Xtreme_Content Block_More Flavors Xtreme_Content Block_More Flavors
Skip This
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, मंसिर १२, २०८३ Sat, Nov 28, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

किन सेलायो ५ दलीय विपक्षी गठबन्धन?

64x64
वीरेन्द्र ओली शुक्रबार, असार २५, २०७८  २१:१५
1140x725

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओली २७ वैशाखमा प्रतिनिधि सभाबाट विश्वासको मत लिन असफल भएपछि नयाँ सरकार गठनका लागि विपक्षी दलसहितको सहकार्य सुरु भएको थियो। जेठ ६ गते साँझ २१ घण्टाको समय दिएर राष्ट्रपति विद्यादेवी भण्डारीबाट संविधानको धारा ७६ (५) को सरकार गठनका लागि आह्वान भएपछि ओपचारिक रुपमै (सत्ता राजनीतिका लागि) ५ दल, नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एमालेको माधव नेपाल पक्ष, जनता समाजवादी पार्टी (जसपा)को उपेन्द्र–बाबुराम पक्ष र राष्ट्रिय जनमोर्चा एक ठाउँमा उभिएका थिए। 

त्यसपछि विपक्षी गठबन्धनका ५ दलका १४९ जना सांसदको हस्ताक्षरसहित कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीको रुपमा प्रस्ताव गर्दै जेठ ७ गते धारा ७६ (५) अनुसारको सरकारमा दाबी पेस भयो। राष्ट्रपतिसमक्ष यस्तो दाबी पदमै रहेका प्रधानमन्त्री ओलीले पनि गरेका थिए। तर, राष्ट्रपतिले धारा ७६(५) अनुसार सरकार गठनका लागि पेस भएको ओली र देउवाको दाबीसमेत अस्वीकार गरिन् र सोही राति प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा संसद नै विघटन गरिदिइन्। 

संसद विघटनपछि ५ दलीय गठबन्धन झन् 'एकताबद्ध' भयो। देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेशको आदेश जारी हुनुपर्ने मागदाबीसहित विपक्षी गठबन्धनका १४६ 'सांसद'ले सर्वोच्च अदालतमा रिट दायर गरे। जस (रिट)माथिको सुनुवाइ सर्वोच्च अदालतमा अहिले फैसला सुनाउने चरणमा छ। 

संसद पुन:स्थापना र देउवालाई प्रधानमन्त्री नियुक्ति गर्ने आदेशको मागदाबी गरिएको रिटमा फैसला सुनाउने मिति (असार २८) गते आउन केही दिन मात्रै बाँकी हुँदा ५ दलीय गठबन्धनका गतिविधि भने सेलाएका छन्। 

तत्कालका लागि प्रधानमन्त्री ओलीविरुद्धका हरेक मोर्चामा एकताबद्ध भएर 'संघर्ष गर्ने' र आगामी निर्वाचनसम्मै सहकार्य गर्ने भनेको गठबन्धनका गतिविधि अहिले धेरै कम भइसकेका छन्। अघिल्लो हप्तासम्म सञ्चार क्षेत्र, कानुन र बौद्धिक जगतका व्यक्तिहरुसँग अन्तर्क्रिया गरिरहेका ५ दलीय गठबन्धनका नेताहरुबीच पछिल्लो समय सामूहिक भेटवार्ता समेत भएको छैन। 

Ncell 2
Ncell 2
nimb
nimb

असार १६ गते नागरिक समाज र बुद्धिजीवीसँग अन्तर्क्रिया गरेपछि एकाध भेटघाट र छलफल तथा वक्तव्यबाहेक ५ दलीय गठबन्धनका गतिविधि शून्यजस्तै हुन पुगेका छन्। असार १६ गतेयता बाहिर दखिनेगरी ५ दलीय गठबन्धनका शीर्ष नेताहरुले गतिविधि गर्न सकेका छैनन्। यद्यपि विद्यार्थी संगठन र युवा संगठनले संयुक्त रुपमा आफ्ना गतिविधि गर्दै आएका छन्। 

पाँच दलीय गठबन्धनका नेताहरुको भेटवार्ता समेत पातलिन छाडेपछि कतिपयले मोर्चाबन्दी टुट्ने हो कि भन्ने चिन्ता पनि गरिरहेका छन्। नेकपा एमालेभित्रको विवाद 'समाधानउन्मुख हुँदै' गएको तथा पार्टी एकताका लागि एमाले वरिष्ठ नेता माधवकुमार नेपालले अध्यक्ष एवम् प्रधानमन्त्री ओलीसँग 'पावर शेयरिङ'का लागि वार्ता गर्न थालेपछि विपक्षी गठबन्धन कमजोर हुँदै गएको महसुस गर्न थालिएको छ। 

एमाले एक हुँदा संसद पुन:स्थापना भएपनि एमाले नेतृत्वकै सरकार बन्ने भएकाले मोर्चा अघि बढ्न समस्या हुने देखिएको हो। तर, कांग्रेस नेता बालकृष्ण खाँड भने एमाले एक हुँदा पनि गठबन्धन नटुट्ने बताउँछन्। 

max tiger cn
max tiger cn
tvs-dashain-2083
tvs-dashain-2083

‘प्रधानमन्त्री ओलीले संविधान प्रतिकूलका निर्णयहरु गर्दै जानुभयो। संविधानको रक्षा, संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा, परिवर्तनलाई संस्थागत गर्न गठबन्धन निर्माण गरेका हौ। गठबन्धनले विभिन्न कार्यक्रम गर्दै आएको छ। फेरि पनि गर्नेछ,’ खाँडले नेपाल लाइभसँग भने, ‘हामी कांग्रेसको महाधिवेशनको काममा केन्द्रित छौं। माओवादी केन्द्र संगठनिक गतिविधिमा ब्यस्त छ। त्यसले गर्दा सुस्त देखिएको हो।’ 

माओवादी केन्द्रका स्थायी समिति सदस्य देब गुरुङ पनि ५ दलीय गठबन्धन सेलाएको भनेर भन्न नमिल्ने जिकिर गर्छन्। गठबन्धनका शीर्ष नेताहरुबीच आवश्यकताअनुसार बैठक र छलफल भइरहेकाले आफ्नो तर्फबाट गतिविधि जारी रहेको गुरुङले दाबी गरे। भौतिक रुपमा भेटघाट नभए पनि फोन संवाद, हस्ताक्षर र वक्तव्य प्रकाशन गर्ने क्रममा पाँच दलीय गठबन्धनका नेताहरुले संयुक्त रुपमै काम गर्ने गरेको नेता गुरुङले बताए। 

नेकपा एमालेको माधव नेपाल पक्षका नेता युवराज ज्ञवाली पनि एमाले एकता हुँदा ५ दलीय मोर्चा संकटमा नपर्ने दाबी गर्छन्। ‘५ दलिय गठबन्धन खाली सत्ताका लागि मात्रै बनाएको होइन। संविधान, लोकतन्त्र, संघीयता, समावेशी लगायत लोकतान्त्रिक प्रणालीको रक्षाका लागि ५ दलीय मोर्चा बनाएका हौं,’ ज्ञवालीले भने, ‘एमाले एक ढिक्का भए पनि ५ लोकतान्त्रिक दलहरुको गठबन्धन कायम राख्नु पर्छ।’ 

संविधान तथा लोकतन्त्रमाथि प्रहार हुने गतिविधिहरु फेरि पनि हुनसक्ने भएकाले त्यसको प्रतिबाद गर्न ५ दलीय गठबन्धनलाई सक्रिय रुपमा कायम राख्नुपर्ने ज्ञवालीको तर्क छ।

प्रकाशित मिति: शुक्रबार, असार २५, २०७८  २१:१५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
वीरेन्द्र ओली
नेपाल लाइभका वरिष्ठ संवाददाता ओली राजनीतिक विषयमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
सत्तारुढ दलबीच गठबन्धन हुँदा ६ महानगरमा कहाँ कसको सम्भावना?
सरकार र चुनावी गठबन्धनमा लोसपा जोडिने सम्भावना कति?
चुनावी तालमेलबाट कांग्रेस तर्किँदै, अलमलमा माओवादी र एकीकृत समाजवादी
सम्बन्धित सामग्री
सर्लाहीमा सांसद अमरेश सिंहलाई कालो झण्डा, चार जना पक्राउ कालो झण्डा देखाएको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेपछि हिन्दु सम्राट सेनाले त्यसको विरोध गरेको छ । शनिबार, मंसिर १२, २०८३
कांग्रेस सहमहामन्त्री खतिवडा भन्छन्– ‘संविधानले नचिनेका व्यक्तिबाट शासन भइरहेको छ’ शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै उनले सरकार गठन भएको नौ महिना बित्दा पनि मुलुकको अवस्थामा सुधार नआएको बताए। न्यायपालिका,... शनिबार, मंसिर १२, २०८३
कांग्रेस संसदीय दलका नेता आङ्देम्बेले भेटे राष्ट्रपति शनिबार, मंसिर १२, २०८३
ताजा समाचारसबै
सर्लाहीमा सांसद अमरेश सिंहलाई कालो झण्डा, चार जना पक्राउ शनिबार, मंसिर १२, २०८३
नागरिकता लिनुभन्दा तीन वर्षअघि नै सोनिया गान्धीको नाम कसरी राखियो मतदाता सूचीमा? शनिबार, मंसिर १२, २०८३
१२ वर्षपछि भिक्टोरियाको सत्ता गठबन्धनको हातमा, जेस विल्सन प्रिमियर बन्ने शनिबार, मंसिर १२, २०८३
पृथ्वीराजमार्गको भिरबाट खसेर १५ वर्षीय विद्यार्थी बेपत्ता शनिबार, मंसिर १२, २०८३
छठघाटमा वृद्धको हत्या गर्नेलाई प्रहरीले गोली हानेर नियन्त्रणमा लियो शनिबार, मंसिर १२, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
इन्जिनियरलाई लाग्यो भ्रष्ट्राचारको मुद्दा शुक्रबार, मंसिर ११, २०८३
विश्वकप क्वालिफायर प्लेअपका लागि नेपाली टोली घोषणा, लगातार फ्लप रहेका आशिफ र भुर्तेल अटाउँदा सोमपाल अटाएनन् शनिबार, मंसिर १२, २०८३
आफ्नै श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान् पक्राउ शनिबार, मंसिर १२, २०८३
साउदी अरबको जजान तेल प्रशोधन केन्द्रमा आक्रमण, एक नेपालीको मृत्यु शुक्रबार, मंसिर ११, २०८३
आखाँमा पट्टी बाँधेर चोलेन्द्र, गगन र उमेशविरुद्ध बयान दिन दबाब दिइयो : इनम शुक्रबार, मंसिर ११, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
लुम्बिनी लायन्सलाई अझ बलियो बनाउँदै नेपाली क्रिकेटमा योगदान दिन चाहन्छौँ : अध्यक्ष जिसी नेपाल लाइभ
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
१६ दिने अभियानको सन्देशः महिलालाई सुरक्षा मात्र होइन, न्याय र सम्मान पनि चाहिन्छ श्यामकुमारी साह
विप्रेषणको जोखिम र खाडी कूटनीतिको पुनरावलोकन नेपाल लाइभ
बालेन–मोदी भेटमा सुरक्षा सल्लाहकार अथवा खुफिया संस्थाका मुख्य पात्रहरुको चहलपहल नदेखिनुको अर्थ नेपाल लाइभ
दिल्लीमा बालेनको क्रेज : मोदीसँग तुलना, भारतीय युवामा नयाँ राजनीतिक अनुहारको आकर्षण नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
आईजीपी प्रकरणः दोहोरिएला रुक्मांगद कटवाल काण्ड? शनिबार, कात्तिक २८, २०८३
राइड शेयरिङमा मनपरी भाडा र असमान प्रतिस्पर्धा शनिबार, कात्तिक २८, २०८३
भिन्तुना आन्दोलनः म्हपुजाको दिन प्रधानमन्त्री उपस्थित भएको त्यो क्षण मंगलबार, कात्तिक २४, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मोदी र बालेनबीच भएको आठ बुँदे समझदारीमा के के छन् ? सोमबार, मंसिर ७, २०८३
दुई वटा सर्त राख्दै मेडिकल तथा डेन्टल कलेजहरूले गरे भर्ना नलिने घाेषणा आइतबार, मंसिर ६, २०८३
टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु मंगलबार, मंसिर ८, २०८३
बञ्चराे प्रहारबाट घाइते तीन जनाकाे मृत्युु शनिबार, मंसिर ५, २०८३
इन्जिनियरलाई लाग्यो भ्रष्ट्राचारको मुद्दा शुक्रबार, मंसिर ११, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्