काठमाडाैं- बलिउड कलाकार सोनु सुदले पहिलो लकडाउनदेखि नै प्रवासी मजदुरहरुलाई सहयोग गरिरहेका छन्। यतिमात्र होइन, भारतमा कोरोना महामारीको दोस्राे तथा तेस्राे लहरले ठूलो समस्या निम्त्याएको छ।
यस्तो अवस्थामा पनि सुदले भने निरन्तर काम गरिरहेका छन्। उनले केही दिनअघि विदेशबाट अक्सिजन प्लान्ट मगाएका थिए।
काेराेना महामरीकाे अझै अन्त्य नभइसकेकाले पुन: अक्सिजन अभाव नहाेस् भनेर प्लान्ट मगाएकाे उनकाे भनाइ छ।
उनले उक्त अक्सिजन प्लान्ट देशको विभिन्न ठाउँमा स्थापित गर्ने बताएका थिए।
यो काम शुरु गरिएकाे छ। उनले अक्सिजन प्लान्टको पहिलो किस्ता नेल्लोरमा स्थापना गरेका छन्।
सोनुले हालै सार्वजनिक गरेको भिडियोमा यही अक्सिजन प्लान्टको भ्रमण गर्दै गरेको देखाएका छन्।
उनले देशको विभिन्न ठाउँमा १६ वटा प्लान्ट स्थापना गर्दैछन्। यी प्लान्ट तमिलनाडु, पञ्जाब, उत्तराखण्ड, टिएस, महाराष्ट्र, राजस्थान, उत्तर प्रदेश, बिहार, मध्यप्रदेशमा स्थापना हुँदैछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।