काठमाडौं- अनलाइन २०२१ वर्ल्ड तेक्वान्दो एसिया पुम्से खुला च्याम्पियनसिपका लागि दुई नेपाली अन्तर्राष्ट्रिय निर्णायक छनोट भएका छन्।
अन्तर्राष्ट्रिय निर्णायकद्वय नोर्बु लामा र मिन न्यौपाने उक्त प्रतियोगिताको निर्णायकमा छनोट भएका हुन्। नेपालबाट दुई निर्णायक मात्र छनोट भएको बताइएको छ।
प्रतियोगिता जुलाई ११ देखि १८ तारिखसम्म सञ्चालन हुने छ। त्यसअघि प्राविधिकको भर्चुअल बैठक जुलाई १० तारिखमा हुनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।