारिस सोमबार, साउन २५, २०८३
नेपाली क्रिकेटको कप्तानीमा फर्किए सन्दीप, एसीसीसी प्रिमियर कपका लागि टोली घोषणा सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
त्रिविका उपकुलपतिले एकपटक अवश्य पढून् अनिकेत तिवारी
नेपाल महिला संघको अबको भूमिका के? डा. डिला संग्रौला
नेपालको राजनीति: दलगत विभाजनभन्दा माथि उठेर जनमुखी राजनीति कहिले? सुरेश गिरी
भारतीय लोकतान्त्रिक इतिहासको कालो दिन: अवैध निर्वाचित गान्धीले किन लगाइन् आपतकाल नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
प्रधानमन्त्री बालेनविरुद्ध उत्रिएका सांसदलाई कडाइ गर्दै रास्वपा शुक्रबार, साउन २२, २०८३
बिहानै जागे प्रधानमन्त्री बालेन, देखाए सरकारकाे उपलब्धि शनिबार, साउन २३, २०८३
लेनदेनका लिखत प्रमाणित गर्दा दुई रुपैयाँ मात्रै शुल्क लिन स्थानीय तहका नाममा परमादेश जारी आइतबार, साउन २४, २०८३
जेलमुक्त पत्रकार खेम भण्डारीले के भने ? (भिडियो) शनिबार, साउन २३, २०८३
किशोरीको डिम्ब निकालेको घटना : प्रहरी बयानमा के भनिन् डा नुतनले? आइतबार, साउन २४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्