काठमाडाैं- सिन्धुपाल्चोककाे मेलम्चीका बाढी पीडितलाई आर्थिक सहयोग उपलब्ध गराइएको छ।
सिन्धुपाल्चोक घर भै हाल इटालीमा बस्दै आएका रवीन्द्र अर्याल र गरिमा भोयज ट्राभल्सको सहयोगमा हेलम्बु तथा मेलम्चीका बाढी पीडितलाई सहयोग गरिएको हो।
शुक्रबार बागमती प्रदेशका पूर्व सामाजिक मन्त्री युवराज दुलालसहितको टोलीले बाढी प्रभावित क्षेत्रमा पुगेर उक्त सहयोग रकम हस्तान्तरण गरेका हुन्।
बाढीमा मृत्यृ भएका तथा बेपत्ता र करेन्ट लागेर मृत्यृ भएका १७ जनाका परिवारलाई जनही २० हजारका दरले सहयोग गरिएको दुलालले जानकारी दिए।
त्यस्तै, बाढी प्रभावित तेर्से मावि, मेलम्ची बचाउ अभियान र हेलम्बु युवा समाजलाई ५५/५५ हजार प्रदान गरिएकाे छ।
यस्तै, मेलम्ची नगरपालिकलाई १ लाख पचास हजार, हेलम्बु र पाँच पोखरी गाउँपालिकालाई एक–एक लाख र रेडियो मेलम्चीलाई २५ हजार सहयोग गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।