काठमाडौं- लक्ष्मी बैंकले बूढानीलकण्ठको गणेश चोकमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ। बैंकको यो १३०औँ शाखा हो।
उक्त शाखामार्फत् बैंकले ग्राहकहरूको वित्तीय आवश्यकता पूरा गर्न आवश्यक सम्पूर्ण रिटेल बैंकिङ सेवाका साथै साना तथा लघु व्यवसायीहरूमाझ वित्तीय पहुँच पुर्याउने लक्ष्य राखेको छ।
यससँगै बैंकको सञ्जाल ४८ जिल्लामा १३० शाखा, ६ एक्स्टेन्सन काउन्टर र पाँच हस्पिटल सेवा काउन्टर, १५९ एटीएम, २५ सयभन्दा बढी रेमिट्यान्स एजेन्ट तथा ६१ शाखारहित बैंकिङ एजेन्ट पुगेको बैंकले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।