काठमाडौं– नयाँ बानेश्वरस्थित निजामती (सिभिल) अस्पताल परिसरमा कृषि विकास बैंक लिमिटेडको एक्सटेन्सन काउन्टर तथा एटिएम सेवा सञ्चालनमा आउने भएको छ। बुधबार बैंक र अस्पतालबीच अस्पतालको बिलिङ काउण्टरबाट सेवा सञ्चालन गर्नेबारे सम्झौता भएको हो।
आगामी १० वर्षका लागि भएको उक्त सम्झौतापत्रमा अस्पतालका कार्यकारी निर्देशक प्रा.डा. विधाननिधि पौडेल र बैंकका प्रमुख कार्यकारी अधिकृत अनिलकुमार उपाध्यायले हस्ताक्षर गरे।
उक्त सम्झौताले अस्पताल परिसरबाट अस्पतालमा आउने सेवाग्राही, अस्पतालका डाक्टर, कर्मचारी एवं सर्वसाधारणसमेतलाई विविध बैंकिङ सेवाहरू सहजरूपमा उपलब्ध हुने बैंकले जानकारी दिएको छ।
बैंकले हाल देशका ७७ जिल्लामा एक्सटेन्सन काउण्टरसमेत गरी २८० वटा शाखा सञ्जालमार्फत बैंकिङ सेवा दिइरहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।