काठमाडौं- देशभर मनसुनी वायुको प्रभाव रहँदा मौसम सामान्यदेखि पूर्ण बदली रहेको छ। प्रदेश १, बागमती प्रदेश,गण्डकी र सुदूरपश्चिम प्रदेशका केही स्थानहरुमा हल्का वर्षा भैरहेको जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
आज दिउँसो देशभर सामान्य देखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका एक वा दुई स्थानहरुमा मेघ गर्जन/ चट्याङ्गसहित भारी वर्षाको सम्भावना रहेको छ भने प्रदेश १, बागमती प्रदेश र सुदूरपश्चिम प्रदेशको एक वा दुई स्थानहरुमा धेरै भारी वर्षाको पनि सम्भावना रहेको छ।
त्यस्तै आज राति धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिमका एक वा दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित भारी वर्षाको सम्भावना रहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।