• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज ७, २०८३ Wed, Sep 23, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
जीवनशैली

बालबालिकाका आँखा कसरी जोगाउने? यी हुन् उपयुक्त उपाय

डा. वसन्त पौडेल बुधबार, साउन १३, २०७८  ०७:१३
1140x725

आजको युग डिजिटल युग हो। डिजिटल युगसँगै दिनदिनै नयाँ नयाँ प्रविधिहरू विकसित भइरहेका छन्- मोबाइल, कम्प्युटर, ल्यापटप, टेलिभिजन, ट्याबलेट आदि। इन्टरनेटको बढ्दो विकाससँगै यसको प्रयोग पनि दिनानुदिन बढ्दो छ। गाउँ होस् या शहर, बालबालिका, युवा हुन् या पाको उमेरका, देशमा होस् या विदेश संसार एउटै छाना भइसकेको छ।

प्रविधिको विकाससँगै विकृति र विनास पनि बढिरहेको छ। सामाजिक सञ्जालको बढ्दो प्रयोग, कोरोना भाइरसको माहमारीसँगै कार्यालयको काम घरबाट (work form home), अनलाइन पठनपाठन लगायतका कारणले गर्दा यसको प्रयोग दिनानुदिन बढ्दो छ। अविभावकहरूले आफ्नो व्यस्तताको कारणले साना–साना बालबालिकाको हातमा मोबाइल वा ल्यापटप दिने गरेका हुन्छन् भने कतिपय अभिभावक एकातिर बच्चाहरूलाई यस्ता सामग्री दिएर अर्काेतिर घण्टाैंसम्म सोसल मिडियामा व्यस्त हुने गरेको पाइन्छ।

हामीले फुर्सद मिल्यो कि सामाजिक सञ्जालमा जतिपनि समय कटाइदिन सक्छौं। दिन होस् या रात, धेरै समयसम्म मोबाइलमा गेम खेलिरहने, चाहिने नचाहिने साइटहरू हेर्ने, घण्टाैंसम्म युट्यबमा भिडियोहरू हेर्ने जस्ता बानीको विकास भइरहेको पाइन्छ, युवा पुस्तामा।

आजभोलि साना साना बालबालिका रोए वा खाना खान मानेनन् भने मोबाइल/ल्यापटप देखाएर मनाउने वा खाना खुवाउने गरिन्छ। यो खराब बानी बालबालिकाहरूले सानै उमेरबाट नै आफ्ना अभिभावकमार्फत् सिकिरहेका हुन्छन्। जसको कारण लामो समयसम्म बच्चाहरूको बानी नै मोबाइल/ल्यापटप चलाउने भइसकेको हुन्छ। यसको सबैभन्दा बढी असर बच्चाको आँखा, दिमाग र व्यक्तित्व विकासमा समेत पर्छ।

जस्तै:

-सानो–सानो कुरामा रुने–कराउने वा छिटो–छिटो रिसाउने।
-मोबाइलबिना एक ठाँउमा शान्तसँग बस्न नसक्ने वा रिसाइ रहने।
-पढाइ/लेखाइमा ध्यान नदिने, सानो सानो कुरामा झगडा गरिरहने।
-परिवारका सदस्यसँग कुराकानी गर्न नचाहने तर एकान्तमा बस्न मन पराउने।
-कोही आफन्त इष्टभित्र कसैको मतलब नगर्ने इत्यादि।

 

कम्प्युटर, ल्यापटप, मोबाइल लगायतका उपकरणले आँखामा के-कस्ता असर गर्छन्?
कम्प्युटर, मोबाइल, टेलिभिजन लगायतका उपकरणकले आँखामा तत्कालीन तथा दीर्घकालीन असर गर्छ। तत्कालीन असरहर : आँखा पोल्ने, बिझाउने, टाउको दुख्ने, आँखाबाट आँसु आउने, आँखा रमरम हुने, निद्रा लागेजस्तो हुने, थकान महशुस हुने, छिटो–छिटो रिस उठने लगायतका समस्या हुन्छन्।

Ncell 2
Ncell 2
nimb
nimb

दीर्घकालीन असरहरू : आँखाको पावर कम हुँदै जाने, आँखा एकदम सुख्खा हुने, आँखा सधै रातो भइरहने, मन्द मन्द टाउको दुख्ने, आँखामा मासु पलाउने, आँखाको नानी तथा रेटिनामा असर पर्दछ। लगातार कम्प्युटर तथा मोबाइल चलाउँदा आँखालाई बल पर्छ। लगातार एकोहोरो रुपमा कम्प्युटर तथा मोबाइल चलाउँदा आँखामा भएको आँसुको तह उडेर जान्छ। आँखामा भएको आँसुको तह उडेर गएपछि आँखाको नानीमा असर पुग्छ।

                डा. वसन्त पौडेल

 

बालबालिकाहरूमा आँखाको समस्या कसरी पत्ता लगाउने?
बालबालिकाहरूको बढी समय नजिकको काममा नै बित्ने भएकाले आँखाको समस्या छ कि छैन भनेर पत्ता लगाउन सबैभन्दा गाह्रो हुन्छ। त्यसैले अभिभावकहरूले निम्न कुराहरूमा ध्यान दिन सके आफ्ना बालबालिकामा आँखामा समस्या छ छैन सजिलै पत्ता लगाउन सकिन्छ।
-मोबाइल वा टिभी धेरै नजिकबाट हेर्ने।
-थोरै टाढाको खेलौना, सामान वा मानिस चिन्नको लागि आँखा सानो पारेर हेर्ने वा घाँटी टेढो गरेर हेर्ने।
-आँखा धेरै झिम्काउने वा आँखा धेरै माँड्ने।
-पढ्न/लेख्न बसेको बेलामा टाउको दुख्ने वा आँखाबाट आँसु आउने।
-टेढो आँखा हुनु।
-अस्वभाविक रुपमा कुनै वस्तु धेरै नजिक ल्याएर हेर्नु आदि।

आँखाको समस्याबाट बालबालिकाहरूलाई बचाउन धेरै महत्त्वपूर्ण छ। यस्ता समस्या सुरु भएमा र समयमै सावधानी नअपनाइएमा दिनदिनै बच्चाको आँखा कमजोर हुँदै जान्छन्। जसको कारण बच्चाहरूमा दृष्टिदोष हुने र आँखा टेढो हुने सम्भावना हुन सक्छ। यसले गर्दा बच्चाको पढाइ/लेखाइका साथसाथै मानसिक विकास, व्यक्तित्व विकास, समाजिक विकासमा पनि नकारात्मक असर पर्ने र भविष्यमा कुनै काम गर्दा आत्मबल कमजोर हुने हुन्छ। जसले परिवार र समाजमा नकारात्मक असर पार्न सक्ने सम्भावना हुन सक्छ।

समाधानका उपायहरू :
-बन्दकोठा भन्दा बाहिरी वातावरण जस्तै खुल्ला चौर, बगैँचा, घरको आँगन, छत, उज्यालो घाम आउने ठाउँहरूमा बालबालिकाहरूलाई कम्तिमा दिनको दुई तीन घण्टा खेल्न प्रोसाहन गर्नुपर्दछ।
-अध्याँरो कोठामा धेरै समयसम्म त्यस्ता सामानहरू नचलाउने, चलाउनै परे कोठाको बत्तीहरू बाली चलाउनु पर्दछ।
-आँखाको नजिकै राखी नचलाउने, कम्तिमा पनि आँखावाट ५०/६० सेन्टिमिटरको दूरीमा राख्ने।
-एकोहोरो हेरिरहँदा असर पर्ने हुँदा एक पटकको लागि बढीमा तीस मिनेटको समयसम्म प्रयोग गर्ने।
-बेलाबेलामा आँखाको परेला झिम्काइरहने, साथै अलि टाढाको कुराहरू हेर्ने।
-बेलाबेलामा आँखाको सरसफाइमा ध्यान दिने।
-करिब ९० प्रतिशत मानिसमा आँखालाई सही तरिकाले सफा गर्न आउँदैन।
-पानीमा आँखा डुबाउने वा आँखा पानीले पखाल्ने दुवै सफा गर्ने गलत तरिका हुन्।
-आँखाको वरिपरि मात्र सफा गर्नुपर्छ। आँखा भित्रको सफाइ आँखा आफैंले गर्ने गर्छ।
-सही तरिकाले आँखा सफा गरेमा पनि आँखाका धेरै समस्या आफैं हटेर जान्छन्।
-आँखाको स्वास्थ्यका लागि प्रशस्त मात्रामा पानी पिउनुपर्दछ। हरियो सागसब्जी फलफूलको प्रशस्त सेवन गर्ने गर्नुपर्दछ।
-जाँड, रक्सी, खैनी, सुर्ति, चुरोटजस्ता नसालु पदार्थ सेवन गर्नु हुँदैन।
-ल्याबटप तथा कम्प्युटर १ सय १५ डिग्रीको एङ्गलमा चलाउनुपर्छ।
-कम्प्युटर, ल्यापटप, मोबाइल चलाउँदा समय समयमा बेस्सरी आँखा झिम्काउनुपर्छ।
-२० मिनेटसम्म लगायतार यी उपकरण चलाएको छ भने २० सेकेण्डसम्म टाढा हेर्ने र २० सेकेण्ड आँखा बन्द गर्ने गर्नुपर्दछ।
-आँखालाई धेरै बल तथा तनाव दिनु हुँदैन।

कुन अवस्थामा मानिसहरू चिकित्सकको परामर्शमा जान आवश्यक छ?
-आँखाको अवस्था थाहा पाउन हरेक ६/६ महिनामा नियमित आँखा परीक्षण गर्न आवश्यक हुन्छ।
-कतिपय आँखाकाे समस्या थाहा नै नपाइ हुने गर्दछन्। त्यसैले समय समयमा  नियमित  आँखा परीक्षण गरि चिकित्सकाे परामर्श लिनु पर्दछ।
-बालबालिकाहरूलाई  पहिलाेपटक विद्यालय भर्ना गर्नुभन्दा पहिला आँखाकाे परीक्षण गराउनु पर्छ।
-समयमै आँखाको परीक्षण गराएर भविष्यमा निम्तने आँखाकाे समस्याबाट बच्न सकिन्छ। त्यसैले समय समयमा नियमित आफ्नाे आँखा परीक्षण गराउनुपर्दछ।

(डा. पौडेल वरिष्ठ दृष्टि विशेषज्ञ हुन्)

प्रकाशित मिति: बुधबार, साउन १३, २०७८  ०७:१३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
राष्ट्रपति पौडेल र कार्यवाहक प्रधानमन्त्री वाग्लेबिच भेटवार्ता
‘वन्यजन्तु संरक्षणलाई प्रशासनिक सीमाभन्दा बाहिर लैजानुपर्छ’: मन्त्री चौधरी
एसियाड बक्सिङमा नेपालको पहिलो जित
सम्बन्धित सामग्री
मिर्गौला बिग्रनु अगाडि नै कसरी थाहा पाउने ? खासगरि युरिया र क्रियाटिनिनलाई मिर्गौलाले फिल्टर गर्छ। शरीरमा भएको सबै रगत मिर्गौलाले नै फिल्टर गर्छ। ९८ प्रतिशत रगत शरीरले नै पुनः... शुक्रबार, असोज २, २०८३
डिम्ब निस्कँदा हुने पीडा :महिनावारी चक्रको बीचमा पेट दुख्नु कहिले सामान्य, कहिले चिन्ताको विषय? यसले मुख्यतः दुई प्रश्न उठाउँछ—ओभुलेशनका बेला दुखाइ किन हुन्छ? र यस्तो दुखाइ कहिलेसम्म सामान्य मानिन्छ?ओभुलेशनको समयमा हुने पेट वा श... शुक्रबार, असोज २, २०८३
३–६ वर्षका बालबालिकामा बारम्बार पेट दुख्ने ४ सामान्य कारण केही बालबालिकामा दूध वा अन्य खानेकुरासँग सम्बन्धित व्यक्तिगत संवेदनशीलता हुन सक्छ। त्यसैले बच्चालाई केवल दूधमा निर्भर नराखी उमेरअनुस... शनिबार, भदौ २०, २०८३
ताजा समाचारसबै
राष्ट्रपति पौडेल र कार्यवाहक प्रधानमन्त्री वाग्लेबिच भेटवार्ता बुधबार, असोज ७, २०८३
‘वन्यजन्तु संरक्षणलाई प्रशासनिक सीमाभन्दा बाहिर लैजानुपर्छ’: मन्त्री चौधरी बुधबार, असोज ७, २०८३
एसियाड बक्सिङमा नेपालको पहिलो जित बुधबार, असोज ७, २०८३
जापानमा टाइफुन डुजुआनको कहर, ९ जनाको मृत्यु, ४ जना बेपत्ता बुधबार, असोज ७, २०८३
इन्द्रजात्रा सुरु, हनुमानढोकामा ठड्याइयो लिङ्गो बुधबार, असोज ७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
प्रतिनिधि सभामा रास्वपा सांसदको बोली बन्द!, किन रोके सभामुखले? [भिडियोसहित] मंगलबार, असोज ६, २०८३
रेशम चौधरीको कैद मिनाहा सदर, राष्ट्रपतिको निर्णयविरुद्धको रिट खारेज मंगलबार, असोज ६, २०८३
प्रधानमन्त्री शाहको अमेरिका भ्रमण, के–के छ तालिका? मंगलबार, असोज ६, २०८३
महासभाको यात्रामा बालेनलाई स्वर्णिमले किन दिए ‘द राइज एन्ड फल अफ द ग्रेट पावर्स’? मंगलबार, असोज ६, २०८३
राष्ट्रसंघको महासभामै इरानलाई ट्रम्पले दिए धम्की : सम्झौतामा नआए सर्वनास गरिदिने चेतावनी मंगलबार, असोज ६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्