काठमाडौं- बुधबारका मुख्य घटनाक्रमसहितको नेपाल लाइभ समाचारका शीर्षकहरू:
१) नेकपा एमालेको विवाद समाधान गर्न गठित कार्यदलको बैठक निष्कर्षउन्मुख रहेको नेताहरूको दाबी, भोलिसम्म विवाद टुंग्याउने गरि लागेको प्रदीप ज्ञवालीको भनाइ ।
२) शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठलाई २९ गते अदालतमा उपस्थित हुन सर्वोच्च अदालतको आदेश, रुपा सुनारले न्याय नपाए राष्ट्रिय सभामै अनसन बस्ने सांसदको चेतावनी ।
३) कालीगण्डकी डाइभर्सन परियोजना रोक्न माग गर्दै दर्ता भएको रिटमा कारण देखाऊ आदेश जारी, अर्को बहसमा लिखित जवाफसहित सरकारी पक्षलाई उपस्थित हुन आदेश ।
४) राष्ट्रपति निवासमा बन्दुकधारी व्यक्तिहरु प्रवेश गरि हाइटीका राष्ट्रपति जोभेनेल मोइसीको गोली हानी हत्या, राष्ट्रको सुरक्षाका लागि सबै व्यवस्था मिलाइएको अन्तरिम प्रधानमन्त्रीको दाबी ।
५) र, युरोकप फुटबलमा आज सेमिफाइनलको दोस्रो खेल, इंग्ल्यान्ड र डेनमार्क भिड्दै, विजेताले फाइनलमा इटालीसँग प्रतिस्पर्धा गर्ने, कोलम्बियालाई पराजित गर्दै अर्जेन्टिना कोपा अमेरिकाको फाइनलमा ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।